Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोपा अमेरिकाः मेस्सीको दुई गोलले सहज जीत

हाम्रो कोशी आवाज
असार १५ २०७८, मंगलबार
कोपा अमेरिकाः मेस्सीको दुई गोलले सहज जीत

धरानः कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको छ। आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४–१ गोल अन्तरले पराजित गरेको हो।
अर्जेन्टिनाको जितमा लियोनल मेसीले दुई गोल गरे भने अलेजान्द्रो गोमेज र लाउतारो गोमेजले एक एक गोल गरेका थिए। त्यस्तै बोलिभियाका लागि एरविन साभेड्राले एक गोल फर्काए।
आजै सम्पन्न अर्को खेलमा उरुग्वेले पराग्वेलाई १–० गोल अन्तरले पराजित गरेको छ। उरुग्वेको जितमा एडीनसन कभानीले खेलको एक मात्र गोल गरेका थिए।
योसँगै कोपा अमेरिकाको समूह चरणका खेलहरु सकिएका छन्। समुह ए बाट अर्जेन्टिना ४ खेलमा १० अंकसहित पहिलो हुदै क्वाटरफाइनलमा पुगेको छ भने उरुग्वे ७ अंकसहित दोस्रो हुदै क्वाटरफाइनलमा पुगेको छ। त्यस्तै पराग्वे ६ अंक सहित तेस्रो र चिली ५ अंकसहित चौथो हुँदै क्वाटरफाइनलमा पुगेका छन्।
समूह बीबाटब्राजिल पेरु, इक्वेडर र बोलिभिया अन्तिम आठमा प्रवेश गरेका छन्।

प्रकाशित मिति: असार १५ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend