Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सबै सार्वजनिक सवारीसाधन सहजै चल्न पाउने

हाम्रो कोशी आवाज
असार २० २०७८, आइतबार
सबै सार्वजनिक सवारीसाधन सहजै चल्न पाउने

धरानः काठमाडौं उपत्यकामा सवारी साधानमा लगाइएको जोरविजोर प्रणाली हटेको छ ।
आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोरविजोर प्रणाली हटाउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।
काठमाडौं उपत्यका बाहिरबाट आउने सवारी साधनले प्रवेशका लागि पास लिनुपर्नेछ । त्यसैगरी यसअघि २५ सिट भन्दा माथिका सवारी साधन मात्रै चल्न दिने भएकोमा अब सबै सवारी साधन सञ्चालन गर्न दिने भएको छ ।
सार्वजनिक यातायातमा कुल सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने भएका छन् । मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने आदेशमा उल्लेख गरेको छ ।
सफा टेम्बो तथा निलो माइक्रोले ९ जना यात्रु भन्दा बढी चढाउन नपाउने भएका छन् । सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण ढुवानी बेलुका ९ बजेदेखि विहान ५ बजेसम्म सञ्चालन गर्ने पाइने भएको छ ।
जोर विजोर प्रणाली हटेको र अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने उनले जानकारी दिए ।
असार ३१ गतेसम्म निषेधाज्ञा जारी रहेको प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति: असार २० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend