Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

साहित्यको उज्यालो प्रकाश !

हाम्रो कोशी आवाज
माघ १४ २०७८, शुक्रबार
साहित्यको उज्यालो प्रकाश !

प्रकाश दिप्साली साहित्यको चिरपरिचित नाम हो । अहिले उहाँ बराहक्षेत्र स्वर्णिम साहित्य समाजमा अध्यक्ष हुनहुन्छ । २०६९ सालको विमल स्मृति राष्ट्रिय महोत्सव बिजेता साथै २०७२ प्रसाद राई स्मृति राष्ट्रिय साहित्य पुरुस्कारले सम्मानित हुनुभएको हो उहाँको ‘घायल वस्ती नामक कविता प्रकाशित छ ।
भरौल दर्पण स्मारिकाको सह–सम्पादक, मुग्लानी चिनोको सम्पादक प्रष्फुटन संयुक्त गजल सङ्ग्रहको सम्पादक साथै लकडाउनमा सर्जक र सिर्जना पुस्तकको सम्पादक हुनुहुन्छ । साहित्यमा योगदान दिँदै आउनुभएका प्रकाश अहिले साहित्यमा प्रकाश छरिरहनुभएको छ ।
चीनको बुहानबाट फैलिएको कोरानाले विश्वलाई निलेको अवस्थामा उहाँले गुम्सिएर बसेका सिर्जना अनि कोचिएर घरमै थुनामा झैं बसेका मानिसलाई अनलाइन वा सामाजिक सञ्जालमार्फत् उनीहरुका सिर्जना निकालिदिनुहुन्थ्यो । वा पोस्ट गरिदिनुहुन्थ्यो । यस्तै गर्दा गर्दै सबैतिरबाट सकारात्मक प्रतिक्रिया आउन थाल्यो । त्यसपछि सिर्जनाहरु उहाँले जम्मा गर्नुभयो । ती सिर्जनाहरु जम्मा हुँदा पुस्तकको रुपमा आकार बनिन थाल्यो । त्यसपछि सहयोग गर्ने हात, संस्थाहरु आउन थाले । प्रकाशकको रुपमा राष्ट्रिय परदेशी साहित्यिक समूह, तायाजोङ मिडिया प्रा लि, पात्लेपानी कला साहित्य समाज । त्यसपछि आफ्नो आकार पूरा पुस्तकमा बदलियो ।
वितरकको रुपमा स्वर्णिम साहित्य समाजले आफ्नो भूमिका बाँध्यो । विधागत चित्रमा मुकुन्द प्रयासले रङ्ग थपिदिनुभयो । भाषा सम्पादन नवराज विष्ट, मुहार स्केच कृष्ण मर्सानीले गर्नुभयो । त्यसपछि थुप्रैको सहयोगी हातले गर्दा पुस्तक तयार भयो । सबैको हात घरमा पुग्नको लागि ।
मेरो चिनजान ‘हतुवागढी शब्द घर’ का कार्यक्रम प्रस्तोता दीपा मग्रातीसँग चिनजान भयो । मैले उहाँबाट ‘लकडाउनमा सर्जक र सिर्जना’ पुस्तक पाएँ । मलाई खासै साहित्य लेख्न आउँदैन तर खुब पढ्ने गर्छु । साहित्यका पुस्तकहरु मैले पढन सुरु गरें ‘लकडाउनमा सर्जक र सिर्जना’ । यसमा भएका गीत, गजल, कविता उत्तिकै राम्रा छन् । बाध्यताले परदेश पसेका घरको याद, परिस्थिति सम्झेर बसेकाहरुको व्यथा दुरुस्तै उतारेको पाएँ । तारा पराजुलीले रहर भिजेको मौसमबाट कविताका केही अंशः
अक्सर हिँड्ने बेलाको साइत भनिन्छ
म हिँडेको दिन
कुनै कौवाले अपमानको सन्देश बोलेन
लामो बाटो, तिरस्कारको कुनै सङ्गीत बजेन
बाटोमा खाली गाग्रो बोक्ने कुनै पँधेर्नी भेटिनँ
चुपचाप रेलका लिकहरु
सुनसान एक्लो सडक
सडकमाथि गन्तव्य सम्झेर
सप्तकोशीझैं सुसाइरहेको एक्लो बटुवा
असमानता र विभेदका विरुद्धमा रोशन परियारका सिक्का र नोट कविताले सत्य बोलेको छ कविताका केही अंशः

प्रायः सिक्काहरुको सपना साझा हुन्छ, उस्तै उस्तै
सपना र बिपना प्रायः आधा हुन्छ तर दुरुस्तै
त्यसैगरी चतुरहाङ इजम आमा कविताबाट यो प्रस्ट हुन्छ कि आमाभन्दा प्यारो अरु कोही छैन पहिलो माया उहाँ हो, उहाँको कविता हेरौंः
दश धारा दूध पिलाउँछिन्
जल्छिन् पीडामा दियोझैं
टुुक टुक हिँड्न सिकाउँछिन्
उनीसँग
जीवनको परिभाषा बुझ्ने रहर छैन
तर परिभाषा बनेर बाँचिदिन्छिन्
त्यस्तै, पढ्ने क्रममा म गजलमा आइपुगेको थिएँ । देश गाउँको प्रेम भावना कस्तो हुन्छ हुनुपर्छ भन्ने कुरा विश्वजित चाम्लिङ राईका गजलले सिकायो । केही हरफ यहाँ प्रस्तुत छन् ।
यो भूमिले बलि मागे मर्न म तयार छु
दुखेको घाउमा मलम भर्न तयार छु ।
त्यस्तै, कोरोनाले मानिसमा बनाएको त्रासको पीडा कस्तो हुन्छ ? राम रेप्चुङ राईका गीतले बताउँछः
मान्छेबाटै मान्छे डराउने दिन आयो
टोलाएर कोठैभित्र हराउने दिन आयो
ए पापी कोरोना
भयो अब छोड न ।
संस्मरण ‘आठ वर्षको सुताइपछि बाटोमा निस्किँदा पढ्दा कता कता आफू नै भएको महसुस भयो । विमला तुम्खेवा उनको कुरा सारै मन परयो । त्यस्तै डा. विप्लव ढकालको कुरा नि मन परयो । कविको पनि समाजमा योगदान जरुरी छ । जिम्मेवारी पनि हुन्छ । कवि यस्तो हो उसले हरेक को भूमिला निर्वाह गर्छ, गर्नुपनि पर्छ । मनु मञ्जिलसँगका संवाद लाजवाफ छ भूपीन, मुनराज शेर्मा, प्रकाश आङ्देम्बे उहाँहरुको संवाद लाजवाफ छ, एकदम खुसी लाग्यो । मैले सिर्जनाका पुस्तक पढ्न पाउँदा अनि अझ खुसी मानिसभित्र भएका कलालाई यसरी स्थान दिँदा साच्चै प्रकाश उहाँ नाम मात्र प्रकाश होइन काममा पनि प्रकाश छ भन्ने मलाई लागेको छ । उहाँ साहित्यको उदाउँदो तारा लाग्यो ।
विधागत विविधताले पुस्तकलाई पढ्न लायक बनाएको छ । यस पुस्तकमा सबै किसिमका कविता, गीत, गजल र केस्रा विधाका रचनाको स्वाद पाइन्छ । अति राम्रो लेख्ने सिर्जनशील हातहरुलाई अग्र स्थान दिएको पाइएको छ । प्रकाशमा म कवि त होइन तरपनि अबका माधवप्रसाद घिमिरे, लक्ष्मीप्रसाद देवकोटा, धरणधीकर कोइराला, रमेश विकल, इन्द्र राई हुने सम्भावना बोकेको मैले पाएँ ।
धेरै कविताहरु राम्रा छन् । वर्णन गर्न नसकिने छन् । शोषण र दमनमा परेका नागरिकलाई यथार्थमा सरल, सहज तरिकाले प्रस्तुत गर्न खोजिएको छ । राजु स्याङताङको कविता- बलात्कारी । यहाँ प्रस्तुत छ ।
आज फेरि सुनियो कसैको
अनैतिक गर्भ बोकेर
सुनकोशीमा फाल हानिन्
दियमाया तामाङ
यसपटक सुसाइट नोट फेला परयो
नोटमा लेखिएको थियो बलात्कारीको नाम
मन छोयो, मुटुमै प्रहार गर्छ कविताका शब्दहरुले । अनि भन्न खोजेका भावहरुले । थुप्रै घटना घटिरहेको भन्न खोजेका भावहरुले । थुप्रै घटिरहेको छ दिनानुदिन आखिर न्याय पाइरहेका छैनन् । दोषी थाहा भएपनि चुपचाप बसेको पाइएको छ ।
यस्तै, कविताको विशेषताले पुस्तक पठनीय, सङ्ग्रहनीय बनेको छ । उहाँलाई संस्था र व्यक्तिहरुले आर्थिक, भौतिक सहयोग गरेका छन् । पुस्तक प्रकाशनबाहेक पनि थुप्रै व्यक्तिहरुले योगदान दिनुभएको छ । सबैले साथ र सहयोग दिएर त यो पुस्तक गहकिलो बनेको छ भन्छु ।

प्रकाशित मिति: माघ १४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ३ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend