Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्कुटी दुर्घटनामा परी युवतीको ज्यान गयो

हाम्रो कोशी आवाज
असोज २४ २०८२, शुक्रबार
स्कुटी दुर्घटनामा परी युवतीको ज्यान गयो

झापा : झापाको शिवसताक्षीमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एक युवतीको मृत्यु भएको छ।

दुर्घटनामा परी दुईजना गम्भीर घाइते भएका छन्। शिवसताक्षी नगरपालिका–१ मन्दिर टोलस्थित भित्री पक्की सडक खण्डमा पाराबारीबाट धरमपुर चौकतर्फ आउँदै गरेको प्र १–०१–०१६ प ९३५८ नम्बरको स्कुटर र विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२–०४३ प ९४७५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा परी स्कुटर चालक बिर्तामोड नगरपालिका–५ निवासी २५ वर्षीय निरूता भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते स्कुटर चालक  भट्टराईलाई बीएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले बताएको छ।

घाइतेहरू स्कुटरको पछाडि सवार सिन्धुपाल्चोक चिम्लिङबेसी–४ निवासी ३४ वर्षीय सिताराम पराजुली र मोटरसाइकल चालक मोरङ उर्लाबारी–१ निवासी ३१ वर्षीय सुरज कार्कीको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रकाशित मिति: असोज २४ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend