Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा श्रमदान र यसले पारेको प्रभाव

हाम्रो कोशी आवाज
बैशाख १९ २०८१, बुधबार
धरानमा श्रमदान र यसले पारेको प्रभाव

-बेदप्रसाद सापकोटा
भनिन्छ, कुरुप मान्छेको सौन्दर्य उसको कला हो । कला प्रस्तुत गर्ने तरिका नै श्रम हो । मानिस श्रम गरेको बेला नै सबैभन्दा सुन्दर देखिन्छ । मानिसले शारीरिक तथा मानसिक रुपमा आफ्नो सिप र समयको प्रयोग गरी गरिने कार्यलाई श्रम भनिन्छ । कुनै पनि कार्यको लागि निशुल्क रुपमा श्रमको सहयोग गर्ने कार्यलाई श्रमदान भनिन्छ । नेपाली वृहत शब्दकोषले “कुनै वस्तुको उत्पादन तथा निर्माण वा जीवन निर्वाहका निम्ति शारीरिक वा वौद्धिक शक्ति लगाएर गरिने काम” लाई अर्थ्याएको छ । दानहरु धेरै हुन्छन् जस्तै मतदान, कन्यादान, प्राणदान, रक्तदान, अंगदान, विद्यादान श्रमदान आदि । यी दानहरुमध्ये श्रमदान पनि एक उत्कृष्ट दान हो । श्रमदानको सुरुवात आधुनिक मानवको उत्पत्ति र विकास संगै भएको मान्न सकिन्छ । पहिला सबै मिलेर कुनै वस्तु वा सेवाको प्राप्तिको लागि तथा गाँस, बास, कपास, शिक्षा र सुरक्षाको लागि सामूहिक रुपमा श्रम गर्ने चलन थियो।विस्तारै समाज विकास र रुपान्तरण हुँदै गयो । विस्तारै विश्वव्यापीकरणको प्रभाव संगै विश्वमा श्रम सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बहस भएसँगै श्रमसम्बन्धी नीतिगत तथा कानुनी व्यवस्था गर्न थालियो । जसमा समान कामका लागि समान ज्याला, काम अनुसारको दाम, ल्य उबथ लय धयचप जस्ता विषयहरु स्थापित भएका छन् । तथापि यो भन्दा फरक धार तथा परिवेशमा धरानबाट श्रमदानको विषयको सुरुवात भएको छ । जसमा मानिसले आफ्नो श्रम, सीप, स्रोत र समयको लगानी गरी सामूहिक कार्य सञ्चालन गरी विकास निर्माणमा सहयोग गरिरहेका छन् यसको नेतृत्व धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साङपाङले गरेका छन् ।
गीतामा एउटा भनाइ रहेको छ ‘श्रम गर तर फलको आशा नगर’ त्यहाँ पनि श्रमलाई मान्यता दिएको पाइन्छ । दार्शनिक ओशोका अनुसार मानिसको जन्म कुनै विशिष्ठ श्रमको लागि भएको हो । अमेरिकाका पूर्व राष्ट्रपति अब्राहम लिङ्कनले आफ्नो जुत्ता पोलिस गर्दै आफ्ना सहकर्मीलाई अर्काको जुत्ता पोलिस गरिदिनु भन्दा खराव कुरा त अर्कोलाई पोलिस गर्न लगाउनु हो भनेर श्रम प्रति सकारात्मक धारणा राखेका थिए । नेपालमा प्रजातन्त्र कालभन्दा अगाडि भूमिपति र सरकारी कर्मचारीहरुकोमा पारिश्रमिक नलिई केही व्यक्तिहरुले श्रम गर्थे त्यसलाई झारा प्रथाको नाम दिएको थियो । अहिले पनि गाउँ घर तिर कसैको मृत्यु हुँदा र बिरामी पर्दा वा अन्य कुनै विशेष प्रकारका कार्यहरु गर्दा गाउँलेहरु मिलेर श्रमदान गर्ने परम्परा कायम नै रहेको छ । अर्थशास्त्रको भाषामा वस्तु वा सेवाको उत्पादनमा प्रयोग हुने प्रयत्न नै श्रम हो । जमिन, पुँजी, प्रविधि, अन्तरनिहीत कला र सीप श्रमद्वारा प्रदर्शित हुन सक्छन् जसको निःशुल्क दान श्रमदान हो ।

धरान नेपालको पुरानो, ऐतिहासिक एवं व्यवस्थित सहर हो । धरानका धेरै विकास निर्माणका कार्यहरु नागरिकको प्रत्यक्ष सहभागिता र संलग्नताबाट सम्पन्न भएका छन ।
धरानको शहरीकरण विकास, समृद्धि र रुपान्तरणको लागि यहाँका नागरिकहरुको आर्थिक दानको साथै श्रमदानको ठूलो भूमिका रहेको छ । धरानको घण्टाघर निर्माण सडक निर्माण लगायत अन्य विकास निर्माणका कार्यमा सरकार र नागरिक वीचमा ६०–४० प्रतिशत योगदानको अवधारणा धरानका अनुशरणयोग्य र ऐतिहासिक संस्कार तथा अभ्यास हुन् । यही अवधारणालाई हाल धरानका प्रमुख हर्क साङपाङले श्रमलाई अझ व्यवस्थित र संगठित रुपमा अगाडि बढाएको देखिन्छ । धरानमा श्रमदानबाट धेरै कामहरु सम्पन्न भएका छन् । यो कार्यले प्रत्यक्षरुपमा धेरै संरचना र सम्पदाको निर्माण भएका छन् साथसाथै परोक्ष रुपमा सबै मन मष्तिस्कमा श्रम संकृतिको विजारोपण भएको छ, नकारात्मक सामाजिक गतिविधि घटेको छ, मानिसलाई शारीरिक, मानसिक र संवेगात्मक रुपमा बलियो बनाएको छ । यसले देशव्यापी मात्र नभइ विश्वव्यापी प्रभाव पारेको छ । देशका धेरै स्थानीय तहहरुमा समेत धरानको श्रमदानको प्रभाव पर्न थालेको छ । धरानमा पनि नगर, वडा तथा टोल स्तरमा श्रमदानबाट थुप्रै रचनात्मक र सिर्जनात्मक कार्य सम्पन्न भएका छन ।
श्रमलाई दुख, कष्ट र हैरानीका रुपमा मानिसले लिने र शारीरिक श्रमलाई मात्र श्रम भन्ने मान्यता अहिले परिवर्तन भएको छ । श्रम शारीरिक मात्र हैन बौद्धिक पनि हुन्छ भन्ने धारणा विकास भएको छ । श्रमदानले विकास, प्रगति र रुपान्तरणका बहुआयामहरुमा प्रभाव पारेको छ । श्रमदानले सम्वन्ध, समन्वयसंगै पर्यापर्यटनमा पनि सघाउ पुरयाउँदै आएको छ । धरानमा निर्माण भएको श्रम–संस्कृति पार्क साँच्चै मनोरम र दर्शनीय बनेको छ । श्रमदानका धेरै सकारात्मक प्रभाव तथा फाइदा छन् ती देहायबमोजिम यस्ता रहेका छन् ।
राजनीतिक फाइदा
–श्रमको माध्यमबाट सम्बन्ध विस्तार गर्न सकिन्छ ।
–श्रमदानबाट आफ्नो ख्ष्कष्यल, mष्ककष्यल, नयब िर कतचबतभनथ राख्न पाइन्छ ।
–श्रमदानको कार्यलाई आफ्नो उपलब्धिको रुपमा राख्न सकिन्छ ।
–आफ्नो कार्यक्षमता प्रस्तुत गरी आफ्नो छाप छाड्न सकिन्छ ।
–आफ्नो पहिचान, प्रभाव अनुयायीमा प्रस्तुत गरी विश्वास कायम गर्न सकिन्छ ।
–श्रमदानलाई आफ्नो एजेन्डाको रुपमा अगाडि बढाउन सकिन्छ ।

सामाजिक फाइदा
–श्रमदानमा समर्पित हुँदा कुलतमा फस्ने सम्भावना कम हुन्छ ।
–श्रमदान र श्रमप्रति सकरात्मक भावनाको विकास हुन्छ ।
–सामाजिक मेलमिलाप कायम हुन्छ सिपको विकास हुन्छ ।
–सांस्कृतिक तथा प्रकृतिक सम्पदाको संरक्षणमा सहयोग पुग्छ ।
–नागरिकहरुको विकास प्रति अपनत्व सिर्जना हुन्छ ।
–युवाहरु सामाजिक कार्यको लागि संगठित हुन्छन् ।
–गलत क्रियाकलाप, अनुत्पादक क्षेत्र र विलासितामा खर्च हुने मूल्यवान समय र श्रमको सदुपयोग हुन्छ ।
आर्थिक फाइदा
–न्यून लागतमा उच्च उपलब्धि हाँसिल गर्न सकिन्छ ।
–मानिस शारिरीक र मानसिक स्वास्थ्यमा तन्दुरुस्त भई स्वास्थ्य उपचारमा लाग्ने खर्च जोगिन्छ ।
–सानातिना आयोजनामा सरकारको मुख ताक्नु पर्ने समस्याको अन्त्य हुन्छ ।
–सरकारले विनियोजन गरेको बजेट र श्रमदान बाट दोहोरो उपलब्धि हासिल गर्न सकिन्छ ।
–श्रम पर्यटनको माध्यमबाट विकास निर्माण, आर्थिक उपार्जन तथा रोजगारी सिर्जना गर्न सकिन्छ ।

शारीरिक फाइदा
–शारीरिक परिश्रमको कारण धेरै रोगबाट मुक्त भइन्छ ।
–शरीरमा स्फूर्ति बढ्छ ।
–श्रम गर्ने वानी निर्माण हुन्छ ।
–सुगर, प्रेसर एवं अन्य रोग विरुद्ध प्रतिरोधात्मक क्षमता बढेको छ ।
–शरीरबाट अनावश्यक पसिना बाहिर निस्किनाले शरीर बलियो बन्दछ ।
नैतिक फाइदा
–श्रम प्रति सम्मानको भावना जाग्छ ।
–राष्ट्र विकास तथा सहयोगको भावना जाग्रित हुन्छ ।
–समुदाय, समाज र देशको लागि केही गरौँ भन्ने भावनाको विकास हुन्छ ।
–आफ्नो टोल तथा घर वरपर सरसफाई गर्न नैतिक दवाव पर्छ ।
पर्यावरणीय फाइदा
–पर्यावरण सफा र सुन्दर हुन्छ ।
–वृक्षारोपण लगायतका कार्यक्रमले वातावरण संरक्षणमा सहयोग पुग्छ ।
–श्रमदान बाट खोला नियन्त्रण, भू–क्षय नियन्त्रण, पानिका मुहान संरक्षण लगायतका कार्य हुन्छन् ।
–सामाजिक अन्तरघुलन हुन्छ, चिन्ने, परिचित हुने तथा एकअर्को विचमा भेटघाट गर्ने वातावरण सिर्जना हुन्छ ।
सांस्कृतिक फाइदा
–श्रमदान एउटा संस्कृतिको रुपमा अगाडि बढ्छ ।
–आफ्ना सांस्कृतिक धरोहरको संरक्षण हुन्छ ।
–मेहनत गर्ने, सहयोग गर्ने संस्कृति विकास हुन्छ ।


श्रमदानले विकासलाई जनप्रिय र दिगो बनाउँछ । विकासमा श्रमदाताको प्रत्यक्ष संलनता हुने हुँदा अपनत्व र स्वामित्वको अनुभूति गराउँछ । व्यवस्थितरुपमा सञ्चालन भएको श्रमदानले श्रमदाताको सामूहिक भावनाको विकास गर्छ, भावनात्मक एकता बढाउँछ, लगाव र लगनशीलता बढाउँछ । साना–साना कुरामा सरकारको मुख ताक्ने परम्पराको अन्त्य गर्छ । धरानमा सञ्चालन भएको श्रमले धरानलाई दुनियाँमा चिनाएको छ । श्रमदानसँगै श्रमदान गर्न नभ्याउने नागरिकलाई विकास र रुपान्तरणको लागि आर्थिक दान गर्ने मौका सिर्जना गरेको छ । म्यलबतष्यल मात्र हैन म्य ायच ल्बतष्यल भन्ने भावना जगाएको छ । धरान बाहिरका स्थानीय तहलाई प्रेरणा प्रदान गरेको छ ।
धरानमा शारीरिक श्रमदान मात्र हैन बौद्धिक श्रमदान गर्नेहरुको पनि उत्तिकै रहेका छन् । जस्तै, धरानको वडा नं. २० मा हावाबाट विद्युत् निकाल्न प्रविधिक सहयोग, धरानका विभिन्न स्थानमा ट्याङकी बनाउन इन्जिनियरिङ डिजाइन, कोकाह खोलाबाट पानी ल्याउन प्राविधिक सहयोग, बेसार फ्याक्ट्री र साबुन फ्याक्ट्री निर्माणमा प्राविधिक सहयोग र हाल धरान २० स्थित चिण्डेडाँडामा निर्माण हुन लागेको किराँतहरुका आदिम पुर्खा सुम्निमा पारुहाङको प्रतिमा निर्माणको लागि डिपिआर र डिजाइन तयार गर्ने कार्य बौद्धिक श्रमदानबाट भइहेको छ । हालसम्म धरानमा खानेपानी ट्याङ्की निर्माण, पार्क निर्माण, कोकाहा खानेपानी महाअभियान, प्रत्येक हप्ता सञ्चालन हुने सरसफाइ अभियान, लागूपदार्थ दुव्र्यसनविरुद्धका प्रत्येक हप्ता सञ्चालन हुने अभियान, सुम्निमा पारुहाङ प्रतिमा निर्माण अभियान र वृक्षारोपण अभियान मुख्य श्रमदानका नमूना र उदाहरणहरु हुन् ।
सबै जाति, वर्ग, धर्म, लिङ्ग र समुदायका व्यक्तिको साझा भावनाको प्रतिनिधित्व गर्ने यस्ता श्रमदानले हाम्रो साझा पहिचानको प्रतिनिधित्व गर्नुको साथै राष्ट्र निर्माणमा टेवा पुरयाउँछ । यसले एउटा क्षेत्रमा भन्दा पनि बहुआयामिक प्रभाव पारेको छ । साझा उद्देश्य, सामूहिक हित र साझा पहिचानमा आधारित श्रमदानबाट निर्माण हुने यस्ता सार्वजनिक सम्पत्ति तथा सम्पदा हाम्रा गौरवपूर्ण र निधी हुन् । श्रमदान स्वच्छन्द र पवित्रदान हो ।
धरान उपमहानगरपालिका अधिकृतस्तर सातौं तह

प्रकाशित मिति: बैशाख १९ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ५ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा जसले गरिन् मानवको जस्तै ‘कुकुर साथी’ को अन्त्येष्टि

    धरानः मानिसको सबैभन्दा पुरानो साथी हो कुकुर । धेरै मानिसले आफ्नो पुरानो साथीलाई सडकमा धपाइदिन्छन् तर धरानमा ‘कुकुर साथी’ हो भन्ने कुरा भित्री मनदेखि...

    • ६ दिन अगाडी
    • ७ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend