खोटाङः खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ मा बिहीबार बिहान भएको ट्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
सडक निर्माणको लागि मिक्स्चर बोकेर जाँदै गरेको प्रदेश नं. १–०२–००३ त ०२८० नम्बरको ट्याक्टर बिहान पौने ९ बजेको समयमा अचानक रोडबाट २० मिटर जति तल खसेर दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार रहेका खोटाङ रावावेशी–४ का २५ वर्षीय नेत्रबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी ट्याक्टरका चालक र सह–चालक घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल खोटाङ पठाइएको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।