धरानः धरान–११ मा एक पुरुषको शव फेला परेको छ । नगरकोट पारीपट्टि सर्दु खोला किनारमा घोप्टो परेको अवस्थामा पुरुषको शव फेला परेको हो ।
अन्दाजी ३०–३५ वर्षीय जस्तो देखिने पुरुषको पहिचान खुलेको छैन । शनिबार बिहान करिब १० बजेतिर मृत अवस्थामा पुरुषको शव हल्लिएको अवस्थामा खोला किनारमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार मृतक पुरुषको शरीरका विभिन्न भागमा चोट समेत देखिएको छ । धरान–११ का वडाध्यक्ष लोकेन्द्र फागोले स्थानीयले शव देखेपछि प्रहरीलाई खबर भएपछि मुचुल्का उठाइएको जानकारी दिए ।
अहिले घटनास्थलमा सेना र प्रहरी टोली पुगिसकेको छ । चोट लागेका कारण पोष्टमार्टमका लागि शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइने प्रहरीले जनाएको छ ।





