Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कांग्रेस नेता विश्वकर्माको स्वास्थ्यमा निकै सुधार

हाम्रो कोशी आवाज
कार्तिक १८ २०७७, मंगलबार
कांग्रेस नेता विश्वकर्माको स्वास्थ्यमा निकै सुधार

धरानः कोरोना संक्रमित नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा निकै सुधार आएको छ । टोखास्थित ग्राण्डी अस्पतालमा उपचाररत विश्वकर्माको भेन्टिलेटरमा राखेर उपचार गरेपछि स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको हो । उनको रिपोर्ट नेगेटिभ आएको चिकित्सकले बताएका छन ।
कोरोना संक्रमण र निमोनियाको समस्या देखिएपछि उनलाई कात्तिक १२ गते ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । उनलाई कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या थपिँदै गएपछि वीर अस्पताल भर्ना भएका उनलाई बुधबार ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति: कार्तिक १८ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend