विराटनगरः मोरङको सुन्दरहरैचा नगरपालिका–६ मा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो साढे १ः०० बजे दुर्घटना प्रहरीले जनाएको छ । मोरङका प्रहरी उपरीक्षक तथा सूचना समन्वय अधिकृत महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को१ख ४४०८ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ९५६१ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा बसमा ठोक्किएर घाइते भएका मोटरसाइकल चालक विराटनगर महानगरपालिका–३ का २० वर्षीय अजय सहनीको उपचारको क्रममा विराटनगरको नोवेल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।