आजको युग विश्वव्यापीकरण युग हो । विश्वव्यापीकरणको धेरै नै प्रभाव नेपालमा पर्यो । विश्वव्यापीकरणका केही नकारात्मक पक्ष पनि हनुे हँदा नकारात्मक पक्षहरू कम गर्न शासकीय व्यवस्था सूक्ष्म र सबल हुनुपर्दछ तर नेपालको राजनैतिक, प्रशासनिक लगायतका कारणले विश्वव्यापीकरणका असरलाई न्यून गर्न सकिएन जसले गर्दा केही सामाजिक, सांस्कृतिक र आर्थिक विचलन देखिई युवाहरूमा देश प्रेम भन्दा विदेश प्रेमको मोह बढ्न थाल्यो । जस्तै देशमा श्रमलाई सम्मान गर्न सकिएन । काम गर्ने मान्छे भन्दा सेतो सर्टमा ढाँटिएर यत्रतत्र काम विहीन तवरले हिँड्ने मान्छे ठुला र भलादमी ठानिदा खेतमा काम गर्ने युवाको मनोबल उठेन, उसलाई यी श्रमको अपमान गर्ने व्यक्तिको नजर भन्दा टाढा जान प्रेरित गर्यो ।
गाउँमा बस्ने, मकै, आटो, ढिँडो, गुन्द्रुक, भटमास, सिस्नु खानेलाई पाखे भनियो भने चाउचाउ र मैदाका परिकार खाने, अगाडि भुँडी झुण्डिएको, आयातित कपडा लगाएको व्यक्ति आधुनिक, शहरीया ठहरियो । अनि कसरी युवाको मन अडिन्छ गाउँमा । गाइपाल्ने, गँहुत गन्हाउने, दूध दुहुने, गोबर बोक्ने, श्रम गर्ने, उत्पादन गरी खाने, आफूलाई चाहिने अन्न आफै उब्जाउने, डोको बुन्ने, नाम्लो बुन्ने, हँसिया बनाउने, हलो जोत्न सिपालु स्थानीय कला, संस्कृतिका धनीहरू समाजमा अपहेलित भएपछि स्वतः विदेश पलायनको श्रृंखला बढ्ने नै भयो ।
हुँदा हुँदा पोखराको वोइलर कुखुरा किनेर पर्वत, पाङराङ्गमा खाने संस्कृतिले प्रश्रय पायो, आधुनिकताको नाममा खेतबारी बाँझो राखी वेसायर खादा गर्व गर्ने, उत्पादन गर्दा लघुता भासमा बाच्ने संस्कृति झाङ्गिदै गयो । मकै बेचेर कर्न फ्लायक्स, गहुँ बेचेर चाउचाउ, अनदीका धान बेचेर मैदा लगायतका चरम बेथिति जन्मे । उपभोग संस्कृतिले चरम रुपम लिन थाल्यो । यो उपभोग वादनको गर्जो टार्नको लागि युवाहरूको विदेश लर्को लाग्न थाल्यो । खेती गर्ने युवा पनि छैन भएका पनि पश्चिमी संस्कृतिको पन्जामा रहेपछि उत्पादन बढ्छ कसरी अनि रोजगारी सृजन हुन्छ कसरी ? यसको समग्र परिणाम स्वदेशमा गाउँमा खेती गर्ने हात छैन, शव बोक्ने काँध छैन, जिउँदाका जन्ती छैनन् मर्दाका मलाली, बूढाबूढीको सहारा छैन, साना साना नानीहरूको आहारा छैन ।
कसरी फर्काउने ?
विश्वव्यापीकरण विज्ञान र प्रविधिमा आएको परिवर्तनले गर्दा सबै युवालहरुलाई देश भित्र मात्र सीमित गरेर राख्न सकिँदैन । एउटा निश्चित समयसम्म युवाहरू विदेशमा ज्ञान आर्जन गर्न जानु स्वाभाविक हो । तर ठुलो युवा शक्ति हुलाकी हुल विभिन्न बहानामा विदेशमा जाने अनि स्वदेशमा बसेकालाई गाली गर्नु पनि झन् खतरनाक मानिएको छ । अव बिस्तारै चेतना पलाउँदछ । अजिनोमोटोबाट आजित भएर आर्गेनिक तर्फ फर्कनु पर्ने होस खुल्दछ । यही बेला केही प्रयास गरे युवालाई स्वदेश फर्काउन सकिन्छ ।
रोजगारी नै मूल उपाय हो:
१. ठुला आयोजना निर्माण : ठुला पूर्वाधारका आयोजना जो वन्दैछन तिनलाई समयमै सम्पन्न गरौँ । अन्य हाल प्रस्तावित ठुला पूर्वाधार निजगढको अन्तर्राष्ट्रिय विमानस्थल, गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एवं पोखराको क्षेत्रीय विमानस्थल समयमै सम्पन्न गरौँ, यसले पर्यटन लगायतका सेवा क्षेत्रमा ठुलो रोजगारीका अवसर श्रृजना गर्दछ । नयाँ हाइड्रो प्रोजेक्स सुरु गरौँ । यी आयोजनामा चाहिने श्रमशक्तिले उच्चकोटीको ज्याला दिएर काम लगाऔँ । विदेशमा रहेकालाई स्वदेशमा फर्कन आह्वान गरौँ ।
२. उद्योग धन्दाको विकास : दुई दशक अघि कुल ग्राहस्थ उत्पादनमा करिब १०% योगदान रहेको उद्योग क्षेत्र आ.व. २०७४/०७५ मा ५.४% मा सीमित छ । यसलाई नउल्टाईकन वैदेशिक रोजगारीमा गएका युवाहरूलाई फर्काउन एवं व्यवस्थापन गर्न सकिँदैन । त्यस कारण हाम्रो प्रतिस्पर्धात्मक क्षमता रहेका तुलनात्मक लाभका क्षेत्रहरू पहिल्याएर तीव्र औद्योगिकरण मार्फत रोजगारी श्रृजना गर्न सकिन्छ ।
३. कृषि उत्पादनमा जोड : जनसङ्ख्याको दुई तिहाइ हिस्सा कृषिमा निर्भर रहेको हुँदा कृषि उत्पादन र बजार प्रणालीमा सुधार गरौँ । व्यावसायिक कृषि, सिँचाइ, खाने पानी, नदी नियन्त्रण, वन, पर्यटन, यातायात पूर्वाधार र तिनै तहका सरकारका सार्वजनिक निर्माणका अन्य क्षेत्रलाई समेत नेपाल सरकारले अगाडि सारेको प्रधानमन्त्री रोजगारसँग आबद्ध गर्दै अगाडि बढाउने ।
४. विदेशमा रहेका युवाहरूलाई नेपालमा फर्काउन सूचना तथा सन्देश प्रवाह गर्नका लागि रोजगारीका अवसरहरूको सूचना आदान प्रदान, बेरोजगार तथा अर्ध बेरोजगारको दर्ता गर्ने प्रणालीको विकासले युवाहरूलाई सूचना सम्प्रेषण गर्न सकिन्छ र स्वदेश तर्फ आकर्षण बढाउन सकिन्छ ।
५. श्रम बजारमा माग अनुरूपको सीपयुक्त जनशक्ति जस्तै मोटरसाइकल मर्मत, इलेक्ट्रिसियन, प्लम्विङ्ग, कार्पेन्टर लगायतका तालिम प्राप्त गर्ने अवसरको श्रृजना गर्ने जसले युवा पुस्तालाई उत्प्रेरणा प्रदान गरोस् ।
६. नेपाल सरकारले लागू गरेको न्यूनतम पारिश्रमिक एवं न्यूनतम दैनिक ज्यालालाई समेत पुनरावलोकन गर्ने,
७. शैक्षिक प्रमाण धितो राखेर ऋण प्रदान गर्ने प्रावधानलाई व्यवहारिक एवं प्रभावकारी रूपमा कार्यान्वयन लिएर जाने ।
८. नवीनतम ज्ञान, सीप र क्षमता भएका युवाहरूको पहिचान गरी सुरुवाती पुँजी उपलब्ध गराउने ।
९. नेपाल सरकार मातहत रहेका रोजगार प्रवर्द्धन र उद्यमशीलता विकासका निम्ति क्रियाशील रहेका सबै कोषहरू एकीकृत गरी युवा लक्षित ऋण प्रवाह गर्ने व्यवस्थालाई प्रभावकारी बनाउने ।
१०. विदेशबाट फर्कन आह्वान गरिएका युवाहरूको सीप प्रमाणीकरण गरी परियोजनामा आधारित सस्तो ब्याजदरमा १० लाख सम्मको ऋण प्रवाहको व्यवस्था मिलाउने ।
११. नेपालमा श्रमप्रतिको सम्मान र श्रम समेत गर्ने वातावरण श्रृजना गर्ने । श्रमिकलाई हेयको दृष्टिले हेर्ने परम्पराको अन्त्य गर्ने । सबै राष्ट्रसेवक, उद्योगी व्यापारी, विद्यार्थी महिनामा २ दिन राष्ट्रका लागि श्रम गरौँ भन्ने अभियान सुरु गरी सामुदायिक हित प्रवर्द्धनका लागि स्वैच्छिक श्रम अभियानको थालनी गर्ने ।
१२. युवाहरूले विदेशमा सिकेको सीपलाई पहिचान गरी नेपालमा नै काम गर्न सक्ने वातावरणको श्रृजना गर्ने । विदेशमा पुगेर ज्ञान अर्जुन गरेका युवाहरूको पहिचान गरी नेपालमा जनशक्ति आपूर्ति गर्ने । जस्तै विदेशमा कुनै युवा ज्भबम ऋययप को काममा विशेष दक्षता राख्दछ भने नेपालमा पनि सोही अनुसारको क्षेत्रमा काम लगाउन तीनै तहको सरकारबाट पहल गर्ने ।
१३. स्थानीय सरकारले युवा लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने । जसले गर्दा विदेश जाने परम्परा पनि अन्त्य होस र विदेशबाट फर्केका युवाहरूलाई उपर्युक्त रोजगारी पनि प्रदान गर्न सकियोस् ।
१४. विदेशमा रहेका नेपाली युवाहरूको तथ्याङ्क अद्यावधिक गरी निःशुल्क प्लेन टिकटको व्यवस्था मार्फत स्वदेश फकाई भूकम्प पछिको पुनर्निमाणमा उनीहरूलाई प्रयोग गर्ने, युवाहरूलाई विदेशमा दोस्रो दर्जाको नागरिक भई बस्ने हो या पहिलो दर्जाको नागरिक भएर बस्ने हो भन्ने किसिमले ऋयगलअभििष्लन गरौँ । विदेशमा सिकेको सीप र शिक्षालाई देशको उपयोगमा ल्याउने चिन्तनको विकास गर्ने ।
उपसंहार :
उद्यमशीलताको कला नसिकाई, सबै खालको श्रमलाई उत्तिकै सम्मान गर्ने शिक्षा नदिई र हरेक कामलाई मौद्रिक मूल्यमामा रुपान्चरण गर्ने पद्धति नबसाली विदेसिएका युवालाई फिर्ता ल्याउन मुस्किलै देखिन्छ । राजनैतिक एवं प्रशासनिक नेतृत्वले युवालाई देशभित्रै रोक्ने र विदेशमा रहेकालाई फर्काउने रहर गरेर मात्र रोग निवारण हुन सक्दैन । यसका लागि विदेसिएका युवाहरूलाई साँच्चै कसरी फर्कने भन्ने विषयमा थप अध्ययन अनुसन्धान आवश्यक पर्दछ । समग्रमा हालको समग्र शिक्षा प्रणालीमा नै सुधार गरी शिक्षालाई सीपसँग जोड्नु पर्दछ ।