Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

काम नगर्ने र गफ मात्रै ठोक्ने नेताहरुको राजनीतिक यात्रा सकिँदै !

अनुषा थापा
असार २४ २०८०, आइतबार
काम नगर्ने र गफ मात्रै ठोक्ने नेताहरुको राजनीतिक यात्रा सकिँदै !

नेता कतिसम्म ‘फट्याहा’ हुन्छन् भन्ने कुरा काठमाडौं क्षेत्र नम्बर ४ का स्थानीयको भनाइबाट पुष्टि हुन्छ । यो क्षेत्रबाट तीनपटक एउटै व्यक्तिले चुनाव जिते । तर, विकासका लागि एउटा सिन्को पनि भाँच्ने काम भएन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापा २०७० सालदेखि लगातार विजयी हुँदै आएका छन् । चुनावताका विभिन्न आश्वासन दिने उनले केही पनि काम गरेको देखिँदैन् ।
काठमाडौं क्षेत्र नम्बर ४ संघीय राजधानीको मुटुमा पर्छ । तर, विकास हेर्ने हो भने रोल्पा, रुकुम यो क्षेत्रभन्दा धेरै राम्रो र सुन्दर देखिन्छ । विद्यार्थीकालदेखि राजनीतिमा लागेका उनको पृष्ठभूमि केलाउने हो भने उनी गुण्डा हुन् । हप्ता उठाउँदै हिँड्ने उनी मिडिया र जनतामा भ्रम छरेर यहाँसम्म आउन सफल भएका हुन् । २०६३ सालअघि उनको नाम कसैले सुनेका थिएनन् ।
जनयुद्धको बेला गगन भन्ने पनि व्यक्ति छ है भन्ने कुरा कसलाई थाहा ? माओवादीले मार्छ भनेर उसको विरोधमा चुइक्क पनि आवाज निकाल्दैन्थें । नेकपा एमालेबाट सांसद बनेका महेश बस्नेत पनि त्यही नै हो । उनी पनि हप्ता उठाउने, गुण्डागर्दी गर्ने, मान्छेलाई धम्काउने, तर्साउने गर्थें । तर, यो क्रम माओवादी शान्ति सम्झौतामा आएपछि रोकियो । २०६२– ६३ सालमा माओवादी वार्तामा आयो ।
उसले हतियार बिसायो । त्यसपछि त थापा र बस्नेत मकै पड्केझैं माओवादीको विरोधमा पड्किन थाले । माओवादीलाई चुनौती दिएरै यिनीहरु माथि आए । तर, जब विरोध गर्नुपर्ने थियो, त्यतिबेला यिनीहरु लुकेर बसे । भक्तपुरमा जति पनि जग्गा प्लानिङ भएको छ, त्यो सब बस्नेतले नै गरेका हुन् । खेतीयोग्य जमिन मासेर प्लानिङ गर्ने अनि मँहगोमा बेच्ने । होटल व्यवसायी, शैक्षिक संस्थालगायतमा पनि यिनले थुप्रो लगानी गरेका छन् ।
उनी उद्योगमन्त्री पनि बने । २०६८ सालमा प्रधानमन्त्री बनेका बाबुराम भट्टराईले उपत्यकाबाट ईंट्टाभट्टा सञ्चालन गर्न नदिने निर्णय गरेका थिए । ईंट्टाभट्टाले प्रदुषण गर्यो भनेर त्यसलाई उपत्यकाबाहिर सार्न खोजिएको थियो । तर, बस्नेतले ईंट्टाभट्टा सञ्चालकहरुसंग मोटो रकम खाएर उक्त निर्णय उल्टाइदियो । वर्षौंदेखि बन्द रहेको मदिराको लाइसेन्स खोलिदिने पनि उनी नै हुन् ।
२०५० सालअघि र अहिलेको बस्नेतमा आकाशपातालको फरक छ । उनी निम्न मध्यम वर्गीय परिवारमा जन्मिएका व्यक्ति हुन् । उनको बुवाआमासमेत अर्काको घरमा ज्यालादारी गर्न जान्थें । तर, आज त्यही बस्नेतको अर्बौंको सम्पत्ति छ, कसरी ? उनलाई चिन्नेहरु आज उनको सम्पत्ति देखेर आश्चर्यचकित बस्छन् । राजनीति पैसा फल्ने बोट त अवश्य पनि होइन् ।
गाविस अध्यक्ष बनेपछि बस्नेतले अंकुत सम्पत्ति जोडेको बताइन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागले छानबिन गर्ने हो भने उनको पोल खुलिहाल्छ । उनको सम्पत्ति राष्ट्रियकरण हुन्छ र उनी कानुनी दायरामा आउँछन् । भक्तपुर क्षेत्र नम्बर २ उपत्यकाभित्र पर्छ । तर, यहाँको अवस्था देख्दा सबैको मनमा एउटै प्रश्न उठ्छ,‘यो कुनै दुर्गम जिल्ला हो ?’
यस क्षेत्रको अवस्था एकदमै दयनीय छ । यो क्षेत्र कांग्रेस र नेपाल मजदुर किसान पार्टीको हो । तर, बस्नेतले चुनाव जित्नका लागि खेतीयोग्य जमिन प्लानिङ गरेर बेच्ने रणनीति बनाए । एकातिर पैसा पनि कमाउने, अर्कोतिर नयाँ बस्तीलाई एमाले बनाउन पाइने । किसानसंग दुई लाखमा किनेको जग्गा उनले प्लानिङग गरेर लाखौंमा बेचे । जग्गा बेच्नेहरु त यहाँबाट विस्थापित भइहाले ।
उनीहरु कहाँ गए ? कसैलाई थाहा छैन् । उब्जनी हुँदै आएको खेतीयोग्य जमिन अहिले कंक्रिट बनिसकेको छ । बाहिरी जिल्लाका व्यक्तिहरुले यहाँ जग्गा किनेर घर बनाएका छन् । तिनीहरु सबैलाई एमाले बनाइएको छ । २०७० सालको चुनावमा हारेका उनले २०७४ सालमा विजयी हात पारे । तर, सिन्को भाँचेनन् । ठूल्ठूला गफ गरेर हिँड्नेलाई कसले पत्याउँछ ?
२०७९ सालको चुनावमा त उनले त्यसको प्रतिफल पाइ नै हाले । भक्तपुरबासीले उनलाई सबक दिइहाले । अब बस्नेतले चुनाव जित्छु, फेरि सांसद बन्छु भनेर नसोच्दा पनि हुन्छ । किन कि उनको राजनीतिमा पूर्णविराम लागिसकेको छ । एउटै गल्ती मान्छेले पटकपटक दोहोर्याउदैनन् नि । चुनाव जित्नका लागि जनताको हितमा काम पनि गर्नुपर्छ । केही नगर्नेलाई कसले बारम्बार भोट हालिरहन्छ ।
भक्तपुरभन्दा सिन्धुपाल्चोक कैयौं गुणा राम्रो छ । विकासमा सिन्धुपाल्चोक धेरै अगाडि छ । उपत्यकाभित्रको जिल्लाको अवस्था देख्दा मनै विचलित भएर आउँछ । माओवादीको विरोध गरेर चर्चामा आएका बस्नेत अब राजनीतिबाट पाखा लागिसकेका छन् । उनले राजनीतिबाट सन्यास लिँदा हुन्छ । जनताका लागि केही गर्न नसकेपनि उनले आफ्नो र आफ्नो सातौं पुस्तालाई पुग्ने सम्पत्ति जोडे ।
राजनीतिमा आउनुको उनको उद्देश्य पूरा भयोभन्दा पनि केही फरक पर्दैन् । कांग्रेसबाट खुमबहादुर खड्का गृहमन्त्री हुँदा उनकै आडमा गगन थापाले हप्ता उठाउथें । तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई २०६४ सालमा मनोनित सांसद बनाएर सदनमा पुर्याइदिएका हुन् । २०७३ सालमा उनी स्वास्थ्यमन्त्री भए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री हुँदा उनले अंकुत सम्पत्ति जोडेको बताइन्छ ।
आफ्ना आफन्तलाई जागिर लगाउने, सरुवा बढुवा गर्दा कमिशन खाने, ठेक्कापट्टा मिलाउनेलगायतका काम उनीद्धारा भए । अख्तियार र शुद्धिकरणले उनको सम्पत्ति छानबिन गर्ने हो भने उनले गरेको भ्रष्टाचार बाहिर आउँछ । उनको धेरै ठाउँमा घरजग्गा भएको, शेयरलगायत अन्य थुप्रै व्यापार व्यवसायमा लगानी भएको भन्ने गरिन्छ । २०७९ सालको चुनावमा उनले जित्न सम्भावना निकै न्यून थियो ।
जनताले उनको काम गर्ने जोशजाँगर त देखिसकेका थिए । जनताले नपत्याउने देखेपछि उनले प्रधानमन्त्रीको ढोंग रचे । पार्टीको सभापति पनि आफू, देशको प्रधानमन्त्री पनि आफू भन्दै जनतामा भ्रम छरे । भोट माग्ने बेलामा भनेका थिए,‘मलाई यहाँको जनताले पत्याउनुभयो भने यो क्षेत्रले देशको प्रधानमन्त्री पाउँछ ।’ तर, उनी प्रधानमन्त्री बन्ने कुनै सम्भावना नै छैन् ।
काठमाडौं क्षेत्र नम्बर ४ का जनता धेरै सोझा रहेछन् । थापाको विश्वासमा परेर भोट दिए । तर, अहिले न विकास पाए न देशको प्रधानमन्त्री । आफू पदमा पुग्नका लागि कतिञ्जेल जनतालाई ‘मुर्गा’ बनाउने, कतिञ्जेल सञ्चारकर्मीलाई ढाँट्ने ? देशको अर्थतन्त्र डामाडोल छ । पार्टीका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई अर्थमन्त्रीको प्रस्ताव गरेका थिए ।
मुलुकको अर्थतन्त्र ‘ट्रयाक’ मा ल्याउन सहयोग गरिदिनुस् भन्दा उनले मानेनन् । किन कि उनीसंग काम गर्ने क्षमता नै छैन् । गफले विकास हुँदैन् भन्ने कुरा त प्रमाणित भयो । देशको अर्थतन्त्र बिग्रिदैं गएको अवस्थामा समेत उनले सरकारी सेवासुविधा छोडेनन् । न तलबभत्ता छोडे न सरकारी गाडी । अझ यस्तालाई देशको माया लाग्ने रे । राष्ट्रियताको पक्षमा यस्ताले गुनगान गाउन सुहाउँछ ?
आफुलाई नेपाली भनेपनि थापा अमेरिकाको झोले हो भन्ने कुरा कसलाई थाहा छैन् र । अब उनको राजनीति पनि अन्तिम–अन्तिममा पुगिसकेको छ । जनतालाई ढाँट्ने पनि एउटा हद हुन्छ । विकासको मूल फुटाउँछु भन्ने अनि केही नगर्ने । यस्तो पाराले देशको अनुहार फेरिन्छ । यिनीहरुको अवस्था पनि तत्कालीन शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको जस्तै हुन्छ ।
२०६२–६३ सालमा भएको १९ दिने आन्दोलनमा प्रहरीलाई गुलेलीले हिर्काएर चर्चामा आएकी झाँक्रीको राजनीति सिद्धियो । शहरी विकासमन्त्री हुँदा उनले टिकटक बनाउनबाहेक अन्य कुनै काम नै गरिनन् । आफु मन्त्री बन्नका लागि एमाले फुटाएर माधव नेपाललाई निर्वाचन आयोगमा तानेर लैजाने उनी नै हुन् । एउटा पनि काम गर्न नसकेकी उनी मन्त्री पद छोड्दाखेरि धुरुधुरु रुने पहिलो मन्त्रीमा पर्छिन् ।
टिकटक बनाउनुको साटो काम गरेको भए त्यसरी रुनु त पर्दैन्थ्यो । जनताले २०७९ सालको चुनावमा पत्याउथें । उनले पनि राजनीतिबाट सन्यास लिए भयो । जनता सचेत भइसकेका रहेछन् भन्ने त पुष्टि भइसकेको छ । अब पनि पाठ नसिक्ने हो भने अन्य नेताको हाल पनि यस्तै हुन्छ । आश्वासन दिने मात्र होइन्, काम पनि गरेर देखाऔं । होइन् भने सबै इतिहास बन्न बेर लाग्दैन् ।

प्रकाशित मिति: असार २४ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ५ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • मेस्सीका छोरा खेल्दैछन् फुटबल

    धरानः लियोनल मेस्सीका जेठा छोरा थियागो हाल १३ वर्षका भए । मेस्सीले खेल्ने अमेरिकी क्लब इन्टर मियामीको एकेडेमीमा मिडफिल्डरको रूपमा खेल्ने थियागोले बुबाकै प्रतिष्ठित...

    • ३ दिन अगाडी
    • ८ मिनेट पाठ
  • रास्वपाकी सांसद नै आएर बाँडिन् सुकुम्बासीलाई धनीपुर्जा

    धरानः अर्जुनधारा नगरपालिका-११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारा नगरपालिकाको...

    • ४ दिन अगाडी
    • २ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • धरानको पिण्डेश्वरमा लोकल बम

    धरानः धरानमा पहिलाकै जस्तै गरी पहेंलो बस्त्रधारण गरी ‘बम’ (बोलबम) देखिएका छन् । पहिलो सोमबार लोकल (स्थानीय) भक्तजन त्यहाँ पुगेका हुन् । प्रत्येक वर्ष...

    • ७ दिन अगाडी
    • २ मिनेट पाठ
  • शिक्षकले छात्रालाई अश्लील म्यासेज पठाएपछि खैलाबैला

    धरानः मोरङको सुन्दरहरैंचामा विद्यार्थीलाई दुव्र्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैंचा नगरपालिका १० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैंचा...

    • ७ दिन अगाडी
    • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend