Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालीले खाडी उडिरहनुपर्ने नियति

हाम्रो कोशी आवाज
फाल्गुन २६ २०७८, बिहिबार
नेपालीले खाडी उडिरहनुपर्ने नियति

नेपाल सरकारले खाडी मुलुक जान फ्रि टिकट र फ्रि भिसाको व्यवस्था गरेको छ । २०७१ सालमा मुलुकको प्रधानमन्त्री सुशील कोइरालाको सरकारले यो निर्णय गरयो । त्यसैगरी, म्यानपावरले डकुमेण्ट मिलाइदिएबापत १० हजार लिन पाउने भनेर राजपत्रमा प्रकाशन भयो । सरकारले यो निर्णय गर्नुभन्दा अगाडि खाडी मुलुक जाने नेपालीहरुसँग म्यानपावरले डेढ लाखदेखि आठ लाखसम्म असुलिरहेको थियो । हाल जुन देशले नेपाली कामदार काम गर्न लिएर जान्छ उसैले भिसा र टिकटको शुल्क व्यहोर्ने भनिएको छ । तर, ठाउँ र कमाइ हेरेर नेपालीहरु अहिलेपनि भनेजति पैसा तिरेर उडिरहेका छन् । म्यानपावर कम्पनीले गाउँगाउँमा एजेण्ट खटाएर सोझासिधा, खेती–किसानी गरेर बसेका सर्वसाधारणहरुलाई विदेश जान प्रलोभन देखाउँछन् । विदेश गएपछि ३० देखि तीन लाखसम्म मासिक आम्दानी हुने प्रचार गर्दछन् ।
गाउँका मानिसहरुले ऋण काढेर पासपोर्ट बनाउँछन् । पहिले फ्रि टिकट र फ्रि भिसा भनेर एजेण्टहरुले पासपोर्ट बनाउन लगाए तर पछि खाडी जान लाखौं रकम चाहिन्छ भन्छन् । मेनपावरमा पासपोर्ट दिएका कतिको तीन महिनामा भिसा आयो तर कतिको भिसा नआउँदा उनीहरु अलपत्र परेका पाइन्छ । एजेण्टको प्रलोभनमा पर्दा भिसा आएकाहरु म्यानपावरले बुझाएजति पैसा तिरेर विदेश पुगेका छन् । तर, पैसा बुझाउन नसक्ने अझैपनि नेपालमा छन् । जसको भिसा आएन, उसलाई आफ्नो डकुमेण्ट म्यानपावरबाट निकाल्न पनि निकै सकस छ । मेनपावरले विभिन्न बहाना बनाएर डकुमेण्ट फिर्ता दिँदैनन् । पछि पैसा खाएपछि मात्र पैसा फिर्ता दिन्छन् । व्यापारीले खसीबोका बेचे जसरी मेनपावरले नेपाली जनता खाडीमा बेचिरहेका छन् । तापनि सरकार र राजनीतिक दललाई अलिकति पनि नेपालीको चासो छैन ।
यही जनतासँग भोट माग्छन् । नेपाली जनताले तिरेको करबाट सरकारी गाडी चढ्छन् । तलब–भत्ता खान्छन् । नेपालीलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न सक्दैनन् र भेडाबाख्राझैं अरु मुलुक छिर्न बाध्य बनाउँछन् । न सरकारले नेपाली बचाउन सक्यो न नेपाली भूमि । उब्जनी हुने जग्गा पनि दलाली, भूमि सुधार मन्त्रालय र विभागको मिलोमतोमा टुक्राटुक्रा बन्यो । खेतीयोग्य जमिन सबै घर बनाएर सिद्धियो । सरकारी जागिर खानलाई पढेको छैन, भनसुन गर्न आफ्नो मान्छे त्यहाँसम्म पुगेको छैन । खेतीकिसानी गर्नलाई जग्गा छैन, व्यापार गर्नलाई पैसा छैन, बिनाधितो वित्तीय संस्थाले कर्जापनि दिँदैन । मान्छे भएर जन्मिएपछि भोक लाग्छ, खानैपरयो । सुत्नको लागि ओत चाहियो, निर्वस्त्र डुल्ने कुरा पनि रहेन । जागिर खोज्यो पाइँदैन बाँच्ने अन्तिम उपाय खाडी मुलुक । ऋणधन गरेर, मासिक पाँचदेखि १० हजार व्याज बुझाउने शर्तमा नेपाली विदेशिन्छन् ।
कति मेनपावरले पैसा खाइदिन्छन् । विदेश पनि पठाउँदैन, पैसा फिर्ता पनि दिँदैन । सजिलो काम, धेरै तलब, खान, बस्नेको सुविधालगायत आश्वासन देखाएर विदेश त पठाउँछ तर त्यहाँ गएर सोचेजस्तो हुँदैन । दिनरात नभनी काममा खटिनुपर्छ, खान, बस्न पनि आफ्नै खर्च, तलब पनि निकै न्यून । कति त काम गर्न नसकेर फर्किएर आउँछन् । काम गर्दागर्दै अकालमा ज्यान गुमाउनेको संख्या पनि उत्तिकै छ । पैसा कमाएर घरपरिवार पाल्ने सपना बोकेर विदेशिएकाहरु कफिनमा फर्किन्छन् । कोहीचाहिँ घरको दुःख देख्न नसकेर जति नै दुःख भएपनि काम गर्छन् । नेपाली जनताले सरकारबाट एउटा नागरिकता पाउँछ । तर, त्यसबापत नेपालीले कर र भोट दिनुपरेको छ । न सरकारले रोजगारी दिन्छ, न राजनीतिक दलले । नेपालमा प्रत्येक दिन महङ्गी आकाशिएको छ, गरिबी झनै बढ्दो छ । नेपालको राजनीतिक दलहरु भारतको लहलहैमा लाग्दा नेपाल घर र बाटा बनेर सिद्धियो ।
भारतमा बनेका गाडी नेपालको बाटामा गुड्छन् । घर बनाउन चाहिने डण्डीसमेत भारतबाटै ल्याउनुपर्छ । नेपालीलाई बेरोजगार बनाउने पनि भारत हो । नेपालको पुँजी लैजाने र आफ्ना मुलुकलाई रोजगार बनाउने रणनीति हाम्रा राजनीतिक दलले बुझेनन् । आजको दिनमा भारतले अन्न नपठाउने हो भने नेपाली भोकभोकै मर्छन् । जमिन घर र बाटो बनाएर राज्यले सिद्धियो तर यी दुवै चीजबाट राज्यले राजस्व उठाउन सकेन् । बाटामा गुड्ने सवारीबाट पनि राज्य राजस्वविहीन बन्यो । घरधनीले पनि घरबहाल कर तिरेनन् । मुलुकको अर्थतन्त्र धरासायी बन्नुको प्रमुख कारण नै घर र बाटो बन्न पुग्यो । अव्यवस्थित शहरीकरणले नेपालीलाई बेरोजगारी बनायो । राजनीतिक दलले नेपालीलाई कफिनमा फर्किन बाध्य बनाए ।
रेमिट्यान्सको लोभमा राजनीतिक दलले नेपालीलाई विदेशिन अझै हौसला प्रदान गरिरहेका छन् । तर, नेपालमै रोजगारीको व्यवस्थापन गरौ भन्नेबारे उनीहरु सोच्दैनन् । अरुको मुलुकलाई समृद्ध बनाउनुको साटो नेपालमा भएको स्रोतसाधनको सदुपयोग गर्नतर्फ सरकार लागिपर्नुपर्ने होइन ? नेपाली कहिलेसम्म अरुको देशमा गएर घोटिने ? विदेशिएकाले पैसा नपठाएर अहिले अर्थतन्त्र धरासायी बन्यो अर्थ मन्त्रालय भनिरहेको हुन्छ । विदेशमा बस्नेले पैसा पठाएन भने यहाँका सरकारी कर्मचारीले त खान पनि नपाउने रहेछन् । राजनीतिक दलले कहाँबाट ल्याएर सरकारी गाडी चढ्ने ? यिनीहरुकै कारणले हामी नेपाली अरुको मुलुकमा गएर दलिनुपर्ने ? अनि हामीले नै पठाएको पैसाबाट यिनीहरु तलबभत्ता खाने ? एउटा रोजगारीको त सुनिश्चिता दिलाउन नसक्ने सरकारबाट अरु के आश राख्ने ?
म्यानपावर कम्पनीले विदेश पठाउने नाममा मनलागी पैसा असुलेर ठगिरहेका छन् । सर्वसाधारणले सित्तैमा दुःख पाइरहेका छन् । राज्यलाई तिर्नपर्ने राजस्वसमेत यी दलाल कम्पनीले छलिरहेका छन् । म्यानपावर कम्पनीमा यत्रो बेथिति हुँदाहुँदै पनि नियमनकारी निकाय कहाँ छ ? यिनीहरुले वर्षौदेखि छल्दै आएको राजस्व राज्यले कहिले उठाउने ? यिनीहरुलाई कानुनको दायरामा कहिले ल्याउने सरकार ?
म्यानपावर कम्पनीसँग राजस्व उठाउन नसक्ने, जनता ठग्नेलाई कारबाही गर्न नसक्नेहरु मन्त्री भएर केही काम छैन । केही गर्न नसक्नेले किन मन्त्री पद ढाकेर बस्ने ? दलाल कम्पनीले जनता ठग्दा र सास्ती दिँदा पनि हाम्रा श्रममन्त्री टुलुटुलु हेरेर बसेका छन् । म्यानपावर कम्पनीको लागि कि जनताको लागि हो श्रममन्त्री ? काम नगरीकन आउने चुनावको लागि खर्च उठाउन श्रममन्त्री दौडधुपका साथ लागिरहेका छन् । म्यानपावर कम्पनीको वर्गीकरण गर्छु भन्ने डर देखाएर दलाल कम्पनीसँग चुनाव खर्च जुटाउने उनको दाउपेच छ ।
जनता ठग्ने दलाल कम्पनीसँग श्रममन्त्री काँधमा काँध मिलाएर हिँडिरहेका छन् । तर, कामदारलाई दिने भनिएको १५ हजार मासिक तलबचाहिँ कार्यान्वयनमा लैजान यिनले सक्दैनन् । अर्काको घरमा काम गर्नेले मासिक तीनदेखि पाँच हजार पाउँछन् भन्ने श्रममन्त्रीलाई थाहा छ । यता, निजी कम्पनीले मासिक आठदेखि १० हजार तलब दिइरहेको पनि उनलाई राम्ररी अवगत छ । तर, उनीलाई मतलब छैन । अनि भनेजस्तो काम र तलब नपाएपछि मान्छे विदेश नगएर कहाँ जाने ? महङ्गी यस्तो छ, खानैपरयो, कोठाभाडा तिर्नैपरयो । गाडी चढ्नैपप्यो, बालबच्चा पढाउनैपरयो । १० हजारले कोठाभाडा, खानलाउन, गाडी चढ्न, बालबच्चा पढाउन पुग्छ ? २०७८ साउन १ गतेबाट लागू गर्ने भनेर सरकारले गरेको निर्णय त कार्यान्वयनमा लैजान नसक्ने असक्षम मन्त्री मुलुकलाई चाहिएको छैन । काम गर्न नसक्नेलाई कतिदिन नेपाली जनताले पोस्ने ? महिनाभरि काम गरयो कतिले त तलब नै दिँदैनन् । खोइ त यिनीहरुलाई कारबाही ? सानालाई ऐन ठूलालाई चेन यो त भएन् नि मन्त्रीज्यू ?
अनुषा पत्रकारिता विषयमा अध्ययनरत् छिन् ।

प्रकाशित मिति: फाल्गुन २६ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ८ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend