Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

शेयर बजारमा ८.४८ अंकको गिरावट, ५ अर्बको कारोबार

हाम्रो कोशी आवाज
असार २० २०७८, आइतबार
शेयर बजारमा ८.४८ अंकको गिरावट, ५ अर्बको कारोबार

धरानः नेपाल स्टक एक्सचेञ्ज नेप्से मा आज आइतबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ८.४८ अंकले घटेर दुई हजार आठ सय ३४ दशमलब ५२ विन्दुमा थामिएको हो ।
त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ५ अर्ब ५ करोड ३५ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका तीन वटा समूह बाहेक अन्य सबै समूह घटेका छन् ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा १२ प्रतिशत गुडवील फाइनान्स डिभेञ्चर र ओरियण्टल होटल रहेका छ । गुडवील फाइनान्स डिभेञ्चरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । ओरियण्टल होटलको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ ।
त्यस्तै, आज १०।२५ प्रतिशत डिभेञ्चर र १०।५० प्रतिशत एसबीएल डिभेञ्चरको शेयरमूल्य सर्वाधिक घटेको छ । यी कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ ।
त्यसैगरि, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज साढे २१ करोड भन्दा बढीको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति: असार २० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend