Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पार्टी प्यालेसमा आएको विकृति

हाम्रो कोशी आवाज
असार ३ २०७९, शुक्रबार
पार्टी प्यालेसमा आएको विकृति

विगत दुई दशकअघि कमै मात्र देखिने पार्टी प्यालेस अहिले पाइलैपिच्छे भेटिन्छन् । पछिल्लो समय पार्टी प्यालेस खोल्न होडबाजी नै चलेको छ । अहिले जताततै पार्टी प्यालेस भेटिन्छन् । पार्टी प्यालेसबाट धेरै नाफा हुने भएकाले पार्टी प्यालेसतिर मानिसको आकर्षण बढ्दो छ । राजनीतिक कार्यक्रमदेखि बिवाह, वर्तबन्ध, जन्मदिनलगायत सामान्य कार्यक्रमहरु प्नि पार्टी प्यालेसमै हुने गरेका छन् । विभिन्न संघसंस्थाहरुले आफ्नो कार्यक्रम पनि पार्टी प्यालेसमै रख्न रुचाउँछन् ।
तर, पार्टी प्यालेसको रेट अचाक्ली महङ्गो छ । त्यहाँ खाएको प्लेटको हिसाबले पैसा तिर्नैपर्छ । तर, कार्यक्रमको पैसा पनि छुट्टै जोडिन्छ । बालबालिकादेखि वृद्धवृद्धासम्मलाई एउटै रेट राखिएको छ । प्लेट समाउनेबित्तिकै पार्टी प्यालेसले त्यसको पनि बिल काट्न थालिहाल्छ । जसको कार्यक्रम हो उसले पार्टी प्यालेसले भनेजत्ति पैसा तिरेको हुन्छ । तर, त्यहाँको खाना खानेलाई मात्र त्यसको स्वाद र गुणस्तर थाहा हुन्छ । महङ्गो रेटमा गुणस्तरहीन र नमिठो खाना पार्टी प्यालेसले खुवाइरहेका छन् । विभिन्न केमिकल मिसाएका खानेकुराहरु उनीहरुले सर्भ गरिरहेको भेटिन्छ । यता, प्यालेस सञ्चालकले तरकारी व्यापारीसँग नबिकेका तरकारी ल्याएर पकाउँछन् ।
त्यसैगरी, ताजा मासु र माछा पनि उनीहरुले ल्याउँदैनन् । पार्टी प्यालेसभित्र पाक्ने खानेकुराहरुको अनुगमन सम्बन्धित निकायले गर्दैन । अर्काले दिएको र सित्तैमा खान पाएको भन्दै हमी नेपालीहरु सोचविचार नगरी खान्छौ । तर, त्यो खानेकुराले आफूलाई कति असर पर्छ भनेर उनीहरुले सोच्दैनन् । त्यो पाकेका खानेकुराले हाम्रो स्वास्थ्यलाई खराब त गर्दैन्, कतै रोग त लाग्दैन भनेर खाने मान्छेले मतलब गर्दैनन् । अर्कोतिर पार्टी प्यालेसले आफूखुसी मूल्य तोक्छ । सरकारले पार्टी प्यालेसको शुल्क निर्धारण गरेको छैन । यो रेट महङ्गो हो कि सरकारलाई नै ज्ञात छैन । यता, भोज दिने त चुपचाप उसले भनेजति शुल्क तिर्न बाध्य छन् । प्यालेस सञ्चालकले महङ्गो पैसा लिएर भोज दिनेलाई त ठग्यो । तर, उसले त्यहाँ काम गर्नलाई पनि ठगेको छ । खाना पकाउनेदेखि लिएर भाँडा मोल्नेसमेत कम तलबमा काम गरिरहेका छन् । प्यालेस सञ्चालकहरुले उनीहरुलाई सक्दो शोषण गरेका छन् । अधिकांश पार्टी प्यालेसमा बालबालिका र ज्येष्ठ नागरिकलाई काम दलाइरहेको भेटिन्छ । नाबालक र ज्येष्ठ नागरिकलाई काम लगाउन नपाउने भनिएपनि पार्टी प्यालेसले लगाइरहेको छ ? यसको अनुगमन खोइ ? पार्टी प्यालेसमा भाँडा मोल्ने, टेबल सफा गर्ने अधिकांश बालबालिका छन् ।
पछिल्लो समय क्याटरिन व्यवसाय पनि फस्टाएको छ । पार्टी प्यालेस भन्दा केही हदसम्म यसको शुल्क कम छ । पार्टी प्यालेसमा भोज दिन नसक्नेहरुले घरमै क्याटरिन बोलाएर भोज दिन्छन् । तर, यहाँ ल्याउन खाद्य सामानको गुणस्तरको अत्तोपत्तो छैन । क्याटरिन र पार्टी प्यालेस एउटै सिक्काका दुई पाटाजस्तै छन् । दुइटैले खानयोग्य नभएका सामानहरु बेचेर जनताको स्वास्थ्यमाथि खेलबाड गरिरहेका छन् । तापनि सरकार चल नपाएझै बसिरहेको छ । कुनैदिन एउटै पार्टी प्यालेसले तीनवटासम्म कार्यक्रम गर्छन् । कुनैदिन उनीहरु खाली हुन्छन् । पार्टी प्यालेसमा भोज गर्दा तीनदेखि ५० लाखसम्म खर्च गर्छन् । एउटा पार्टी प्यालेसले मासिक कति कमाउँछ ? यिनीहरुले महिनामा कतिवटासम्म भोज गर्छन् ? यसको लेखाजोखा सरकारसँग छैन । अहिले सञ्चालन भएका पार्टी प्यालेसहरु अधिकांश आधा रोपनीमा सञ्चालित छ । अहिले हालै खुलेका पार्टी प्यालेसहरु भने केही हदसम्म ठूला छन् । प्रायःजसो पार्टी प्यालेस घनबस्तीको बीचमा छ । घनबस्तीको बीचमा पार्टी प्यालेस गर्न दिँदा होहल्ला धेरै भयो । त्यहाँ वरपर बस्ने मानिसहरुलाई रातभर सुत्न पनि गाह्रो हुन्छ । त्यस्तै, थोरै जग्गामा पार्टी प्यालेस हुँदा ट्राफिक जाम पनि ह्वात्तै बढेको छ ।
भोज खाने मान्छेहरु बाहिर गाडी पार्किङ गर्छन् अनि भित्र जान्छन् भोज खान । तर, यसले अरुलाई अप्ठयारो परेकोबारे उनीहरु सोच्दैनन् । जतिपनि पार्टी प्यालेस छन् ती सबै बाटोको छेउमा छन् । भित्र सञ्चालन गर्दा ट्राफिक जाम त हुदैनथ्यो । एउटा पार्टी प्यालेसमा व्यवसायको १ देखि ५० करोडसम्म लगानी छ । कतिले आफ्नै जग्गामा पार्टी प्यालेस चलाएका छन् भने कतिपयले भाडाको जग्गामा । भएजति सबै पार्टी प्यालेस प्यानमा दर्ता गरिएको छ । यिनीहरुको यत्रो लगानी र मासिक कमाइको राज्यले राजस्व पाएको छैन । सरकारले पार्टी प्यालेस प्यानमा होइन् कम्पनी र घरेलुमा पञ्जीकरण गर्ने व्यवस्था मिलाउनुपर्छ । पञ्जीकरण नगर्ने पार्टी प्यालेसलाई सञ्चालनमा रोक लगाउनुपर्छ । उसको लगानी र आम्दानीको राज्यले राजस्व त पाउनुपरयो । उनीहरु कमाइरहने अनि जनता र राज्य ठगिरहने । सरकारले पार्टी प्यालेसका खानेकुराको मूल्यपनि निर्धारण गर्नुपर्छ । यो गरयो भने भोज दिनेलाई पनि सस्तो पर्छ । अहिले देशैभरि भएका पार्टी प्यालेसहरु सरकारको मापदण्डभित्र पर्दैन । पार्टी प्यालेस सञ्चालन गर्न सरकारले तोकेको नियम कानुनहरु यिनीहरुले पालना गरेको छैनन् । पुराना मापदण्डलाई सरकारले संशोधन गर्ने बेला आएको छ । सरकारले १० रोपनीभन्दा कम जग्गामा पार्टी प्यालेस सञ्चालन गर्न दिनुहुन्नँ । यसो गर्दा बाटोमा गाडी पार्क गर्ने प्रवृत्तिको अन्त्य हुन्छ ।
त्यसैगरी, घनबस्तीको बीचमा पार्टी प्यालेस सञ्चालनमा रोक लगाउनुपर्छ । आफ्नो फाइदाको लागि अरुलाई दुःख दिन पाइँदैन । पछिल्लो समय पार्टी प्यालेसले बेथिति लिएर आएको छ । देखासिकीका लागि फजुल खर्च गरिएको छ । पुराना संस्कारलाई माँसेर नेपालीहरुले नयाँ चलनचल्तीलाई अवलम्वन गरेका छन् । बिहेको पहिलो कार्यदेखि बिहे सिद्धिएर भोजसमेत पार्टी प्यालेसमै हुन्छ । पहिलेपहिलेका घर साना भएपनि सबैले आँगन बनाएका हुन्थे । आँगनबाटै बिहेदान हुन्थ्यो । भोजभतेर पनि त्यही नै गरिन्थ्यो । तर, अहिले दुईतीन आनामा घर बनेको छ । आँगन र खाली जग्गा कहीँ पनि बाँकी हुँदैन । त्यसैले पनि मानिसहरुले बिहेदान गर्न पार्टी प्यालेस रोजे । सबै कामकाज एकैठाउँमा हुने र आफूले केही गर्न नपर्ने भएकाले पनि मानिसहरुको आकर्षण पार्टी प्यालेसतिर बढेको हो । पार्टी प्यालेसको खर्च तिर्न नसक्नेको अब बिहे नै नहुने स्थिति आइसकेको छ । एउटा सानो भोज गर्नपनि लाखौं खर्च लाग्छ, सानातिनो सामान्य पेशा गरेर कहाँबाट ल्याएर यत्रो पैसा तिर्ने ? पहिलेपहिले बिहेदान गर्नलाई यत्रो खर्च लाग्दैनथ्यो । घरबाटै बिहे गर्दा पार्टी प्यालेसलाई दिने शुल्कको जोहो हुन्थ्यो । तर, देखासिकीकै कारणले धेरै मानिसहरु मारमा परेको छन् । २० प्रतिशत मानिसहरु पार्टी प्यालेसमा बिहेभोज दिनसक्ने परिवारका होलान् । तर, बाँकी ८० प्रतिशत त मारमा परेका छन् ।
बिहे, वर्तबन्ध सबै मन्दिरबाटै हुन्थ्यो । पछिल्लो समय पार्टी प्यालेसकै कारणले ती सबै चलनचल्तीहरु मासिँदै गएको छ । हाम्रो समाजले सिकेको विकृतिको कारणले घरजग्गा नै बेचेर भोज दिनुपर्ने बेला आएको छ । आफूसँग भएको जेथो बेचेर छोराछोरीको बिहे गर्नुपर्ने दिन आयो । यसले गर्दा गरिबी झनै बढ्ने देखिएको छ । बिहे मात्र होइन, तीजको कार्यक्रम पनि पार्टी प्यालेसमै हुन्छ । सुनगहना प्रर्दशनीको लागि पनि पार्टी प्यालेसमै तीजको कार्यक्रम मनाउने गर्छन् । भड्किलो र उत्ताउलो पाराले तीज मनाउने प्रचलन आयो । हाम्रो चलनचल्ती सबै पार्टी प्यालेसले तहसनहस पारेर छोड्यो । आफू कमाउनको लागि पार्टी प्यालेस साहुहरुले हाम्रो संस्कार नै जोखिममा पारिदिएका छन् । बजारमा गलत सन्देश पुरयाउने काम पनि यिनीहरुले गरिरहेका छन् । सरकारले पार्टी प्यालेसमा के के कार्यक्रम गर्न मिल्छ यसको नीति बनाउनुपर्छ । पार्टी प्यालेसमा भएको ठगी धन्दा र बेतिथिको अन्त्य गर्नुपर्छ । यसको नियन्त्रणमा सरकारले आवश्यक नीति नियम बनाउन ढिलो भइसकेको छ । पार्टी प्यालेसका कारणले धेरैको आर्थिक स्थिति नाजुक बन्न पुग्छ । ऋण काढेर भोज दिने प्रवृत्ति बढ्दो छ यसलाई रोक्न सरकार तात्न आवश्यक भएको छ । आफ्नो वडा र नगरमा कति पार्टी प्यालेस छ वडाध्यक्ष र मेयरलाई थाहा छैन । पार्टी प्यालेसहरु वडार नगरमा दर्ता पनि भएका छैनन् । पार्टी प्यालेसले जति ठगेपनि, राजस्व छलेपनि सरकार मौन बसेको छ ।

प्रकाशित मिति: असार ३ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ३ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend