धरानः प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।
बूढानीलकण्ठस्थित एक घरमा वार्ता सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । पार्टीभित्र देखिएको पछिल्लो विवाद समाधानमा छलफल हुने बताइएको छ ।
व्यवसायी क्याप्टेन रामेश्वर थापाको निवासमा भेटवार्ता भएको बताइएको छ । विश्वासको मत पाउन नसकेपछि पदमुक्त भएका ओलीले नेपाली कांग्रेसको नेतृत्वमा गठन हुन लागेको बहुमतको सरकार समेत बन्न नदिने गरी नेता नेपालसँग सहमति जुटाउन अन्तिम प्रयास गरेका हुन् ।
आजै पार्टी स्थायी समितिबाट नेपालसहितका चार नेतालाई कारवाही फुकुवा गर्ने निर्णय गरेका ओलीले नेता नेपालसँग अर्को निर्णायक वार्ताका लागि भेटेका हुन् ।
ओलीसँग सहमति नभए नेपाल समूहले सांसद पदबाटै राजीनामा दिने तयारी गरिरहेका बेला सो कदम रोक्ने प्रयासस्वरुप उनले नेपाललाई भेटेका हुन् । नेपाल पक्षले राजीनामा दिएमा प्रधानमन्त्रीका उम्मेदवार बन्न लागेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नका लागि आवश्यक बहुमत पु¥याउन केही सहज हुनेछ ।