Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपाल आदिवासी जनजाति महासंघको ११ औं राष्ट्रिय महाधिवेशन

हाम्रो कोशी आवाज
फाल्गुन ३० २०८२, शनिबार
नेपाल आदिवासी जनजाति महासंघको ११ औं राष्ट्रिय महाधिवेशन

धरानः नेपाल आदिवासी जनजाति महासंघले ११ औं राष्ट्रिय महाधिवेशनको तयारी पूरा गरेको छ। महासंघले शुक्रबार पत्रकार सम्मेलनमार्फत महाधिवेशनको तयारी सकिएको जानकारी दिएको हो ।
चैत ५ र ६ गते काठमाडौंमा हुने महाधिवेशनमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्यक्रम उद्घाटन गर्ने भएका छन् ।
महाधिवेशनमा देशभरका आदिवासी जनजातिहरूले आफ्ना भेषभुषामा नाचगान, झाँकी र र्याली प्रदर्शन गर्नेछन्। र्याली भृकुटीमण्डपदेखि भद्रकाली, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, जमल, घण्टाघर हुँदै नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सभाहलमा प्रवेश गर्नेछ।
महाधिवेशन सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरिएका छन् । बन्दसत्रमा महासंघका संघीय सचिवालयका पदाधिकारी, सल्लाहकार, संघीय परिषद सदस्य, जातीय घटक संस्था, सम्बन्धित संगठन, प्रवास संगठन तथा प्रदेश र जिल्ला समन्वय परिषदबाट ५ सयभन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् ।

प्रकाशित मिति: फाल्गुन ३० २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend