Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भीम रावलले फिर्ता लिए सांसद पदबाट दिएको राजीनामा

हाम्रो कोशी आवाज
साउन ८ २०७८, शुक्रबार
भीम रावलले फिर्ता लिए सांसद पदबाट दिएको राजीनामा

धरान: नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।
शुक्रबार नेता रावलले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाएको छ ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । यसबीचमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि उनलाई भेटेर राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।
यसअघि सुदूरपश्चिम प्रदेश सरकार तथा प्रदेशसभाका रावल समर्थक मन्त्री र सांसदहरू उनको राजीनामा फिर्ता गराउन काठमाडौँ आएका थिए ।
प्रदेश सरकारका चार मन्त्रीसहित १२ जना सांसदको टोलीले गत मंगलबार काठमाडौ पुगेर रावललाई भेटेका थिए । उनीहरूले रावललाई प्रतिनिधिसभा सदस्य पदबाट दिइएको राजीनामा फिर्ता लिएर पार्टी एकताको पक्षमा उभिन आग्रह गरेका थिए ।
रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिने सांसदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

प्रकाशित मिति: साउन ८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend