Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बालेन सरकार ! मासिँदै छ खेतीयोग्य जमिन

रुषा थापा
बैशाख ७ २०८३, सोमबार
बालेन सरकार ! मासिँदै छ खेतीयोग्य जमिन

वि.सं. २०४५ सालसम्म नेपाल कृषिमा पूर्ण रुपले आत्मनिर्भर थियो । विदेशीमा खाद्यान्न निर्यात गरिन्थ्यो । अनुदानमा विदेशीलाई खाद्यान्नसमेत दिइन्थ्यो । त्यतिबेला उपत्यकासहित देशभरका मानिसहरुसँग कम्तीमा दशदेखि हजारौं रोपनीसम्म जग्गा थियो ।
सरकारी, गुठी, ऐलानी, इनार, वनजंगल, मठमन्दिर, तालतलैया, पोखरी, ढुंगेधारा, हदबन्दी, कुलो, कुँवा, राजकुलो, ढुंगेधारा, खोलानाला, राजपरिवारलगायतका जग्गा पनि लाखौं रोपनी थियो । जताजतै पार्टी पौवा हुन्थ्यो, जहाँ मानिसहरु आराम गर्थे ।
त्यतिबेला जग्गाको मूल्य एकदमै न्यून थियो । किनकि जग्गामा खेतीपातीमात्र गरिन्थ्यो । अहिलेजस्तो घर, भवनलगायत संरचना बनाइँदैन थियो । अनि दलाल, भूमाफियाहरुले किसानसँग रोपनीको दुईदेखि दश हजार रुपैयाँमा जग्गा किने ।
एक रोपनीमा १६ आना हुन्छ । त्यो जग्गामा डोजर चलाइयो अनि टुक्राटुक्रा पारियो । त्यही टुक्रालाई आना भन्दै लाखौंमा बेचियो । पहिले दश हजार रोपनीमा नबिक्ने खेतीयोग्य जमिन दलालहरुले २५ लाखदेखि १४ करोडसम्ममा बेचे । रोचक कुरा चाँहि सरकार नै यो काममा लाग्यो ।
माथि उल्लेखित उदाहरणले देखाउँछ कि सरकारी निकाय र जनप्रतिनिधिहरुले नै जग्गा प्लटिङ गरेर बेचे वा बेचिरहेका छन् । अनि सरकार आफैं खेतीयोग्य जमिन मास्न लागेपछि कसको के लाग्छ ? सरकारले त देश र जनताको हितमा हुने काम गर्नुपर्ने हो ।
यदि खेतीयोग्य जमिन मासिँदैछ भने रोक्नुपर्ने हो । किनकि जमिन वस्तु होइन, यो अन्न उत्पादनको एकमात्र माध्यम हो । जग्गा भएमात्र अन्न उब्जनी गर्न पाइन्छ । अनि जुन देश अन्नमा आत्मनिर्भर हुन्छ, त्यो देश कहिले कसैसामु झुक्नुपर्दैन ।
विडम्बना, सरकार दलाल–भूमाफियाहरुको पछि लाग्दा आज मुलुक कृषिमा निकै पछि धकेलिएको छ । केही दशकअघिसम्म हामी नेपाली गर्वका साथ भन्थ्यौं–नेपाल कृषि प्रधान मुलुक हो । दुर्भाग्य, अहिले विदेशीले एक हप्ता खाद्यान्न रोकिदिने हो भने हामी भोकभोकै मनुपर्ने स्थिति आउनसक्छ ।
अवस्था यस्तो भइसक्दा पनि सरकारको भने अझै दिमाग पलाएको देखिन्न । सरकार अझै पनि दलाल–माफियाहरुकै पछि लागिरहेको छ । त्यसैले त खेतीयोग्य जमिनमा घरलगायत संरचना बनाउनबाट रोकिरहेको छैन । अहिले एउटै व्यक्तिको पाँचदेखि ६८ वटासम्म घर भेटिन्छन् । घर बनायो, भाडामा लगायो अनि बसिबसि खाने बानीको विकास भएको छ ।
शहरी इलाका र सदरमुकाममा एउटै कोठाको पाँच हजारदेखि २५ हजार, एउटा सटरको ३० हजारदेखि २१ लाख, एक फ्ल्याटको ३५ हजारदेखि तीन लाखसम्म मासिक भाडा असुलिन्छ । गाउँका घर, मतान, गोठमा ताल्चा झुण्डाई जमिन बाँझो छोडेर मानिसहरु शहरमा यत्रो भाडा तिरेर बसिरहेका छन् ।
यसले एकातिर गाउँ त रित्तियो, अर्कोतिर सीमित व्यक्तिहरुले सोझासाझा जनता र राज्य दुवैलाई ठगिरहेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारलगायत कारणले मानिसहरु शहर आई कोठा भाडामा लिएर बस्छन् । जसको फाइदा घरधनीहरु उठाइरहेका छन् । उनीहरु डेराबहालसँग चर्को भाडा असुल्छन् तर राज्यलाई घरबहाल कर तिर्दैनन् ।
सरकार पनि कर छल्नेहरुलाई कारबाही गर्दैन । त्यसैले, अब सरकारले घरबहाल कर उठाउनतर्फ चासो दिनुपर्छ । अहिले करोडौंको संख्यामा घर छन्, तिनमा करोडौं जनता भाडामा बस्छन् । यदि सरकारले घरबहाल कर उठाउनतर्फ मात्र कडाई गर्ने हो भने राज्यको ढुकुटीमा मासिक करोडौं रकम आउनेछ ।
सँगै गाउँ फर्क अभियान चलाउन पनि जरुरी भइसक्यो । सबै मानिस शहरमा थुप्रिँदा चाप, प्रदूषण र ठगीधन्दा मौलाएको छ भने गाउँ पूरै सुनसान छ । त्यहाँका खेतीयोग्य जमिन चिरा परेर बसेको छ । त्यसैले, अब सरकारले जो जहाँको हो, उसलाई त्यही फर्काउन आवश्यक छ ।
यसो गरिए गाउँको पनि विकास हुन्छ र बाँझो जमिनमा फेरि खेतीपाती शुरु हुन्छ । जसले मुलुकलाई फेरि कृषिमा आत्मनिर्भर बनाउन सहयोग पुर्याउनेछ । सँगै जमिन बाझो छोड्ने र खेतीयोग्य जमिनमा घरलगायत संरचना बनाउनेलाई कडा कारबाहीको व्यवस्था गर्नुपर्छ । बालेन सरकारले यी काम गर्न ढिलो गर्नुहुन्न । नत्र भविष्यमा मुलुक गम्भीर संकटमा पर्नसक्छ । अहिले खाद्यान्नमा नेपाल परनिर्भर हुनुपर्दा निर्यातमा ठूलो खर्चमात्र भइरहेको छैन, देशमा विदेशी हस्तक्षेप र दबाब पनि बढ्दो छ ।
हामी छिमेक भारतसँगै डराएर बस्नुपरेको अवस्था छ । किनकि भारतले पन्ध्र दिन नाकाबन्दी गरिदिए नेपालमा खाद्यान्नको हाहाकार र भोकमारी शुरु हुन्छ । यसले उसले हाम्रो भूभाग मिचेपनि, कब्जा गरेपनि हामी मौन छौं । त्यसकारण, बालेन सरकार तात्न आवश्यक भइसक्यो । सरकारको ध्यान कृषिमा जानैपर्छ ।
मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउनतर्फ सरकार अग्रसर हुनुपर्छ । यसका निम्ति खेतीयोग्य जमिनको संरक्षण पहिलो काम हो । किनकि जमिन नै नभए खेतीपाती कसरी गर्ने ? त्यसमाथि जमिन भएपनि उब्जनी नहुने भएमा खेतीपातीको केही मतलब छैन । त्यसैले, सरकारले अब कृषियोग्य जमिन छुट्याएर त्यस्ता जमिनमा संरचना बनाउन रोक लगाउनुपर्छ ।
यदि संरचना बनेको छ भने भत्किएपछि बनाउन रोक्नुपर्छ । र, त्यस्ता जमिनमा खेतीपाती अनिवार्य गर्नुपर्छ । नत्र जरिवाना, राज्यबाट पाउने सेवासुविधाबाट वञ्चितजस्ता कारबाहीको व्यवस्था गर्नुपर्छ । साथै, बाँझो छोडिएका जग्गा राष्ट्रियकरणको निर्णयमात्र गरे मानिसहरु आफैं गाउँ फर्किनेछन् । सरकारले यतिमात्र गरे धेरै हुनेछ ।
देशभरका सार्वजनिक, गुठी, ऐलानी, मठमन्दिर, वनजंगल, हदबन्दी, खोलानाला, राजपरिवार, ढुंगेधारालगायतको जग्गा पनि खोज्नुपर्छ । बालेन सरकारले अब जनताका जग्गा र राज्यको सम्पत्ति दुवैको सही उपयोग र संरचना गर्नुपर्छ । यसका निम्ति सरकार तातिहाल्न आवश्यक छ ।

प्रकाशित मिति: बैशाख ७ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ४ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend