Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानलाई ९ लाख पर्ने मेसिन प्रदान

हाम्रो कोशी आवाज
जेष्ठ २० २०७८, बिहिबार
धरानको बीपी प्रतिष्ठानलाई ९ लाख पर्ने मेसिन प्रदान

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मेसिन हस्तान्तरण गरिएको छ ।
यो मेसिन हालसम्म काठमाण्डौंस्थित गंगालाल अस्पताल र विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा मात्रै रहेको जनाइएको छ । यी ठाउँमा पनि लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए १ नेपालले मेसिन प्रदान गरेको हो ।
प्रतिष्ठानमा पनि ‘फाइन केयर थ्री एगिक’ नामक मेसिन हस्तान्तरण गरेको छ । मेसिनले विशेषतः कोभिड परीक्षणका अतिरिक्त कोभिड भएका बिरामीको DDimer, CRP, PCt, IL6 लगायत अन्य चेकजाँच गर्नुका साथै कोभिड ठीक भएर घर फर्किएका बिरामीमा पनि पूर्णरुपले ठीक भए नभएको समेत पत्ता लाग्ने जनाइएको छ ।
मेसिनको मूल्य करिब नेपाली ९ लाख रुपैयाँसम्म पर्ने बताइएको छ । आगामी दिनहरुमा पनि यस्ता मेसिन र सहयोग देशका विभिन्न स्थानमा पुरयाउन लायन्स क्लब दिनरात प्रयासरत रहेको लायन्सका एरिया लिडर लायन खगेन्द्र सिटौलाले बताए ।
यस अभियानमा लायन्सका पूर्व डिस्ट्रिक्ट गभर्नर लायन अनन्तप्रसाद भेटवाल, एरिया लिडर लायन सिटौला, डिस्ट्रिक्ट गभर्नर लायन टंकबहादुर श्रेष्ठलगायतको महत्वपू्र्ण भूमिका रहेको जनाइएको छ ।
लकडाउनदेखि नै काठमाण्डौं र विराटनगरमा आइसोलेसन सेन्टरको स्थापना गर्ने तथा अक्सिजन थेरापी सेन्टर सञ्चालन गर्नेजस्ता कार्यहरू गर्दै आएको डिस्ट्रिक्ट गभर्नर इलेक्ट लायन रेवतबहादुर कार्कीले बताए ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले लायन्सद्वारा हस्तान्तरण गरिएको मेसिन ग्रहण गर्दै विषम परिस्थितिमा अति उपयोगी र आवश्यक मेसिन उपकरण प्रतिष्ठानलाई हस्तान्तरण गरेर ठूलो सहयोग गरेको भन्दै लायन्सको कार्यको उच्च प्रशंसा गर्दै धन्यवादपत्र समेत प्रदान गरे ।
लायन्सका पूर्व डिस्ट्रिक्ट गभर्नर लायन अनन्तप्रसाद भेटवालको संयोजन तथा लायन लिडर धीरज गुरुङद्वारा सञ्चालित मेसिन उपकरण हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनाल, अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साह, कोभिड चिफ प्रा.डा. ज्ञानेन्द्र मल्ल, स्त्रीरोग विभाग प्रमुख डा. रोहित रिजाल (पप्पु), माइक्रोवायोलोजी प्रमुख डा. नारायण भट्टराई, सेकेण्ड भाइस गभर्नर इलेक्ट लायन नरनाथ सापकोटा, लायन लिडरहरु लायन बिपीन सुब्बा, लायन टंककुमारी गुरुङ, लायन कविरभगत प्रधानाङ्ग, लायन सुजेन्द्र गोले तामाङ, लायन कमला लिम्बू, लायन शुभव अग्रवाल लगायतको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: जेष्ठ २० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend