Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

थुलुङ राईबारे बहस हुने

हाम्रो कोशी आवाज
असोज १४ २०७७, बुधबार
थुलुङ राईबारे बहस हुने

धरानः थुलुङ (राई) सामा केन्द्रिय सरोकार समितिले किरात थुलुङ (राई)हरुको पहिचान, संस्कृति, र भाषाको उन्नयन, प्रवर्द्धन र विकाशका लागि ‘दोदीखाम् बहस शृङ्खला’ सुरु गर्ने भएको छ।
सरोकार समितिले पहिलो शृङ्खला आगामी शनिबार (असोज १७ गते) ‘जनगनणा २०७८ मा थुलुङ समुदायको सरोकार तथा भूमिका’ विषयमा गर्ने भएको छ। कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सह-प्राध्यापक जैलब राई र केन्द्रिय तथ्याङ्ग विभागका शाखा अधिकृत अनुपा राईले कार्यपत्र प्रस्तुत गर्ने समितिका महासचिव धनबल राईले जानकारी दिए।
त्यस्तै, कार्यक्रममा टिप्पणीकर्ताको रुपमा कान्तिपुर दैनिकका वरिष्ठ पत्रकार गणेश राई, लुम्बिनी विकाश कोषका अधिकृत डा. हरिध्वज राई, थुलुङ संकृतिका अभियन्ता चन्द्रकला राई, र थुलुङ (राई) सामाका पुर्व-कोषाध्यक्ष तथा समाजसेवी सुमन राई रहेका छन्।
समितिले ‘गुगल मिट’मार्फत गर्ने कार्यक्रममा सहभागी हुन विश्वभरका थुलुङ राई तथा गैर थुलुङ राईलाई एक प्रेस विज्ञप्तीमार्फत आव्हानसमेत गरेको छ। उसले अन्य शृङ्खलाहरु फरक-फरक विषयमा गर्ने जनाएको छ।
कार्यक्रममा सहजकर्ताको रुपमा संचारकर्मीद्वय मदन राई र धनबल राईले गर्ने छन्।

प्रकाशित मिति: असोज १४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend