Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लागूऔषध दुर्व्यसन नियन्त्रणमा सबैको दायित्व

हाम्रो कोशी आवाज
साउन १६ २०८२, शुक्रबार
लागूऔषध दुर्व्यसन नियन्त्रणमा सबैको दायित्व

अहिले लागूऔषध प्रयोगकर्ता र कारोबारको हिसाबले धरानमा चुनौती बन्दै गइरहेको छ । कानुनतः अर्थात् कानुनले लागूऔषध कारोबार र सेवनलाई जघन्य अपराध मान्छ । यस्तो अपराध गरे जन्मकैददेखि पाँचदेखि २५ लाखसम्म जरिवाना हुन्छ भनिएको छ तर विभिन्न फ्याक्टरले यसले झन् बढावा पाइरहेको प्रहरीका विभिन्न तथ्याङ्कहरुले देखाएको छ । पछिल्लो समय यसको जालोमा १८ देखि ४५ वर्ष उमेर समूह सक्रिय रुपमा लाग्दै फँस्दै गइरहेको अवस्था छ । प्रहरी भन्छ–लागूऔषधसँग जोडिएका करिब ८५ प्रतिशत घटनाहरू यससँग जोडिने गरेका छन् । चोरी, डकैती, हत्या, हिंसादेखि एचआईभीसम्म यसकै कारण हुन् । यो एउटा अपराध भएकै कारण प्रहरीले कारवाही अघि बढाउँछ । भनौं, अपराध हुनु र गर्नुमा लागूऔषधको भूमिका अहम् रहेको प्रहरी बताउँछ ।
अहिले दिनहुँजसो लागूऔषध कारोबारी पक्राउ परेको समाचार बाहिरिरहेका हुन्छन् । यो संख्या वर्षेनी बढ्दो छ । गाँजा, ब्राउन सुगर, नियन्त्रित औषधीसहित पक्राउ परिरहनु प्रहरीको सक्रियता नै हो । लागूऔषधका कारण स्नायु प्रणालीमा असर गरी सोंच्ने, बुझ्ने र विश्लेषण गर्ने शक्तिमा विचलन ल्याउनुका साथै व्यक्तिको आर्थिक, भौतिक, शारीरिक, मानसिक साथै पारिवारिक र कानुनी पक्षमा पनि नराम्रोसँग असर पारिरहेको हुन्छ । चिकित्सकको सल्लाहबिना कसैले गलत तरिकाले सेवन गरिन्छ भने त्यो लागूऔषध हो । सामाजिक, आर्थिक, मानसिक हिसाबले यस्ता पदार्थ प्रतिबन्धित हुन् । यो सामाजिक दृष्ठिले निकै चिन्ताको गम्भीर विषय बन्दै गएको छ । परिवार, समाज, विद्यालयमा यसको जनचेतना फैलाउन नसके लागूऔषधको जालो भित्रभित्रै भुसको आगोझैं सल्किनेछ । प्रहरीले पनि लागूऔषध दुव्र्यसन नियन्त्रण र न्युनीकरण गर्न विभिन्न अभियान तथा सचेतना कार्यक्रम गरिरहेको छ तर भनेजस्तो भइरहेको छैन । अझ भन्ने हो भने प्रहरीको एकल प्रयासले मात्रै लागूऔषध न्युनीकरण सम्भव छैन । परिवार, समाज, स्थानीय सरकार जिम्मेवार नभए झन् विकराल स्थिति हुने निश्चित छ । यसको लागि धरान उपमहानगरपालिकाले प्रत्येक शुक्रबार सुधार भन्दै मेयर हर्कराज राई साम्पाङको नेतृत्वमा सुधारको अभियान चलाइरहेको छ । अझ मेयर साम्पाङले त खाना खानै समस्या हुने व्यक्तिको लागि भन्दै बजेट नै छुट्याएको अवस्था छ । तर अहिले त्यो बजेट कसैले नलगेको समेत उनले भन्दै आएका छन् ।
सजिलो र बढी पैसा पाउने लोभले कतिपय युवा यसको कारोबारमा संलग्न रहँदै आएको प्रहरी अनुसन्धान भन्छ । विशेषगरी युवावर्गमा यसको लत गम्भीर चुनौतीका रुपमा खडा छ । यस्तो अवस्थामा लागूऔषध न्युनीकरणमा सम्पूर्ण समाज नै जिम्मेवार बन्नु अहिलेको अपरिहार्य आवश्यकता हो । लागूऔषध नियन्त्रणमा कडा कानुनी व्यवस्था हुनुका साथै त्यसको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिनुपर्छ । सीमामा कडाइ, सुराकी संयन्त्र बलियो र प्रहरी प्रशासन थप सक्रिय बन्नुपर्ने बेला छ । शैक्षिक संस्थाहरुले पनि लागूऔषधको असरबारे विद्यार्थीलाई बेला बेलामा सचेतना फैलाउनुपर्दछ । जसले गर्दा विद्यार्थीमा आत्मबोध र सही निर्णय क्षमताको विकास होस् । लागूऔषध समस्या केवल व्यक्तिगत नभई यो सामाजिक समस्या हो । घरभित्रै अभिभावक पनि चनाखो बन्नुपर्दछ, बच्चाको गतिविधि, मनोभावना, संवाद बढाइ गलत लतबाट जोगाउन सकिन्छ । प्रत्येक नागरिकले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउन सकेमा स्वस्थ, सुरक्षित र समुन्नत समाज निर्माण हुनसक्छ । अझै समय छ, जोखिमपूर्ण उमेर समूहका युवालाई लागूऔषधसम्बन्धी सचेतना, शिक्षा र परिणामको बारेमा जागरुक गराउनुपर्छ । युवालाई त्यस्ता व्यक्तिको सम्पर्कमा आउन रोक्नुपर्छ, दुव्र्यसनमा फँसेकालाई उपचारका साथै पुनस्थापित गराउनपर्छ । सरकार, समाज र देशको अगुवाले दुव्र्यसन रोकथामका लागि भएका कार्यक्रमको अनुगमन गर्दै सबैलाई दुव्र्यसनविरुद्धको अभियानमा जोड्न सक्नुपर्दछ । अनि मात्र यसको निदान हुनसक्छ ।

प्रकाशित मिति: साउन १६ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको कोसेली के ?

    धरान उपमहानगरपालिकामा आउने पर्यटकलाई मायाको चिनोस्वरुप रुद्राक्षको माला साथै धरानको चित्रअङ्कित केही फोटो सामग्री दिइन्छ । अझै पनि यस्ता कुरालाई मात्रै जोड दिँदा अर्थात्...

    • १२ महिना अगाडी
    • २ मिनेट पाठ
  • सम्पादकीयः डेंगु सङ्क्रमणः बेलैमा सचेत बनौं

    यो वर्ष वर्षायाममा सरदरभन्दा बढी पानी पर्ने र गर्मी पनि उच्च हुने प्रक्षेपणस“गै भएको पनि त्यस्तै नै छ । यस्तो मौसममा डेंगु सङ्क्रमण पनि थप...

    • १ बर्ष अगाडी
    • ३ मिनेट पाठ
  • हामी ७ औं वर्षमा

    हामी छैटौं वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरयौं भनेर यो हर्ष हाम्रा आदरणीय पाठकसँग बाँड्न पाउँदा खुसी छौं । १८ वर्षसम्म साप्ताहिकरुपमा प्रकाशित...

    • ३ बर्ष s अगाडी
    • ५ मिनेट पाठ
  • मनका पत्रहरू पनि फेरौं, शुभ दशैं

    धरानः दशैंको रौनक शुरु भइसकेको छ । अहिले नेपाली चाडबाडको याम हो । असार १५ मा दही चिउरा खाएदेखि नै चाडबाड शुरु भइसकेको हुन्छ...

    • ४ बर्ष s अगाडी
    • २ मिनेट पाठ
  • बजारको मनलाग्दी नियन्त्रण गर

    बजारमा कालोबजारी, ठगीले गर्दा उपभोक्ताको ढाड सेक्दै गएको छ । चाडबाड नजिकिएसँगै व्यापारी सल्बलाएका छन् । साँच्चै भन्ने हो भने यतिबेला सबैभन्दा धेरै अन्यायमा परेको वर्ग...

    • ४ बर्ष s अगाडी
    • २ मिनेट पाठ
  • नयाँपुस्ता कुलतमा: प्रभावकारी कदम आवश्यक

    लागूऔषधको लतमा युवा लाग्नु दुःखद् हो । अहिले धरानमा दिनहुँजसो लागूऔषधसहित युवा समातिएका समाचार सार्वजनिक भइरहेका छन् । विशेषतः धरानका युवा विराटनगरदेखि झापासम्म पनि...

    • ५ बर्ष s अगाडी
    • ४ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend