Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

झापामा ओलीको कटाक्ष

हाम्रो कोशी आवाज
भाद्र २९ २०७८, मंगलबार
झापामा ओलीको कटाक्ष

बिर्तामोडः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले पार्टी विभाजन गरेर पतनको बाटो रोजेको आरोप लगाएका छन् ।
एमाले झापा जिल्ला कमिटीले बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले माधव नेपालले नै एमाले सरकार हटाएको दावी गरे । ‘एमाले सरकार हटाउने मुख्य व्यक्ति माधव नेपाल नै हुन् ।’ उनले कार्यक्रममा भने ।
नेपालप्रति कटाक्ष गर्दै ओले भने, ‘माधव नेपालले वडा सदस्यको चुनाव पनि जित्दैनन् ।’ उनले माधव नेपालले नयाँ पार्टी बनाएको नभई तमासा देखाउने काम गरेको बताए । ओलीले सम्बोधनको अधिकांश समय नेपालप्रति कटाक्ष गरेका थिए ।
पार्टी फुटाउनु पर्ने कुनै आवश्यकता नभएको ओलीको भनाइ थियो । माधव नेपालले पार्टीलाई जसरी पनि फुटाउने कोसिस गरेको ओलीले बताए । उनले भने, ‘पार्टी फुटाउने कोशिस गरेका थिए आफैं चोइटिएर गए ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति कटाक्ष गर्दै ओलीले धोकेबाज नेता भएको बताए । उनले भने, ‘माओवादी केन्द्रमा अहिले पनि रहिरहेका नेता तथा कार्यकर्ता हामीसँग आउनुहोस् । उहाँसँग अल्मलिएर नबस्नुहोस् ।’ पद पाइएन भने पार्टी नै छाडेर जान्छु भन्ने असली कम्युनिष्ट नभएको ओलीको भनाइ थियो ।
सभामुखले गैरसांसदलाई संसदमा राखेकै कारणले संसद अवरोध गरिएको उनले बताए । उनले भने,‘पार्टी फुटाउन भूमिका खेले। पार्टीको कार्यकर्ताको भूमिका खेले। गैरसांसद् राखेर संसद चलाउन खोजेका छन् । हामीले जायज काम गरेका छौँ। त्यो विरोध कायमै रहन्छ ।’

प्रकाशित मिति: भाद्र २९ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend