Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दशैंबारे फरक मत

हाम्रो कोशी आवाज
कार्तिक ३ २०७७, सोमबार
दशैंबारे फरक मत

हिन्दूहरूको महान चाड ‘वडादशैं’ शुरु भएको छ अर्थात् ‘नौ–रथा’ शुरु भयो । सो अवसरमा परम्परादेखि नै हिन्दू धर्म मान्ने समूह र अरुहरूको (पछि प्रभाव वा जबरजस्ती दशैं मान्न बाध्य पारिएका जाति र समुदाय) घर–घरमा जमरा राखिएको छ । ‘वडादशैं’ पछि तुरुन्तै तिहार अर्थात् ‘दीपावली’ शुरु हँुदैछ । वास्तवमा ‘वडादशैं’ हिन्दूहरुको ‘महान चाड’ भन्ने गरिएतापनि वडादशैंँ चाडमा नेपालका लगभग ८५–९० (मेरो व्यक्तिगत अनुमान मात्रै हो, आधिकारिक रुपमा सर्वेक्षण भएको छैन) प्रतिशतले मनाउन गरेका छन् वा भनौं सहभागी हुने गरेका छन् । तर, यो वर्षको दशैं सम्भवतः धेरै कम मानिसहरुले मात्रै खुलेर र उल्लासमय ढङ्गले मनाउनेछन् ।
किनभने, गत मङ्सिर मध्यदेखि चीनबाट पैmलन शुरु भएको कोरोनाले अहिलेसम्म विश्वभरि आफ्नो प्रभावलाई घट्न नदिई संक्रामक महामारीको रुपमा आफ्नो साम्राज्यलाई कायमै राखेको अवस्था छ । हुन पनि वर्तमान अवस्थामा कोरोना हाम्रोसामु भयङ्कर खतरा भएर आएको स्थिति छ । यदि विज्ञहरुले भनेअनुसार सामाजिक दुरी कायम नगर्ने, फेस मास्क नलगाउने, हात नधुने, जथाभावी भीडभाड हिँड्ने आदि कार्य गर्ने हो भने र, निश्चित रुपमा एकदिन न एकदिन हामीलाई कोरोना भाइरसको संक्रामक महामारीले नभेट्ने भन्ने ग्यारेन्टी गर्न सकिँदैन ।
त्यसो त ‘हिन्दूहरुको महान चाड ‘वडादशैं’ बारे आजभोलि कसको चाड हो ? भनी भुइँ तहसम्मै बहस र छलफल भइरहेको देखिन्छ । निश्चय नै यसरी बहस र छलफल हुनु धेरै राम्रो हो । हुनपनि केही दशक अघिसम्म नेपालको राज्य संयन्त्र अन्तर्गत रहेको अर्थात् सरकारी सञ्चारमाध्यमहरु जस्तै रेडियो नेपाल, गोरखापत्र दैनिक, नेपाल टेलिभिजनमा ‘सम्पूर्ण नेपालीहरुको एक मात्र महान चाड वडादशैं’ को अवसरमा हार्दिक मंगलमय शुभकमना भनी विभिन्न व्यापारिक शुभकामना व्यक्त गरिन्थ्यो । तर, आजभोलि माथि उल्लेखित सरकारी सञ्चारमाध्यमहरु, निजी क्षेत्रबाट पनि प्रशस्तै टेलिभिजन, रेडियो, एफएम, पाक्षिक, साप्ताहिक र दैनिक पत्रत्रिकाहरु निक्लेका छन् ।
त्यसैले निजी क्षेत्रबाट सञ्चालित ती टेलिभिजन, रेडियो, एफएम, पाक्षिक, साप्ताहिक र दैनिक पत्रत्रिकाहरुले समय साक्षेप वडादशैंलगायत हिन्दुहरुले मान्ने अन्य चाडबाडहरुको अवसरमा छापिने, प्रशारित हुने र दृश्यमा देखिने शुभकामना विज्ञापन र सन्देशहरुमा ‘सम्पूर्ण नेपालीहरुको मात्र महान चाड वडादशैं’ को सट्टामा ‘हिन्दुहरुको महान चाड वडादशैं’ को अवसरमा वा पावन अवसरमा भनी शुभकामना विज्ञापन र सन्देशहरु छाप्ने, प्रसारित गर्ने र दृश्यमा देखाउने गरेको देखिन्छ । यस कार्यलाई नेपालमा लागू भएको संघीयता, धर्म निरपेक्षता, धार्मिक स्वतन्त्रता, व्यक्तिगत स्वतन्त्रता आदिलाई सम्मान गरेको अर्थमा लिन सकिन्छ ।
त्यसैले ‘हिन्दूहरुको महान चाड वडादशैं’ को अवसरमा विगत केही वर्षदेखि नेपालका प्रिन्ट मिडियाहरु जस्तै अनलाइन न्युज पोर्टलहरु र पत्रपत्रिकामा प्रचारप्रसार हुने र एफएम रेडयो र टीभी च्यानलहरुमा प्रशारित हुने शुभकामना विज्ञापन र सन्देशहरुलाई समय साक्षेप मान्न सकिन्छ । तर, केही अतिवादी हिन्दुवादी व्यक्तिहरु केही मिडियाहरुले भने (निजी क्षेत्रको केही सञ्चारमाध्म) जस्तै टेलिभिजन, रेडियो, एफएम, पाक्षिक, साप्ताहिक र दैनिक पत्रत्रिकाहरुले समय साक्षेप वडादशैं लगायत हिन्दुहरुले मान्ने अन्य चाडबाडहरुको अवसरमा छाप्ने, प्रसार गर्ने र दृश्यमा देखाउने ती शुभकामना विज्ञापन र सन्देशहरुमा ‘सम्पूर्ण नेपालीहरुको मात्र महान चाड वडादशैं’ नभनेकोमा आक्रोशपूर्ण लेखहरु लेख्ने, प्रतिक्रिया दिने गरी रहेकै देखिन्छ । जुन कार्य उनीहरुले गरेका छन्, त्यो उनीहरुको धर्म पनि हो, जसलाई हामीले अपवादको रुपमा पनि लिन सकिन्छ । यस कार्यले देशमा गणतन्त्र आएकोमा, देश धर्म निरपेक्ष भएकोमा उनीहरु असन्तष्ट रहेको संकेत पनि गर्छ ? सायद विसं २०७२ असोजमा जारी भएको नेपाल, दक्षिण एसिया र समग्र एसियाकै उत्कृष्ट भनिएको संविधानमा ‘धर्म निरपेक्षता भन्नाले सनातनदेखि चलिआएको … ’ भनी ब्याख्या थप्नु वा भनौं प्रस्टीकरण दिनुको कारण हाल आएर अरु बढी खुल्दै गएको छ भन्न सकिन्छ ।
त्यसो त विसं २०६२–०६३ मा जनताको बलमा आएको अभूतपूर्व राजनैतिक परिवर्तनपछि अब नेपाल राज्य केवल एकल हिन्दूजातिको मात्रै नभएर सबै जातजाति, भाषाभाषी, धार्मिक समूह आदिको पनि हो भन्ने वास्तविकतालाई आत्मसात गरेर त्यो बेलाको अन्तरिम संविधानमै नेपाललाई धर्म निरपेक्ष राष्ट्र भनी घोषित गरिएको थियो । तर, अभैm पनि विभिन्न कार्यक्रमहरुमा पाँचजना बाहुन (बटुक भनिन्छ होला) हरुलाई मात्रै मन्त्र उच्चारण गराइन्छ । त्यो पनि नेपालमा कुनैपनि जात वा जातिले मातृभाषाका रुपमा नबोल्ने संस्कृत भाषामा भने, गाई–गोरु मारेको वा काटेको आरोप अझै पनि मानिसहरु ३ वर्ष जेल बस्नुपर्ने र ५०–६० हजार नगद जरिवाना तिर्नुपर्ने बाध्यता परिरहेको छ । खासमा नेपालमा कुनै पनि जात वा जातिले मातृभाषाका रुपमा नबोल्ने संस्कृत भाषा र ‘गाई–गोरु’को मारेको वा काटेको आरोपमा राजनीति भइरहेको देखिन्छ ।
के देशमा धर्म निरपेक्षता लागू भएको प्रमाण यही हो त ? कि भने माथि उल्लेख गरिएभैंm नेपालका अन्य धर्मालम्बीका प्रतिनिधिहरुलाई पनि बोलाएर समावेश गरेर हरेक कार्यक्रमहरुमा सहभागी गराउनु पर्यो । किनभने, त्यसो गर्दा पो सबै धर्मालम्बीहरुलाई समेटिएको देखिन्छ भने समावेशी पनि देखिन्छ । तर, मुखले जे सुकै भनिए तापनि देहमा अभैm पनि एकल हिन्दुवादीहरुकै हालीमुहाली भएर पनि होला, जहिले पनि विभिन्न कार्यक्रमहरु गर्दा खासगरी सरकारी भवनहरु,को जग बसाल्दा, पुलपुलेसाहरु उद्घाटन गर्दा, सरकारीस्तरको ठूलठूलो कार्यक्रमहरु उद्घाटन गर्दा, ५ जना बटुकहरुलाई मात्रै बोलाएर शान्ति स्वस्ती गर्ने त्यो पनि संस्कृत भाषामा मन्त्रोच्चारण गराउंँने गर्छन् । वा भनौं पूजा पाठ गराउंँछन् । हुन त यो देशमा स्वघोषित विद्धानहरु नभएका होइनन् । तर, उनीहरुले पनि यस विषयमा खासैकुरा उठाउँदैनन् । हुन त राज्यको स्रोत, साधन, पहँुच र मिडियाहरु पनि उनीहरुकै हातमा छ । जसले गर्दा हाम्रो देशमा संघीयता, समानुपातिक समावेशीता, धर्म निरपेक्षता लगायत उत्पीडितहरुको पक्षमा खासै वकालत गर्दिने मान्छेहरु वा भनौं विषय विज्ञ, विद्धान, प्रा.डा., विश्लेषक, लेखक, पत्रकारहरु भेटिदैनन् । भएका विषय विज्ञ, विद्धान, प्रा.डा., विश्लेषक, लेखक, पत्रकारहरु भनिनेहरु पनि अधिकांश ‘जता काफल पाक्यो त्यतै चरी …’ पाराका छन् ।

त्यसैले के भन्न सकिन्छ भने, नेपालका थोरै हिन्दु अतिवादका मान्छेहरुले अझै पनि आफ्नो पूरानो ढर्रा वा विरासतलाई नै यो वा त्यो नाममा कायमै राख्न चाहन्छन् । देशका अन्य जात, जाति, समुदाय, भाषाभाषी, धर्म, सम्प्रदाय आदिलाई जोर–जबरजस्ती हिन्दु धर्म, हिन्दु संस्कार, हिन्दु संंंस्कृति, हिन्दु मूल्य–मान्यता, हिन्दु दर्शन आदि लाद्न चाहन्छन् । उनीहरु अभैm पनि देशको वास्तविक धरातललाई अन्तरहृदयदेखि स्वीकार्न तयार छैनन् । हुन पनि ती अतिवादी हिन्दु समूहका मान्छेहरु दशैं–तिहारलाई केवल हिन्दुहरुको मात्रै चाड हो भनी विभिन्न मिडियाहरुमा शुभकामना सन्देश निक्लन थालेकोमा र, सोही बमोजिम प्रचारप्रसार गर्ने गरेकोमा समेत रिसाउने वा भनौं असन्तुष्ट हुने गरेका छन् ।
यता आदिवासी जनजातिका मानिसहरु जो क्षणिक राजनैतिक स्वार्थ र, व्यक्तिगत स्वार्थ बोकेका छन्, उनीहरुले पनि दशैं–तिहारलाई भित्रभित्रै हाम्रो चाड होइन पनि भन्ने तर, त्यही दशैं–तिहारको उपलक्ष्यमा टन्न मासु–भात र, जाँड–रक्सी पनि खान भने छाड्दैनन् । झन् तिहारमा त देउसी–भैलो खेल्न त तँंछाड–मछाड नै चल्ने गरेको देखिन्छ ।
जे होस्, दशैं–तिहार मात्रै होइन, जब पृथ्वीनारायण शाह र उनका भाइ भारदारले कथित् नेपाल एकीकरण (भगौलिक रुपमा एकीकरण) गरे, त्यसपछि पूर्वका किरातीहरु र किरात भूगोललाई फुटाएर छोटे राजा (प्रभावशाली व्यक्तिहरुलाई) सरह पदवी, पगरी दिएर जस्तै माझ किरातका खम्बुहरुलाई ‘राई’, पल्लो किरात (लिम्बुवान) का लिम्बु र लाप्चालाई ‘सुब्बा’, वल्लो किरातका सुनुवारलाई ‘मुखिया’, अरुण पूर्वकै याक्खालाई ‘देवान’ आदि पदहरु दिए । साथै ती ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’आदिलाई हिन्दु धर्मअनुसारको कर्म गर्ने उर्दी पनि जारी गरे ।
यसरी ती ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदिलाई हिन्दु धर्मअनुसारको कर्म गर्ने उर्दी जारी गरेसँगै शासन गर्न पनि सहज भयो । किनभने, ती राई, सुब्बा, मुखिया, देवान आदि भए उनीहरुलाई आफूहरुले पनि हिन्दु धर्म मान्नु पर्ने र, आप्mनो मातहतमा रहेका रैती, ढाक्रे अर्थात् ‘ज्यमी’, ‘जमी’ ‘जिमी’हरुलाई पनि बडादशैंमा टिको–जमरो अनिवपमा लगाई दिएर हिन्दु धर्म मान्नैपर्ने बाध्यतात्मक परिस्थिति सिर्जना गराइयो । यसको प्रमाणको रुपमा धेरै उदाहरणहरु दिन सकिन्छ । तर, यो पंक्तिकार ‘लुम्फुङवा’ थरको लिम्बुको भाञ्जा र, हाम्रो मावली बाजे (हजुरबा) समेत ‘सानो सुब्बा’ भएकोले के देखेको थियो भने, नवमीको दिन बिहान बोकोको बलि दिएर मौलोको वरिपरि तीन फन्को घुमाइन्थ्यो । त्यसरी घुमाइसकेपछि ‘सुब्बा’ अर्थात् मेरो बाजेले हत्तपत्त आफ्नो घरको भित्तोमा दुवै हात बोकाकोे रगतमा चोपलेर पञ्जा छाप लगाउनु हुन्थ्यो । तर, अलि पर ठूलो गाऊँ भन्ने गाउँ थियो । त्यहाँको ‘सुब्बा’ ठूलो ‘सुब्बा’ थियो । ऊ ‘चोङबाङ’ थरको लिम्बू थियो । उसले मौलोमा राँगोको बलि दिन्थ्यो । जसलाई ‘मौजे सुब्बा’ पनि भनिथ्यो । बालापन न हो, हामीलाई कहिले दशैं आउला र नयाँ लुगा लगाउन पाइएला, टन्न मासु भात खान पाइएला, रोटेपिङ खेल्न पाइएला, बजार जान पाइएला र, रमाइलो गर्न पाइएला भन्ने मात्रै थियो, त्यो बेला । तर, काठमाण्डौ आएर केही बुझ्ने भएर गाउँ फर्कँदा (२०४६ को परिवर्तनपछिको कुरो हो ।) मैले मेरा सुब्बा बाजेलाई त्यो बेला दशैंमा किन त्यसो गरिन्थ्यो ? भनेर सोध्दा सुब्बा बाजे भन्नुहुन्थ्यो– ‘त्यसो नगरे त तेरो बाजेले उजुरी दिन्थ्यो नि त ।’ भनी जवाफ दिन्थे । ‘तेरो बाजे’ भनी मेरो सुब्बा बाजेले मलाइ गरेको संकेत भने राज्यले खटाएको जोगी र गाउँकै पण्डित (बाहुन) प्रति लक्षित थियो । जो दशैंपछिको हरेक हिउँदमा जय गोरखनाथ भन्दै गाउँमा आउँथ्यो ।
त्यसैले नेपाल जस्तो १ सय २५ जातजाति, १ सय २३ भाषाभाषी र ९ धर्मालम्बी बसोबास रहेको देशमा हिन्दु धर्म नै राष्ट्रिय ‘चाड हुन सक्छ कि सक्दैन ? अभैm पनि व्यापक रुपमा बहस र छलफल हुनुपर्छ । साथै तीनै तह (स्थानीय, संघ र केन्द्र) मा बस्ने आदिवासी जनजाति, बौद्घ धर्मालम्बी, ‘मस्टो’ पूजक (धर्मालम्बी), इस्लम धर्मालम्वीलगायत जात जातिका मान्छेहरुले मान्ने र उनीहरुका चाडबाड, संस्कार–संस्कृतिहरुलाई पनि राज्य (तीनै तह) ले राष्ट्रिय चाडको रुपमा मान्यता दिनुपर्ने हुन्छ । हुन त त्यही वास्तविकतालाई आत्मसात गरेर पनि होला, राज्यले विगतमा हिन्दूहरुको महान चाड वडादशैंमा दिँंदै आएको लामो विदालाई केही कटौती गरेर छोट्याएको पनि छ ।
थप केही बुभ्mन परेः ९८४९९८५९९७, ९८६२४३६०४९
ninamkirat123@gmail.com

प्रकाशित मिति: कार्तिक ३ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend