Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हाड भाँचिने यही समय खतरा !

हाम्रो कोशी आवाज
असार ३१ २०७७, बुधबार
हाड भाँचिने यही समय खतरा !

शरीरको हाडको घनत्व कम भएर हाड पातलो, हलुका र कमजोर भएको कारणले सजिलै भाँचिने समस्यालाई अस्टियोपोरोसिस भनिन्छ ।
यौवन आरम्भ भएको अवस्थादेखि ३० वर्षको उमेरसम्म हाडको घनत्व प्रत्येक वर्È ३५ को दरले बढ्छ र ३० वर्षको उमेरमा प्रत्येक व्यक्तिले आफ्नो हाडको उचतम घनत्व प्राप्त गर्छ । कसले कति उचतम घनत्व प्राप्त गर्छ भन्ने कुरा उसको अनुवंश, ग्रन्थ, पोषण र वातावरणमा निर्भर गर्छ तर साधारणतया महिलाको तुलनामा पुरुषको सो घनत्व ५–१० प्रतिशतले बढि हुन्छ । यो भनेको बैंकमा हाम्रो पैसाको डिपोजिट जस्तो हो । जति बढी डिपोजिट उति हामीलाई पछि कम दरिद्रता भने जस्तैजति बडी उति पछि घनत्व घट्दै गएपछि देखिने असर कम हुन्छ ।
३० वर्षको उमेरदेखि विस्तारै हाम्रो हाडको घनत्व घट्दै जान्छ अर्थात् सालसालै हाम्रो हाड खोक्रो हुँदै जान्छ । यो मात्रा पुरुÈमा ०.३५ को दरले र महिलामा रजोनिवृतिसम्म ०.५५ को दरले घट्दै जान्छ । रजोनिवृतिदेखि थप १०वर्षसम्मसम्म महिलामा हाडको घनत्व ३५ को दरले घट्छ । ६५–७० वर्षदेखि घनत्व घट्ने गति बिस्तारै घट्दै जान्छ र ७५ वर्षको उमेरमा ०.५५ हुनजान्छ । पुरुषमा घनत्व घट्ने क्रम महिलामा भन्दा कम हुन्छ ।

हाड भाँचिने सबैभन्दा ठूलो कारक अस्टियोपोरोसिस हो. अस्टियोपोरोसिसयुक्त हाड किन सजिलै भाँचिन्छ ? बुझ्नको लागि हामी एउटा घर सम्झौं जसको पिलरहरू, बीमहरू मोटा र भित्ताहरू बाक्ला छन् । त्यही घरका त्यही पिलरहरु, बीमहरु र पर्खालहरु यदि पातला हु“दो हो त त्यहि घर फेरि कमजोर हुन्छ. अझ ती भएका पिलर, बीम र पर्खालमा प्वाल नै प्वाल भए वा बीच बिचमा पिलर र बीम नै नभए झन के हुन्छ ? अति सुक्ष्मरूपमा हाडको बनावट हेरेमा अस्टियोपोरोसिसयुक्त हाडमा यस्तै देखिन्छ ।
अस्टियोपोरोसिसमा हाम्रो चासो किन भन्दा समयमा नैसतर्कता अपनाए यसबाट हामी बच्न सक्छौं र उपचार पनि हुन सक्छ । हाड भाँचिएर उपचार गर्नुभन्दा अस्टियोपोरोसिसकै उपचार गरेको सस्तो र कम पीडादायी हुन जान्छ ।
साधारणतयाः उमेर बढ्दै गएपछि सबैको हाडको घनत्व घट्दै जाने भए तापनि अस्टियोपोरोसिससँग जोडिएका जोखिमका मुख्य कारणहरु निम्नानुसार छन्:
१. धुम्रपान
२. दुब्लोपना
३. स्त्रीलिङ्ग
४. राजोनिवृत्ति
५. अत्याधिक मदिरा सेवन
६. कसरतको कमी
७. अन्य रोगले भएको कमजोरीपना
८. खानामा क्याल्सियमको कमी
९. दीर्घकालीन स्टेरोइड दबाईको प्रयोग आदि ।
१. नियमित कसरतको दुइवटा फाइदा छ । एक त नियमित कसरतले हाडको घनत्व बढाउँछ । कसरतले मांसपेशीहरु पनि बलियो हुनाले कदाचित लडिहाले आफूलाई सम्हाल्न सजिलो हुन्छ । यी दुवै कारणले नियमित कसरत गर्नेमा हाड भाचिने सम्भावना कम हुन्छ ।
२. तीस वर्षको उमेरअघि पर्याप्त मात्रामा क्याल्सियम सेवन गरे उच्च हुने भएकोले पछि अस्टियोपोरोसिस हुने सम्भावना कम हुन्छ ।
३.वृद्धावस्थामा क्याल्सियम सेवन गरेमा पनि यसबाट बच्न सकिन्छ ।
४. दूध, दही नियमितरुपमा खाएपनि यसबाट बच्न सकिन्छ ।
५. अत्याधिक चिया कफी सेवन नगर्नु लाभदायक हुन्छ ।

अस्टियोपोरोसिसलाई धेरैहदसम्म उच्च रक्तचापसग तुलना गर्न मिल्छ । उच्च रक्तचापको विशेर्ष कुनै लक्षण नहुन सक्छ जसको कारणले मानिस दबाई खान हिच्किचाउँछन् तर जुनबेला उसलाई स्ट्रोक हुन्छ त्योबेला ढिलो भइसकेको हुन्छ ।
त्यस्तै, अस्टियोपोरोसिसको पनि लक्षण नहुने हुँदा मानिसलाई दबाइ खानपर्छ भनी विश्वास दिलाउन पनि गाहो हुन्छ. तर जुनबेला हाड भाचिन्छ त्योबेला त ढिलो भइसकेको हुन्छ । यद्यपी यो कुरा बुझ्न जरुरी छ कि औषधि खाने व्यक्तिको हाड नै भा“चिदैन भन्ने होइन तर सो सम्भावना ३० देखि ५० पतिशतसम्म कम हुन्छ ।
यसको उपचारको लागि धेरै किसिमको औषधि भए तापनि मुख्यत यहाँ उल्लेखित औषधिहरू नै सुरक्षित हुन्छन् । उपचार कम्तिमा २ वर्षको हुन्छ तर जति बढी गरे उति रामो हुन्छ ।
–क्याल्सियम चक्की सामान्यतया : अस्टियोपोरोसिसबाट बच्न दिनको एउटा चक्की खानुपर्छ भने उपचारको लागि तीनवटा खानुपर्छ । डाक्टरले लेखेको मात्रामा क्याल्सियम सेवन गरे मिर्गौलामा पत्थरी हुँदैन ।
–भिटामिन डी विभिन्न रुपमा पाइन्छ । डाक्टरले कसलाईके चाहिन्छ विचार गरी लेखिदिन्छन् ।
–क्याल्सिटोनीन नेजल नाकबाट सुघेर प्रयोग गरिन्छ । यसले मेरुदण्डको हाड दह्रो बनाउनको साथै दुखाइ पनि कम गराउ“छ । त्यसकारण मेरुदण्ड भाचिएको बिरामीमा यसको प्रयोग बढी गरिन्छ ।
अन्त्यमा एउटा कुरा भन्न जरुरी छ कि हामीले अस्टियोपोरोसिसमा यति चासो लिनको कारण हाड नभाचियोस् भनेर हो । त्यसकारण हाड नभाचियोस भनी अरु कुरामा पानी ध्यान दिन आवश्यक छ ।
–चिप्लो भुइँ खासगरी भिजेको बेला अत्यन्त जोखिमपूर्ण हुन्छ र यसबाट बच्ने उपाय गर्नुपर्छ । बाथरुममा पानी यही कारण खतरा हुन्छ र अधिकांश मानिस यहीं लड्छन् ।
–बुबाआमा वा हजुरबुवा हजुरमुमाको जुत्ता चिप्लने खालको त छैन भनी हेर्नेजिम्मा हामो हो ।
–घरमा खुट्टा अड्किन सक्ने रंग आदि त छैन भनी हेर्न जरुरी छ । सिंढीमा बाथरुममा दहो रेलिंग लगाउन उचित हुन्छ ।
–राती वृद्धवृद्धाको कोठा अ“ध्यारो नराख्ने ।
–वृद्धवृद्धाको कोठामा चाहिने मात्र फनिर्चर आदि राख्नु रामो हुन्छ ।
(प्राडा श्रेष्ठ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत् हुनुहुन्छ) 

प्रकाशित मिति: असार ३१ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend