Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीसहितका जिल्लामा शितलहर चल्यो, आइतबारसम्म रहने

हाम्रो कोशी आवाज
माघ ११ २०८१, शुक्रबार
सुनसरीसहितका जिल्लामा शितलहर चल्यो, आइतबारसम्म रहने

धरानः जल तथा मौसम विज्ञान विभागले तराई मधेशका जिल्लामा शीतलहर चलेको घोषणा गरेको छ । विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले यस वर्षको शीतलहरसम्बन्धी पहिलो बुलेटिन जारी गर्दै मधेश प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहर चलेको जानकारी गराएको हो ।
महाशाखाका अनुसार सप्तरी, झापा, मोरङ र सुनसरीमा शीतलहर चलिरहेको छ । महाशाखाले तराई मधेशमा चलेको शीतलहर पर्सि आइतवारसम्म रहने सम्भावना रहेको पनि बताएको छ । मधेश प्रदेशको पश्चिमी भूभाग तथा बाँकी प्रदेशको तराई भूभागमा भने बिहान हुस्सु कुहिरो लागे पनि दिउँसोपछि खुल्दै जाने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: माघ ११ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend