Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरी १ मा चुनाव लाग्यो, २६ उम्मेदवार मैदानमा, कति छन् मतदाता ?

हाम्रो कोशी आवाज
माघ १५ २०८२, बिहिबार
सुनसरी १ मा चुनाव लाग्यो, २६ उम्मेदवार मैदानमा, कति छन् मतदाता ?

धरानः सुनसरी–१ मा बहुपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको छ । धरान उपमहानगरपालिकाका सबै वडा, बराहक्षेत्र नगरपालिकाका १ देखि ५ नम्बरसम्मका वडा र रामधुनी नगरपालिकाका ६ र ७ नम्बर वडा पर्ने यो निर्वाचन क्षेत्रमा हर्कराज राई (साम्पाङ)का कारण पनि धेरैको चासो देखिन्छ ।
हर्कराज राई ०७९ को स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको नगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए । राईले २० हजार ८२१ मत प्राप्त गरेका थिए । यस्तै, नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त गरेका थिए ।
उक्त निर्वाचनमा नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्रबिच तालमेल भएको थियो । नगर प्रमुख पदमा नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत प्राप्त गरेकी थिइन् ।
उनै हर्कराज राई अहिले नगर प्रमुख पदबाट राजीनामा दिएर संसदीय राजनीतिमा प्रवेश गर्ने दाउमा छन् । यस क्रममा उनले आफ्नो गढ मान्दै आएको धरान नगरपालिकाका सबै वडासहितको सुनसरी क्षेत्र नम्बर १ लाई उम्मेदवारीका लागि रोजेका छन् । उनी आफ्नै नेतृत्वमा गठन गरेको श्रम संस्कृति पार्टीबाट यो क्षेत्रमा उम्मेदवार बनेका छन् ।
सुनसरी–१ मा नेकपा एमालेले टिकाराम लिम्बुलाई उम्मेदवार बनाएको छ । यस्तै, नेपाली कांग्रेसबाट सुजेन्द्र तामाङ, नेपाली कम्युनिस्ट पार्टीबाट सूर्यबहादुर भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अघिल्लो निर्वाचनकै प्रत्यासी गोमा तामाङ उम्मेदवार छन् ।
२०७९ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यो क्षेत्रबाट जसपा नेपालका उम्मेदवार अशोक राई निर्वाचित भएका थिए । नेकपा एमालेसँग तालमेल गर्दा राईले १७ हजार ५९ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले १६ हजार ६०६ मत प्राप्त गरेकी थिइन् ।
सुनसरी–१ मा नेकपा एमालेले टिकाराम लिम्बुलाई उम्मेदवार बनाएको छ । यस्तै, नेपाली कांग्रेसबाट सुजेन्द्र तामाङ, नेपाली कम्युनिस्ट पार्टीबाट सूर्यबहादुर भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अघिल्लो निर्वाचनकै प्रत्यासी गोमा तामाङ उम्मेदवार छन् ।
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी–१मा एक लाख ५० हजार ३९३ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनमा जस्तै संसदीय निर्वाचनमा पनि हर्कराज राईले चमत्कारपूर्ण नतिजा ल्याउलान् या एमाले–जसपा नेपालबिचको गठबन्धनका बाबजुद झिनो मतान्तरले पराजित रास्वपाकी उम्मेदवार गोमा तामाङले यो पटक नतिजा आफ्नो पक्षमा पार्लिन् ? चासोको विषय बनेको छ ।
अर्कोतिर पुनाना र परम्परागत भनिएका नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नेपाली कम्युनिस्ट पार्टी पनि गठबन्धनविना प्रतिस्पर्धामा उत्रिँदा सुनसरी–१ मा कसले बाजी मार्ला भनेर यसै आकलन गर्न कठिन देखिन्छ ।
कुन वडामा कति मतदाता ?
धरान उपमहानगरपालिका
वडा नम्बर १– ३,३६२
वडा नम्बर २– २,४१७
वडा नम्बर ३– ३,४९८
वडा नम्बर ४– २,६६१
वडा नम्बर ५– ७,६२६
वडा नम्बर ६– ५,६९९
वडा नम्बर ७– २,२८०
वडा नम्बर ८– ८,६९०
वडा नम्बर ९– २,७१५
वडा नम्बर १०– ३,७८८
वडा नम्बर ११– १०,७८८
वडा नम्बर १२– २,९३४
वडा नम्बर १३– ६,८४१
वडा नम्बर १४– ३,२२१
वडा नम्बर १५– १५,७०८
वडा नम्बर १६– ८,८६५
वडा नम्बर १७– १०,२२३
वडा नम्बर १८– २,४७२
वडा नम्बर १९– ४,२४१
वडा नम्बर २०– २,९१०
बराहक्षेत्र नगरपालिका
वडा नम्बर १– ४,५३८
वडा नम्बर २– ५,९२७
वडा नम्बर ३– ६,६८१
वडा नम्बर ४– ४,२६३
वडा नम्बर ५– ६,८३२
रामधुनी नगरपालिका
वडा नम्बर ६– ५,३०३
वडा नम्बर ७– ५,९१०

प्रकाशित मिति: माघ १५ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend