Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

केही गर्न नसक्ने फेरि टिकट लिन तम्सिँदै

हाम्रो कोशी आवाज
फाल्गुन ३० २०७८, सोमबार
केही गर्न नसक्ने फेरि टिकट लिन तम्सिँदै

२०७४ सालमा स्थानीय चुनाव हुनुअघि सबै वडा सचिवले धानेका थिए । कुनैपनि स्थानीय तहमा जनप्रतिनिधिहरु थिएनन् । जनप्रतिनिधि नहुदाँ सर्वसाधारणले धेरै सास्ती र हैरानी भोग्नुपरेको थियो । यसलाई मध्यनजर गर्दै २०७४ सालमा सरकारले स्थानीय चुनाव गरयो । स्थानीय चुनाव भएपछि हरेक स्थानीय तहमा जनप्रतिनिधि आउनेमा गाउँठाउँ नै हर्षित थियो । गाउँगाउँमा सिंहदरबार र घरघरमा अधिकार आउँछ भनेर नेपाली जनता निकै खुसी भएका थिए । गाउँमा पनि विकास हुन्छ, साना कामको लागि केन्द्र धाइरहनुपर्ने बाध्यता हट्यो भनेर नेपालीले निकै आश राखेका थिए । सबैले आफ्नो मनमस्तिष्कमा बसेको जनप्रतिनिधिहरुलाई मत दिने सोंच बनाए । जिम्मेवार होलान्, भ्रष्ट्राचार नगर्लान्, हाम्रो हकहितमा काम गर्लान् भन्ने नेपालीको मनमा थियो तर, जनप्रतिनिधिहरुले ठ्याक्कै त्यसको उल्टो गरेर देखाएका उदाहरण छन् । पार्टीले पैसा हुने र माफियालाई टिकट दियो । अन्ततः क्रसर व्यवसायी, निर्माण व्यवसायी, जग्गा दलाली, म्यानपावर सञ्चालकहरुले टिकट पाए । जनता नचिनेका व्यक्तिले पार्टीलाई पैसा खुवाएर टिकट हात पारे ।
पैसाको अधिनमा रहेर दलालीहरुले टिकट पाए । टिकट लिनका लागि मेयर र वडाध्यक्षले करौडौं रकम खर्च गरेका छन् । यता, पार्टीलाई दिएको रकमको दोब्बर खर्च गरेर उनीहरुले चुनाव जिते । चुनाव त जिते तर यिनीहरुले पाँच वर्षको कार्यकालसम्म केही गर्न सकेनन् । आफ्नै नगर र वडामा सिन्कोसमेत भाँच्न नसकेका जनप्रतिनिधिहरु पनि नेपालीहरुले देख्न पाए । गरिब नचिनेका जनप्रतिनिधिहरुले गरिबहरुको जीवनस्तर उकास्न केही काम गरेनन् । अर्बपतिले कहिलेपनि गरिबहरुको दुःख देखेनन्, उनीहरुको भावना र कठिनाइ यिनीहरुले बुझ्न सकेनन् । दलाल, ठेकेदार र व्यापारीको दिमागमा जतिखेर नि कसरी कमाउने भन्ने मात्र सोचाइ आएको हुन्छ । यता, अरु त छाडौं गुण्डाहरुसमेत जनप्रतिनिधि बनेका छन् । राजनीतिको क पनि थाहा नहुनेले के राजनीति गर्ने ? उनीहरुलाई विकास भनेको के थाहा ? जनताको मन कसरी जित्ने यसबारे पनि केही ज्ञान थिएन । चुनावमा गरेको खर्च उठाउन नगरपालिका र वडामा आएको बजेट पनि जनप्रतिनिधिहरुले भ्रष्ट्राचार गरेर सकाए ।
सरकारले आर्थिक कमजोर भएकालाई राहत होस् भनेर सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममा पनि आफ्नैलाई प्राथमिकता दिने काम भयो । बोल्न नसक्ने निमुखाहरु उनीहरुको लााग भनेर सरकारले चलाएको अभियानमा समेत सहभागी हुन पाएनन् । वडा र पालिकामा पनि आफन्तलाई करारमा राखियो । खुला प्रतिस्पर्धा गरेर क्षमता भएका मानिसहरु भित्रिन पाएनन् । कार्यालय सहयोगीदेखि लिएर गाडी चालकसमेत जनप्रतिनिधिकै आफन्त छन् । अरुले न त्यहाँ रोजगारी पायो न राज्यबाट पाउनुपर्ने सेवासुविधा छिटोछरितो पायो । घरबहाल कर उठाउन पन यिनीहरु असमर्थ रहे भने कोठा र सटरबहालमा पनि निर्धारण गर्न सकेनन् । बिना दर्ता व्यापार सञ्चालन गर्नेहरुमाथि अनुगमन भएन । कारबाही त कल्पनाबाहिरको कुरा हो । जनप्रतिनिधिहरु अनुगमनमा नतात्दा राज्यको ढुकुटीमा राजस्व पनि आएन । यता, बेथिति पनि कम हुन सकेन ।
हिजो जनतासँग भोट माग्दा हामीलाई तलबभत्ता केही चाहिँदैन, सरकारी गाडी पनि चाहिँदैन भनेर भोट लिए । जनताको लागि हामी जतिखेर पनि उपलब्ध छौ भन्ने पनि यिनीहरु नै हुन् । तर, पद पाएपछि यिनीहरुको रुपरङ्ग नै फेरियो । तलबभत्ता लिए, सरकारी गाडी चढे तर एउटा मिटिङ भत्तासमेत छोडेनन् । पाँच वर्षको कार्यकाल अधिकांश जनप्रतिनिधिहरुले त्यतिकै सकाउँदैछ । आगामी वैशाख ३० गते फेरिपनि अर्को स्थानीय चुनाव हुदैछ । फेरिपनि टिकट लिन उही जनप्रतिनिधिले दौडधुप गरिरहेका छन् ।
फेरिपनि राजनितिक दलले उही जनप्रतिनिधिलाई टिकट दिने हो भने जनताले भोट हाल्दैनन् । केही परिवर्तन ल्याउन नसक्नेलाई भोट दिएर किन बेकारमा तलबभत्ता खुवाउने ? करौडौंको सरकारी गाडी किन चढाउने ?
२०७४ सालको जनप्रतिनिधिको रुपरङ्ग सबै नेपालीले देखिसकेका छन् । सबै जनप्रतिनिधिहरु आफ्नो व्यक्तिगत सुखसयलमा मात्र केन्द्रीत बनेकाले नेपालीहरु आक्रोशित बनेका छन् । पैसा लिएर टिकट बेच्ने काम कहिलेसम्म चलिरहन्छ ? दलाली र माफियाहरुलाई टिकट दिने कार्यको अन्त्य कहिले हुन्छ ? जनताले तिरेको करबाट तलबभत्ता खाने तर कामचाहिँ व्यापारी र आफ्नो कार्यकर्ताको मात्र गर्ने ? अब पनि जनताले यस्तालाई मत दिएर जनप्रतिनिधि बनाउने हो भने नेपाली कहिले उँभो लाग्दैनन् । नेपालीले आफ्नो खुट्टामा आफै बञ्चरो हार्ने काम नगरुन् । निर्माणको लागि सामान किन्दा पनि कमिशन खाने । सरकारी गाडी खरिद गर्दा पनि यिनीहरु कमिशन खान्छन् । शुद्धीकरण विभाग र अख्तियारले यिनीहरुको सम्पत्ति छानबिन गर्नेपर्छ । २०७४ अघि र पछिको सम्पत्तिको लेखाजोखा गर्ने हो भने यिनीहरुको सम्पत्ति दोब्बरले बढेको छ । वडाध्यक्ष र मेयरले पाँच वर्षको कार्यकालमा दोब्बर सम्पत्ति जोडे भने सांसद्, मन्त्री, भुपु मन्त्री, प्रधानमन्त्री र राजनीतिक दलहरुको सम्पत्ति कति होला ? तल्लोले त यत्रो भ्रष्टाचार गरेपनि माथिल्लोले कति भ्रष्टाचार गरे होलान् ? यिनीहरुको सम्पत्ति अख्तियार र शुद्धीकरण विभागले छानबिन गर्न सक्छ ? ससाना कर्मचारी हजार रुपैंयाँ घुस लिएको समात्यो भने अख्तियारले के के न गरे भन्छ । तर, राजनीतिक दल र उद्योगपतिले लुकाएको अर्बौको सम्पत्ति छानबिन गर्न यिनीहरु लाचार छन् । नेपालीहरु सरकारी कर्मचारी, राजनीतिक दल र जनप्रतिनिधिबाट वाक्कदिक्क भइसकेका छन् । यसको लागि सचेत नेपाली एक हुन आवश्यक भइसकेको छ । (अनुषा पत्रकारिता विषयमा अध्ययनरत् छिन्)

प्रकाशित मिति: फाल्गुन ३० २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ७ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend