Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१३ मा मूलासँगै बोरामा लुकाएर ल्याइएको १४ सय २० किलो गाँजासहित दुईजना समातिए

हाम्रो कोशी आवाज
भाद्र ६ २०८१, बिहिबार
धरान-१३ मा मूलासँगै बोरामा लुकाएर ल्याइएको १४ सय २० किलो गाँजासहित दुईजना समातिए

धरानः धरान–१३ साराङ्गाबाट ठूलो परिमाणमा ट्रकमा लोड गरेर ल्याउँदै गरेको गाँजा प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको को१ख ४७३३ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा ट्रकमा मूलाको बोरासँगै लोड गरिएको ४४ वटा सेतो बोरामा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा १४ सय २० किलो लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मोरङको सुन्दर हरैचा नगरपलिका–७ गछियाका ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको सहिदभुमी गाउँपालिका–७ का ४१ वर्षीय भुपेन्द्र राईलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको गाँजा, ट्रक र पक्राउ गरिएका तीन व्यक्तिहरुको बारेमा इलाका प्रहरी कार्यालय धरानबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र ६ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend