Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

राजनीतिक दलको छत्रछायाँमा पत्रकार र पत्रकारिता

अनुषा थापा
पुष ३ २०८१, बुधबार
राजनीतिक दलको छत्रछायाँमा पत्रकार र पत्रकारिता

पछिल्लो समय हरेक क्षेत्र राजनीतिको दलदलमा फसेको छ । कुनैपनि क्षेत्र राजनीतिबाट मुक्त छैन । चाहे त्यो निजामती कर्मचारी होस्, चाहे सुरक्षा संयन्त्र । स्कुल, कलेज, सरकारी कार्यालय, न्यायपालिका, व्यापार–व्यवसाय सर्वत्र राजनीति घुसेको छ । यतिसम्म की मिडिया पनि त्यो र त्यो पार्टीको भन्न थालिएको छ ।
राजनीतिक दलले आफ्नो पार्टीको संगठन खोल्न कहीँकतै बाँकी राखेका छैनन् । मिडिया राज्यको चौंथो अंग हो । मिडिया स्वतन्त्र हुनुपर्ने मान्यता छ । नेपाल पत्रकार महासंघको चुनाव भयो । मंसिर २८ गते भएको चुनावमा पत्रकारहरू दलहरूको भातृ संगठनबाट उठे । कुनै पार्टीले गठबन्धन गरेको र कुनै एक्लै मैदानमा भिडे । जबकी पत्रकार त स्वतन्त्र हुनुपर्ने हो । पार्टीबाट निर्वाचित भएकाहरुले पार्टीगत रुपमा काम गर्छन् । पार्टीको निर्देशनअनुसार उनीहरु चल्छ । अनि कसरी पत्रकारिता क्षेत्रको विकास हुन्छ ? पीडित पत्रकारले कसरी न्याय पाउँछन् ?
महासंघ पत्रकारको हकहितका लागि खोलिएको एउटा संस्था हो । तर, त्यहाँका पदाधिकारीहरु जम्मै पार्टीगत रुपमा निर्वाचित भए । कोही एमालेनिकट भनेका छन् त कोही कांग्रेस निकट । उनीहरूले आफ्नो पार्टीविरुद्ध बोल्नै सक्दैनन् । आफ्नो पार्टीअन्तर्गतको मिडियाले श्रमजीवीमाथि अन्याय गरेपनि महासंघले ‘एक्सन’ लिनै सक्दैन । सञ्चार कर्मप्रति हिजोआज सर्वसाधारणको व्यापक गुनासो छ । यसको प्रमुख कारण हो, पत्रकारिता स्वतन्त्र र निष्पक्ष हुन नसक्नु । सरकारी मिडिया सरकारको विरुद्ध चुइक्क बोल्न सक्दैन । सरकारमा बस्नेहरुले जे जे बोले, त्यही त्यही मात्र कभरेज हुन्छ । सरकारी पत्रकारले जनताले तिरेको करबाट तलब खान्छन् । तर, जनताको पक्षमा कलम चलाउन उनीहरू डराउँछन् । उनीहरु सरकारको मुखपत्र बनेका छन् । प्राइभेट मिडियाहरु आ–आफ्ना पार्टीको गुनगान गाउँछन्, बस्छन् ।
जुन पार्टीले आफ्नो मिडियामा लगानी गरेको छ, उसैको पक्षमा मात्र कलम चल्छ । चाहे ऊ गलत नै किन नहोस् । देश र जनताको आवाज बन्नुपर्ने सञ्चार माध्यम केही व्यक्तिगत स्वार्थ बोकेकाहरुको मुखपत्र बन्नु लज्जास्पद छ । यस्तो पत्रकारिताले न देश सुधार हुन्छ न जनताले न्याय नै पाउँछन् । सर्वसाधारणको मानास्पटलमा एउटै कुरा बोकेको छ,‘पत्रकारहरु पैसा र विज्ञापनमा बिक्छन् ।’ पैसा पाए भने पत्रकारहरू जति भ्रष्टाचार भएपनि मुखमा बुझो लगाएर बस्ने सर्वसाधारण बताउँछन् । हुन त यो कुरा केही समयअघि सभामुख देवराज घिमिरेले पनि उठाएका थिए । पत्रकारहरु पैसामा बिक्छन् भनेर उनले खुलेआम बोलेका थिए । विगतमा पत्रकार पैदल हिँडेर समाचार संकलन गर्थें । जनताको समस्या के छ ? राज्यले के गरिरहेको छ ? उनीहरु खोज्थें र बाहिर ल्याउथें । तर, अहिले समाचार संकलन गर्नै छोडिएको छ । कुन विषयमा समाचार बन्न सक्छ ? अहिलेका पत्रकारलाई थाहा नै हुँदैन । किन ?
उत्तर सहज छ । किन कि पत्रकारले पत्रकारिता भनेकै के हो भन्ने बिर्सिए । पत्रकारको कर्म के हो भन्ने नै उनीहरुलाई थाहा छ । राजनीतिक पार्टीको झोला बोकेर हिँडेका छन् । कार्ड भिड्दैमा कोही पत्रकार हुँदैन । पत्रकार बन्नका लागि धेरै क्षमता चाहिन्छ । जुन अहिलेका अधिकांश पत्रकारसँग छैन । पार्टीगत समाचारमै उनीहरू केन्द्रित छन् । पार्टीका नेताहरुले के बोल्छन्, उनीहरुलाई त्यहीँ मात्र समाचार हुन्छ । बजारमा के भइरहेको छ ? जनता कहाँ मर्कामा परेका छन् ? पत्रकारलाई मतलब नै छैन् । पत्रकारको काम राज्यलाई घच्घचाउने हो । तर, उनीहरु आफ्नो जिम्मेवारी निर्वाह गर्न चुकेका छन् ।
जनताले हेर्ने दृष्टिकोण बदलिएको छ । सबै दलका पत्रकार रहेछन् भनेर सर्वसाधारणले त्यसो भन्नु भनेको पत्रकारिताप्रति विश्वास उठ्दै जानु हो । पत्रकारले जब राजनीतिक दलको सदस्यता लिन्छ, तब उसको स्वतन्त्रता सिद्धिन्छ । उसले खुलेर कलम चलाउन सक्दैन । आफूसम्बद्ध पार्टीले भन्नेबित्तिकै समाचार रोकिदिने गर्छन् । कतिपयले प्रकाशित भइसकेको समाचार पनि लुकाउँछन् । भ्रष्टाचार, बेतिथि, देशमा विदेशी हस्ताक्षेप, राज्यको मनोमानीमाथि पत्रकार सधैं खरो हुनुपर्छ ।
जनतालाई सचेत गराइहाल्नुपर्छ । तर, अहिले त्यस्तो देखिँदैन । देशमा कालोबजारीले ठाउँ पाएको छ । राजश्व छलीले देशलाई खोक्रो बनाएको छ । वैदेशिक ऋण बढेको बढ्यै छ । विदेशबाट ऋण ल्याएर राजनीतिक दलहरुले मोजमस्ती गरिरहेका छन् । देशको भूमि छिमेकीले मिचेको मिच्यै छन् ।
महङ्गीले जनताको ढाड सेकिएको छ । बेरोजगारी बढेको छ । दैनिक दुई हजार बढी वैदेशिक रोजगारीको लािग विभिन्न मुलुक पुग्छन् । तर, यस्ता विषयमा पत्रकारको कलम चल्दैन । उनीहरुलाई थाहा भएपनि बुझ पचाएर बसेका छन् । देशमा के भइरहेको छ मतलब छैन ।
पत्रकारहरुले सशक्त रुपमा राज्यलाई खबरदारी गर्न सकेको भए आज मुलुकको अवस्था अर्कै हुन्थ्यो होला । नेपाल भ्रष्टाचारको दलदलमा सायदै फँस्थ्यो होला ।
यस्तो पनि पत्रकारिता हुन्छ ? गलत गर्ने जम्मैलाई उही तराजुमा राखेर जोख्नुपर्छ । कसैलाई घटी र कसैलाई बढी गर्न मिल्दैन । पत्रकारको नजरमा सबै बराबर हुनुपर्छ । विडम्बना, त्यसो हुन सकेको छैन ।
सञ्चारमाध्यम चलाउन धेरै गाह्रो छ । पत्रकारलाई तलब खुवाउनुपर्छ, भाडा तिर्नुपर्छ, नेटको पैसा तिर्नुपर्छ । त्यसको लागि विज्ञापन चाहिन्छ नै । तर, विज्ञापनमा त्यति अन्धो नबनौं कि उसले गरेको गल्ती नै नदेख्ने । सञ्चारमाध्यमलाई हजारको विज्ञापन दिएर उसले अर्बौंको राजश्व छली गरिरहेको हुन्छ । पत्रकारहरु विदेशीको ‘एजेण्ट’ बनेको कुराहरू पनि चर्चा चलिरहेको हुन्छ । अब यो राजनीतिक दलको बर्को ओढ्ने कार्य पत्रकारले रोक्नुपरयो ।
यसले पत्रकारिताको छविमा दाग लगाइरहेको छ । पत्रकार राजनीतिक दलको होइन, जनताको आवाज बन्नुपरयो । पार्टीको मुखपत्र बनेका पत्रकारका कारण देश र जनताको आवाज उठाउँछु भनेर हिँडेका पत्रकारहरु मर्कामा परेका छन् । मंसिर २८ गते भए निर्वाचन महासंघको नभई पार्टीको भएको जनतामा परेको छ ।

प्रकाशित मिति: पुष ३ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ३ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend