Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सरकारको निःशुल्क उपचारको रटान तर मृगौलापीडित बेसहारा

रुषा थापा
साउन २८ २०८०, आइतबार
सरकारको निःशुल्क उपचारको रटान तर मृगौलापीडित बेसहारा

कतिपय व्यक्तिहरु आफ्नो घरपरिवार त्यागेर जोगी बन्छन् । त्यसमध्ये कति मठमन्दिरमा बसेर माग्छन्, कति घरघरमा माग्छन् । आर्थिक अवस्था कमजोर भएका, बेसहारा, अपांग, अशक्त व्यक्तिहरु पनि मठमन्दिरमा माग्न बसेका हुन्छन् ।
करिब दुई वर्षअघिसम्म मानिसहरुले घरमा माग्न गएमा वा मठमन्दिरमै माग्न बसेमा पनि पैसालगायत अन्य सामग्री दिने गरेकोमा अहिले नदिने उनीहरुको गुनासो छ । बजारमा आएको आर्थिक मन्दीका कारण यस्तो भएको उनीहरु बताउँछन् ।
अहिले घरमा माग्न गएमा घरधनीहरु भित्रभित्र पस्छन् र मन्दिरमा माग्न बसेमा आउने व्यक्तिहरु देखे पनि नदेखेझैं गर्ने उनीहरुको भनाइ छ । पहिला दिनमै चार–पाँच सय रुपैयाँ र तीन–चार पाथी चामल हुने गरेकोमा अहिले कहिलेकाँही त एक–दुई सय र एक–डेढ पाथी चामल समेत नहुने उनीहरु बताउँछन् ।
पहिलापहिला मानिसहरु घरमा कोही आइहाले आफुले खान थालेको खाना समेत दिन्थे । सम्मान गर्थे । बास दिन्थे । तर, अहिलेका मानिसहरुमा आर्थिक अवस्था कमजोर भएका व्यक्ति वा जोगीहरुलाई खान दिनुपर्छ, सम्मान गर्नुपर्छ भन्ने चेतनाको अभाव छ ।
अहिले मानिसहरु बाटोमा कोही गरिब भेटेमा वा देखेमा सहयोग गर्नुको साटो घृणा गर्छन् । गालीगलौज गर्न थाल्छन् । अनि यँही हो हामीलाई सिकाइएका कुरा ? आर्थिक अवस्था कमजोर भएपछि मानिस बाटोमा बस्न बाध्य हुन्छ ।
बाटोमा बस्ने कसैको रहर होइन, उसको बाध्यता हो । तर, हामी त्यो कुरा नबुझी आफुहरुलाई मात्र सर्वश्रेष्ठ ठानेर उनीहरुप्रति नराम्रो व्यवहार गछौं । कतिपय अवस्थामा त छिछि समेत गछौं । अनि हामीले सिकेको शिष्टाचार र अनुशासन यँही हो ?
धनी देखेमा उसले गल्ती गरेपनि केही नबोल्ने तर गरिब चुपचाप सडकमा बसेपनि उसलाई होच्याउने, हेप्ने । बुढोपाकाले भन्थे, ‘चोरेर नखानु, भ्रष्टाचार नगर्नु तर मागेर खानु ।’ चोरेर खाने वा भ्रष्टाचार गरेर खानेको भन्दा पनि मागेर खानेको इज्जत हुन्छ ।
उसले राज्यको सबै ऐनकानून मानेको हुन्छ । माग्ने मान्छेहरु कहिले पनि अरुको घरभित्र छिर्दैनन् । उनीहरु गेटमै बसेर माग्छन् । तर, चोर त सिध्यै घरभित्रै पस्छन् । अभिभावक गुमाएका बेसहारा बालबालिका वा वृद्धाहरु सडकमा आएका छन् ।
अहिले पनि बाटोमा त्यस्ता बालबालिका, किशोर–किशोरी, युवा–युवती, महिला–पुरुष र वृद्धाहरु प्रशस्तै भेटिन्छन् । उनीहरु फोहोरको डंगुर भएको ठाउँमा बसिरहेका हुन्छन् । उनीहरु शिक्षा, स्वास्थ्य, रोजगारलगायत राज्यबाट उपलब्ध हुने सम्पूर्ण सेवासुविधाबाट वञ्चित भएका छन् ।
तर, सरकार यस्ता व्यक्तिहरुको लागि शिक्षा, स्वास्थ्य, रोजगारलगायतको व्यवस्था गर्दैन । सरकार यसप्रति ध्यान नै दिदैँन वा दिन चाहादैँन । सडकमा मागेर खाने गरिब जनताको नाम बेचेर धेरै कलाकारहरुले गीत गाए, फिल्म बनाए तर त्यस्ता व्यक्तिहरुको लागि केही गरेनन् ।
उनीहरु आफु चर्चामा आए र कमाउनु कमाए । यता, एनजीओलगायत गैरसरकारी संघसंस्थाले पनि सडकमा बसेर माग्नेहरुको फोटो खिचेर वा भिडियो बनाएर कमाउनु कमाए । त्यस्तै, बेसाहारा बालबालिका, बुढाबूढीको हेरचाहका लागि भन्दै खोलिएका आश्रमहरुले पनि सरकार र विदेशीसँग रकम उठाउनुबाहेक केही गरेका छैनन् ।
उनीहरु राजनीतिक पार्टीको झोला बोक्छन् । सरकारबाट त्यस्ता व्यक्तिहरुको हेरचाहका लागि भन्दै रकम लिन्छन् । विदेशीले समेत सहयोग गर्छ । तर, त्यो रकम ती बेसाहाराका लागि खर्च नगरी पचाउँछन् । जो मानिस गरिब, अशिक्षित, बेसाहारा छन्, त्यसलाई अहिले क्रिस्टियन धर्मालम्बीहरुले जबरजस्ती आफ्नो धर्ममा संलग्न गराइरहेका छन् ।
यहाँ कतै धर्मको नाममा आम सर्वसाधारणलाई ठगिएको छ, कतै विकासको नाममा । गरिब जनताका लागि यहाँ घर भनेकै सडक बनेको छ । राजनीतिक दलका नेता, सरकारी कर्मचारीहरु सुकिलामुकिला भएर बस्छन् । करोडौंको गाडी चढ्छन् । तर, बाटोमा मागेर बसेका ती गरिब, बेसाहारालाई देख्दैँनन् ।
मठमन्दिर, सडक वा घरमा माग्न आएकामध्ये अधिंकाश रोगग्रसित छन् । उनीहरुले उपचार पाएका छैनन् । कतिपय बालबालिकाहरु शिक्षाबाट वञ्चित भइरहँदा कति रोजगार नपाएर भौतारिएका छन् । अनि कहाँ छ सरकार ?
अहिले घरधनी तथा पसललेहरु भन्छन्, ’दिनमा दशभन्दा बढी मानिसहरु माग्न आउँछन् । अनि कतिलाई दिनु । व्यापार व्यवसाय ठप्प छ । कहिलेकाहँी त बहनी समेत हुदैँन । अब आफैं पनि माग्न बस्नुपर्ने अवस्था आएको छ ।’
पछिल्लो समय मन्दीका कारण कोठा, सटर, फल्याट धमाधम खाली भएका छन् । जताततै सुनसान देखिन्छ । रेष्टुरेन्ट, होटल, कपडा पसलहरुमा एक जना पनि ग्राहक छिर्दैन । अहिले सबै व्यक्ति सडकमा माग्न बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।
यस्तो हुँदा समेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई केही चासो छैन । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत गरिबीका कारण उपचार नपाएर कोही जनता मर्नु नपर्ने बताउँछन् । तर, घरघरमा मानिसहरु मृगौला पीडित भन्दै उपचारका लागि खर्च जोहो गर्न आइपुग्छन् ।
उनीहरु हातमा बिल बोकेर स्पिकरसहित आउँछन् । त्यसैले, अब सरकारले यस विषयमा छानबिन गरी गरिब जनताको निःशुल्क उपचार गर्नुपर्छ र ठगहरुलाई कानूनको दायरामा ल्याउनुपर्छ । सरकारलाई बजारमा भइरहेको हरेक कुराबारे थाहा हुनुपर्छ ।
यसका लागि सरकारले सम्बन्धित निकायको स्थापना समेत गरेको छ । तर, आर्मी जनताले तिरेको करमा मोजमस्ती गरेर व्यारेकभित्र बस्छ । सरकारी कर्मचारीहरु काम नै नगरी दिनभरि गफ गरेर बस्छन् । अनि बजारमा भइरहेको गतिविधिबारे सरकारले कसरी थाहा पाउँछ ?
पछिल्लो समय मृगौला पीडितको नाम बेचेर वा गरिब जनताको नाम बेचेर ठगी गर्ने क्रम बढ्दो छ । मोटरसाइकल वा स्कुटरमा स्पिकर बोकेर त्यसमा पनि कुनै पीडितको फोटो टाँसेर हातमा बिल बोकी भर्खरका युवा–युवतीहरु माग्न आइपुग्छन् ।
हेर्दा उनीहरु स्वास्थ्य देखिन्छन् । मानौं हुनेखानेको नै छोराछोरी हुन् । तर, काम गर्न छोडेर उनीहरु गरिबको नाम बेचेर अरुको घरघरमा माग्न पुग्छन् । त्यसैले, सरकारको यसतर्फ ध्यान जान जरुरी छ । यदि उनीहरु साच्चिँकै पीडित हुन् भने उनीहरुको सरकारले निःशुल्क उपचार दिनुपर्छ ।
तर, झुट्टा हुन् भने कानूनको दायरामा ल्याउनुपर्छ । किनकि यसरी गरिब, बेसाहाराको नाम बेचेर कसैले पनि कसैलाई ठग्न पाउने अधिकार छैन । राजनीतिक दलका नेता तथा सरकारी कर्मचारीहरु जनताले तिरेको करबाट करोडौ खर्च गरेर सामान्य रोगको उपचारका लागि समेत विदेश पुग्छन् ।
त्यस्तै, पढाइमा अब्बल नभएका सरकारी कर्मचारी तथा धनीमानीका छोराछोरीहरुले मात्र विद्यालयमा छात्रवृत्ति पाउँछन् । यतिसम्म कि उनीहरु छात्रवृत्ति लिएर विदेश पढ्न जान्छन् । यता, काठमाडौंमा पाँच वटा घर भएका र छोराछोरी अमेरिका, अस्ट्रेलिया भएका व्यक्तिले समेत ज्येष्ठ नागरिक भत्ता लिन्छन् । सरकारी कर्मचारीहरु पनि अवकाश भत्ता लिइरहन्छन् ।
तर, जो मान्छे सडकमा माग्न बसेको हुन्छ शिक्षा, स्वास्थ्यबाट वञ्चित भएको हुन्छ, त्यसलाई सरकारले केही दिदैँन । तत्कालिन प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशीले ऋण नदिए वा अनुदान नदिए सरकारी कर्मचारीलाई तलबभत्ता वा सरकारी खर्च धान्न नसकिने बताएका थिए ।
अहिले बजारमा व्यापार व्यवसाय ठप्प छ । घरहरु धमाधम खाली भएका छन् । बेरोजगारी संख्या बढेको छ । अनि यस्ता व्यक्ति अब के आएर बाँच्ने ? अब सरकारले त देश धितो राखेर भएपनि सरकारी कर्मचारी र जनप्रतिनिधिलाई तलबभत्ता खुवौंला । तर, अन्य नेपाली जनता भोकभोकै बस्नुपर्ने दिन आइसकेको छ ।
मुलुकको अर्थतन्त्र कुन अवस्थामा छ ? भनेर सोधेमा बाटोमा मागेर बस्नेले भन्छन् । तर, विज्ञ, अर्थविद् भनिनेहरु अहिले पनि राजनीतिक पार्टीको झोला बोकेर झुट्टा प्रचारप्रसार गरिरहेका छन् । सरकार पनि त्यँही गरिरहेको छ ।
सडक वा घरघरमा मागेर खानेहरु जनतासँग प्रत्यक्ष रुपमा जोडिएका हुन्छन् । उनीहरुलाई जनताको अवस्था के छ भनेर थाहा छ । तर, राष्ट्रपति, प्रधानमन्त्री, अर्थमन्त्री, राष्ट्र बैंकका गर्भनरलाई जनताबारे केही थाहा छैन । सरकारमा बस्नेहरु अगाडिपछाडि आर्मीपुलिस राखेर हिड्छन् । यसले गर्दा पनि उनीहरु जनतासँग जोडिएका छैनन् । जनताबारे केही थाहा छैन ।

प्रकाशित मिति: साउन २८ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • लोभ, अहंकार र प्रतिशोध: सामाजिक तथा संस्थागत विनाशका कारण

    -तोमनाथ उप्रेती मानव समाजको विकासलाई स्थिर, न्यायपूर्ण र विश्वसनीय बनाउने आधार नैतिक मूल्य, सामाजिक विश्वास र जिम्मेवार व्यवहार हुन्। जब व्यक्तिको सोच र व्यवहारमा लोभ,...

    • ३ दिन अगाडी
    • ७ मिनेट पाठ
  • धरानलाई नठगिने बजार बनाउन सकिन्छ !

    बेदप्रसाद सापकोटा, धरान उपमहानगरपालिका बजारलाई गुणस्तरीय, स्वच्छ, पारदर्शी र उपभोक्तामुखी बनाउन व्यवस्थित बजार अनुगमन अपरिहार्य छ । व्यवसायीलाई व्यावसायिक मर्यादा र कानुनको परिधिभित्र राख्न तथा...

    • ५ दिन अगाडी
    • ६ मिनेट पाठ
  • ग्याँस नपाउँदा कोठाभाडामा बस्ने भोकै !

    अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन । ग्याँस नपाउँदा डेरामा बस्ने झनै समस्यामा परेका छन् । सरकारले २१ सय ६५ रुपैयाँ तोकेको ग्याँस...

    • ५ दिन अगाडी
    • ७ मिनेट पाठ
  • लोककल्याणकारी विज्ञापन कटौटीः छापा पत्रकारिता संकटमा

    सरकारले लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय गरेपछि नेपाली छापा पत्रकारिता फेरि एकपटक गम्भीर संकटको मोडमा पुगेको छ । सरकारका लागि यो बजेट व्यवस्थापन,...

    • ५ दिन अगाडी
    • १२ मिनेट पाठ
  • झापातर्फ: जहाँ धरतीले हरियालीमा इतिहास लेख्छ

    -तोमनाथ उप्रेती पूर्वको क्षितिजतर्फ जाने यात्राहरूमा एउटा अनौठो आकर्षण हुन्छ। सूर्य त्यतैबाट उदाउँछ। उज्यालो पनि त्यतैबाट आउँछ। त्यसैले पूर्वको यात्रा सम्भावनातर्फको यात्रा पनि हुन्छ। यही...

    • ७ दिन अगाडी
    • १८ मिनेट पाठ
  • भोटेकोशी महाप्रलय बित्यासः अब पाठ सिकौं

    पछिल्लो समय बजारमा व्यापक चर्चा छ–काठमाडौं उपत्यका छिट्टै भासिन्छ । चिया पसलदेखि सार्वजनिक स्थलसम्म यही कुरा भइरहेको सुनिन्छ । यद्यपि, यो सत्य हो या...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend