धरानः ओमानका श्रममन्त्रीले आफू नेपाली जनशक्तिबारे जानकार रहेको जनाउँदै श्रम क्षेत्रमा विविधता भएमा मात्र मुलुकको विकास गर्न सकिने बताए ।
राजदूत ढकालले ओमानमा रहेका नेपाली श्रमिकहरूको सङ्ख्या तथा अवस्थाबारे श्रम मन्त्रीलाई अवगत गराएकी छिन् ।
काठमाडौं। ओमानका श्रममन्त्री डा. महद बिन सईद बिन अलि बाउइले आफू नेपाली कामदारहरूको सङ्ख्या बढाउने गरी अझै बढी सहकार्य गर्न इच्छुक रहेको बताएका छन् ।
ओमानका सुल्तानद्वारा नवनियुक्त मन्त्रीलाई बधाइ दिन पुगेकी नेपाली राजदूत शर्मिला पराजुली ढकालसँग भेटवार्तामा मन्त्रीले आफू नेपाली जनशक्तिबारे जानकार रहेका बताएका छन् ।
भेटमा श्रममन्त्रीले राजदूत ढकाललाई ओमानको परराष्ट्र नीति, श्रम नीति तथा जनशक्तिको अवस्थालगायत आगामी दिनमा त्यहाँको श्रम मन्त्रालयले लिने नीतिहरूको बारेमा जानकारी गराएका थिए ।
सोही अवसरमा राजदूत ढकालले ओमानमा रहेका नेपाली श्रमिकहरूको अवस्था बारेमा श्रममन्त्रीलाई अवगत गराएकी थिइन् । यसलगायत उनले सन् २०२० को सुरुमा नेपालको संघीय संसद, प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिद्वारा खाडी राष्ट्रको स्थलगत अवलोकन गरी पेश गरेको ओमानसम्बन्धी प्रतिवेदनको बारेमा पनि जानकारी गराएकी थिइन् ।
सो अवसरमा नेपाल र ओमानबीच हुने श्रम सम्झौता तयारीको पछिल्लो अवस्थामा पनि छलफल भएको थियो। दुवै तर्फबाट श्रम सम्झौतामा हालसम्मको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ । भेटमा ओमानको श्रम मन्त्रालयका उच्च अधिकारीहरू र नेपाली दूतावासका द्वितीय सचिव सोमेश थापा र श्रम सहचारी दिनेश ढकालको पनि सहभागिता रहेको थियो ।