Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब पत्रकारले प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाइन नवीकरण जिल्लाबाटै गर्न पाउने

हाम्रो कोशी आवाज
मंसिर २४ २०७७, बुधबार
अब पत्रकारले प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाइन नवीकरण जिल्लाबाटै गर्न पाउने

धरानः पत्रकारहरूले अब जिल्ला हुलाक कार्यालयमार्फत् आवेदन दिएर प्रेस प्रतिनिधि प्रमाणपत्र लिन पाउने भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जिल्ला हुलाक कार्यालयमार्फत सूचना विभागमा पत्र पठाएर प्रमाणपत्र लिन पाइने व्यवस्था गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले सूचना विभागका महानिर्देशकको अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेसँगै यस्तो व्यवस्था मिलाइएको हो । अब प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि जिल्ला हुलाक कार्यालयमा निवेदन दिन सकिने मन्त्रालयले जनाएको छ । त्यसकै आधारमा विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र प्रदान गर्ने छ ।
यसअघि प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि विभागमै स्वयम् उपस्थित हुनुपर्ने बाध्यता थियो । सुशासन ऐन, २०६४ को दफा २२ को उपदफा (१) मा आफूमा निहीत अधिकार आफू मातहतको पदाधिकारीलाई प्रत्यायोजन गर्न सक्ने उल्लेख गरिएको छ । सोही आधारमा मङ्सिर २२ मा मन्त्रीस्तरीय निर्णयबाट सबै जिल्ला हुलाकलाई अघिकार प्रत्यायोजन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डिल्लीराम शर्माका अनुसार प्रेस प्रतिनिधि प्रमाणपत्रसँगै अनलाइन नवीकरणका लागिसमेत हुलाकमै आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति: मंसिर २४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend