Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसान छन् पार्टी प्यालेस, प्रायः बन्द

रुषा थापा
मंसिर ११ २०८१, मंगलबार
सुनसान छन् पार्टी प्यालेस, प्रायः बन्द

झन्डै चार वर्षअघि देशभरका पार्टी प्यालेसहरु दिनहुँजसो भरिभराउ हुन्थ्यो । एकै दिन तीन–चार वटासम्म कार्यक्रम हुने गथ्र्यो । दिउँसो बैंक तथा वित्तिय संस्थाको साधारणसभा र बेलुका विवाह वा भोजभतेर हुन्थ्यो । आम नागरिकलाई पनि कार्यक्रममा जान भ्याईनभ्याई हुन्थ्यो ।
आफु सदस्य रहेको बैंक, सहकारी, लघुवित्त तथा फाइनान्सको साधारणसभामा उनीहरु पुग्थे । प्रायजसो मानिसहरुको मुखबाट आज यो बैंकको साधारणसभा छ, भोलि सहकारीको छ भन्ने गरेको सुनिन्थ्यो । बैंक तथा वित्तिय संस्थाको साधारणसभामा सो संस्थाका सदस्यदेखि सम्बन्धित वडाध्यक्ष, मेयर, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिसम्म सहभागी हुन्थे ।
यी संस्थाको अध्यक्ष हुन हानाथाप हुन्थ्यो । सांसद बन्न निर्वाचन लडेझैं सहकारी, लघुवित्त, फाइनान्सको अध्यक्ष बन्न पनि कस्साकस्सी चल्थ्यो । साधारणसभामा बैंक तथा वित्तिय संस्थाले आफ्नो वित्तिय विवरण सार्वजनिक गर्ने गर्छन् । प्रायजसो संस्थाहरुले हामीले यो वर्ष यति नाफा कमायौं भनेर विवरण देखाउने गर्छन् ।
सो नाफाबाट संस्थाका शेयर होल्डरलाई बोनस र बचतकर्तालाई बढी ब्याज दिइने गरिन्थ्यो । बैंक तथा वित्तिय संस्थामा काम गर्ने कर्मचारीहरुले १५ हजारदेखि तीन लाखसम्म तलब खान्थे । अध्यक्षहरु दिउँसो १२–१ बजे कार्यालय आउन्थे । तर, मासिक लाखौं रुपैयाँ तलब बुझथे । भत्ता छुट्टै प्राप्त गर्थे । संस्थाकै रकमबाट गाडी सुविधा पनि लिन्थे ।
यीनीहरुले पनि मिटिङ्ग बस्दा महँगामहँगा खाजा खान्थे । तर, बैंक तथा वित्तिय संस्थाहरुले वार्षिक यत्रो आम्दानी कसरी गर्छ ? भनेर न सरकारले खोज्थ्यो न सर्वसाधारण जनताले यसप्रति चासो देखाउँन्थे । यी संस्थाले मिटरब्याजमा कर्जा प्रवाह गर्ने गर्थे । एक लाखको मासिक २० हजारदेखि ३० हजारसम्म ब्याज असुल्थे ।
घरजग्गा, गाडी र सेयर दलाली पनि यीनीहरुले नै पाल्थे । अध्यक्ष, सञ्चालकहरु आफु पर्दाभित्र बसेर दलालीमार्फत जनतालाई फसाउन्थे । यीनीहरुकै मिलीजुलीमा खेतीयोग्य जमिन टुक्रटुक्रा बनाइयो । प्लाटिङ गरियो । डाँडाकाँडा समेत बाँकी राखेनन् । रोपनीको पाँच हजार बिक्री नहुने खेतीयोग्य जमिन खण्डीकरण गरेर आनाकै ६०–७० लाखमा बेचे ।
बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको शेयर एकाएक मूल्य बढाएर ३२ सयमा बेचियो । छिमेकी देश भारत र चीनमा एक लाखमा पाइने सवारीसाधन यहाँ ल्याएर ३०–३५ लाखमा बेचबिखन गरियो । हिजो दलालीको प्रयोग गरेर बैंक तथा वित्तिय संस्थाहरुले आम नागरिकलाई लुटे । एकातिर बचतकर्तालाई बढी ब्याजको प्रलोभन देखाए । अर्कोतिर ऋणीको उठीबास लगाए । जन्मदिनमा घरमै पुगेर केक काटिदिनेदेखि पिकनिक लग्ने, बुढाबुढीलाई लौरो उपहार दिनेसम्म गरे । बालबालिकालाई पनि बचत रकम खोल्न लगाए । उनीहरुले आफ्नो खाजाको पैसा समेत सहकारीमा जम्मा गरे ।
यता, ज्येष्ठ नागरिकहरुले आफ्नो वृद्धभत्ता सहकारीमा राखे । कतिपयले घरखेत बेचेको रकम राखे त कतिपयले विदेशमा कमाएको, व्यापार व्यवसायबाट आम्दानी भएको रकम जम्मा गरे । बाटोमा मकै पोल्नेदेखि अर्काको घरमा भाडा माँझ्नेसम्मले सहकारीमा बचत गरे । सहकारीका अध्यक्ष, सञ्चालक र कर्मचारीको विश्वासमा परेर आफुले नखाएर भएपनि बचत गरे ।
विडम्बना, अहिले त्यँही संस्थाले उनीहरुको रुवाबासी गराएको छ । सहकारीले करोडौं सर्वसाधारणको खर्बौ रकम झवम पारिदिएको छ । बचतकर्ताहरु बिचल्लीमा परेका छन् । सहकारीले पैसा खाइदिँदा कतिपयले सहन नसकेर आत्महत्या समेत गरे भने कतिपयले बचत हुँदाहुदै पनि नपाएपछि उपचार खर्च नभएर ज्यान गुमाए ।
पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुको साधारणसभा पार्टी प्यालेस, होटल, रेस्टुरेन्टमा भएको पाइदैँन । सहकारी त सबै भागि नै सक्यो । लघुवित्त र फाइनान्स पनि भाग्ने क्रम जारी छ । अब बैंकमा पनि समस्या देखिन थालेको बजारमा चर्चा छ । बैंक पनि छिट्टै टाट पल्टिने आम सर्वसाधारण बताउँछन् । अहिले सरकारी तथा निजी दुवै बैंकमा भीडभाड देखिन्छ ।
तर, त्यो भीड पैसा राख्नेको नभई निकाल्नेको हो । बैंकमा आफ्नो रकम सुरक्षित महसुस नभएपछि बचतकर्ताहरु धमाधम निक्षेप निकालिरहेका छन् । यता, बैंक तथा वित्तिय संस्था सञ्चालन गर्न आफ्नो घर भाडामा दिएका घरधनीहरुको होश नै उडेको छ । केही गरी संस्था भागेको बचतकर्ताले आफ्नो घर तोडफोड गर्ने डर उनीहरुमा छ ।
त्यसैले, उनीहरुले भाडा नै मिनाहा गरेर भएपनि आफ्नो घर खाली गराइरहेका छन् । अनि नमानेमा वडा, नगरपालिका धाउँछन् । घरजग्गामा मन्दी आएको छ । यसको मूल्य निरन्तर घटिरहेको छ । चार वर्षअघि करोडौंको किनिएको घरजग्गा अहिले लाखौंमा झरेको छ । त्यो पनि बिक्री नभएर तनाव छ । गाडी र सेयरमा पनि यस्तै छ ।
गाडीको मूल्य कबाडको भाउमा झरेको छ । सेयर त जुवा भइहाल्यो । एक दिन थोरै बढ्छ, अर्को दिन ह्वात्तै घट्छ । अहिले बैंक तथा वित्तिय संस्था चोर, ठग रहेछन् भनेर आम सर्वसाधारणले थाहा पाएका छन् । तर, डुबेपछि जानेर के गर्नु ? अब रुनुबाहेक केही विकल्प छैन ।
जनता भन्छन्, ‘अब बैंक, सहकारी, लघुवित्त, फाइनान्स सञ्चालन गर्न दिनुहुन्न । यी संस्था चोर, ठग हुन् ।’ केही वर्षअघि इराकमा नेपाली नागरिकहरुलाई घाँटी रेटेर मारिएको छ । त्यसपछि यहाँ मिनपावर कम्पनीहरुमा तोडफोडदेखि आगलागीसम्म भयो । अहिले बजारमा आम नागरिकले बैंक तथा वित्तिय संस्था तोडफोड, आगलागी गर्नुपर्छ भन्न थालिसकेका छन् ।
पछिल्लो समय बैंकको खाताबाटै बचतकर्ताको रकम गायब भएको एकपछि अर्को घटना बाहिरिएका छन् । कयौं घटनामा बैंककै कर्मचारीको संलग्नता रहेको पनि भेटिएको छ । यसले बैंकप्रति आम नागरिकको विश्वासमा समेत नकारात्मक असर परेको छ । पहिलेजस्तो बैंकप्रति सर्वसाधारण विश्वास गर्दैनन् । बैंक तथा वित्तिय संस्थाका सञ्चालक, अध्यक्षहरुले हिजो घुस खाएर कर्जा प्रवाह गरे ।
घुस पाएमा र चिनजान भएमा कमसल धितोलाई समेत ऋण दिए । अनि घुस नपाएपछि उत्पादनमूलक क्षेत्रमा समेत कर्जा दिएनन् । एक करोड कर्जा दिँदा दश लाख घुस खान्थे । फेरि धितो पनि एक करोडकै राख्थे । १२ प्रतिशत ब्याज भनेर अनि ८० प्रतिशतसम्म असुल्थे । तीन प्रतिशत सेवाशुल्क ।
बैंक तथा वित्तिय संस्थाको सम्पूर्ण कर्जा लगानी घरजग्गा, गाडी र सेयरमै छ । यो तीनै क्षेत्रमा केही वर्षयता व्यापक मन्दी छ । यसमा लगानी गर्ने जोकोही डुबेका छन् वा डुबिरहेका छन् । सहकारीले हामी डुब्दैनौं, भाग्दैनौं भन्दाभन्दा बचतकर्ताहरुको बिजोग बनाए ।
अब बैंकले हामी डुबेका छैनौ भन्दै कति सर्वसाधारणको रुवाबासी गराउने हो ? हेर्न बाँकी छ । बैंक तथा वित्तिय संस्थाले सधै ठगिरहन्छौं भनेर सोचेका थिए । तर, भनिन्छ कि १२ वर्षमा उभो लागेको खोला पनि फर्किएर आउँछ । त्यसरी नै अब बैंक तथा वित्तिय संस्थाको पनि ठग्ने दिन गएको छ ।

प्रकाशित मिति: मंसिर ११ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ७ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend