Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गएराति दुर्घटनाः दुईजना युवतीसहित तीनजनाको मृत्यु

हाम्रो कोशी आवाज
पुष १ २०८१, सोमबार
गएराति दुर्घटनाः दुईजना युवतीसहित तीनजनाको मृत्यु

दमकः गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई युवतीसहित तीनजनाको मृत्यु भएको छ।
मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्। दमक नगरपालिका-१० को सेतुमारी चोकबाट प्रदेश न १-०१-०१५ प १७९३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
सो दुर्घटनामा मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका-८ घर भएका २७ वर्षीय बिराज थापा, मोटरसाइकलको पछाडि सवार झापाको गौरादह नगरपालिका- ५ कि ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया मनचरी भनिने ओमकुमारी राई घाइते भएका थिए।
दमक अस्पतालमा उपचारको क्रममा दुवै महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक थापा पनि गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ।
त्यसैगरी पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवसताक्षीमा ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ।
शिवसताक्षी नगरपालिका-१० किरात चोकस्थि पूर्वपश्चिम राजमार्गमा रोकेर राखेको को२त ४१४५ नम्बरको ट्रयाक्टरको पछाडि मे ९ प ६२४ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक झापाकै मेचीनगर नगरपालिका -५ का ४२ वर्षीय सन्तोषकुमार लिम्बूको मृत्यु भएको हो।
मोटरसाइकलको पछाडी सवार दमक नगरपालिका-५ की ३५ वर्षीया अनिता राई घाइते भएकी छन्। उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। दुर्घटनापछि प्रहरीले ट्याक्टर चालकलाई पक्राउ गरेको छ। तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: पुष १ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend