विराटनगरः विराटनगर–१३ का २८ वर्षीय वीर नारायण यादवलाई लागूऔषध सहित पक्राउ गरिएको छ ।
सोमबार बेलुका ८ बजे लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर–१६ दरैया बस्तीबाट उनलाई लागूऔषध स्पासकोर प्लस ४८ चक्की , नाइट्रोसन ६२ चक्की, डाइलेक्स १० बोतलसहित पक्राउ गरेको हो । पक्राउ परेका यादव उपर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।