Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

टयाक्टरले च्यापेर सहचालक महेन्द्र राईको मृत्यु

हाम्रो कोशी आवाज
असोज १६ २०७८, शनिबार
टयाक्टरले च्यापेर सहचालक महेन्द्र राईको मृत्यु

धरानः खोटाङमा शुक्रबार राति भएको ट्याक्टर दुर्घटनामा परेर सहचालकको मृत्यु भएको छ ।
ट्याक्टरका सहचालक दिक्तेल–रुपाकोट–मझुवागढी–४ का १८ वर्षीय पिलक्स राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–१३ मा स१त ७०७१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । रबुवाबाट दिक्तेलतर्फ जाँदै गरेको ट्याक्टर राति १०ः३० बजेतिर अनियन्त्रित भएर सडकमै पल्टिएर दुर्घटना भएको थियो ।
सहचालक राईलाई ट्याक्टरले च्याप्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हलेसी तिवाचुङ–३ बस्ने वर्ष २४ को महेन्द्र राई प्रहरी चौकी नुनथलाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यता इटहरी–२० तरहरास्थित पानीपियानजिक जङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना प्रहरी गम्भीर घाइते भएका छन् ।
धरानबाट इटहरीतर्फ जाँदै गरेको को३८प ४११९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा १ नं प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा कार्यरत प्रहरी जवान अन्दाजी वर्ष २९ को तेजकुमार राई र पछाडि सवार प्रहरी जवान इन्द्र चौहान गम्भीर घाइते भएको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालयका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
दुवैजनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । मोटरसाइकल प्रहरी चौकी तरहराको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यस्तै, सुनसरीको रामधुनी नपा–३ मा टिपरले स्कुटीलाई ठक्कर दिँदा चालक गम्भीर घाइते भएका छन् । बिजुली अफिसअगाडि पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश नं १–००६ ख २७६० नं टिपरले विपरीत दिशाबाट आइरहेको प्रदेश नं १ –०२–०४१ प ७२३५ नं स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक अशोक चौधरी घाइते भएका हुन् । उनको विराटनगरमा उपचार भइरहेको छ । टिपर चालक वर्ष ४६ को चत्तुरलाल चौधरी प्रहरीले नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति: असोज १६ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend