धरानको एम्स कलेजमा सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा: सन्तोष कोइराला (क्याम्पस प्रमुख)
धरान-१२ स्थित एम्स एकेडेमीले सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिने जनाएको छ । अनुभवी शिक्षकहरु, अडियो र भिडियो कक्षाकोठा, सुविधासम्पन्न पुस्तकालय, ल्याब, अंग्रेजी र नेपाली माध्यमबाट पढाइ, विद्यार्थीहरुका लागि अतिरिक्त क्रियाकलापमा जोड एम्सको विशेषता हो । विशेषगरी एम्सले पढाइका साथै अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको जनाइएको छ । एम्सले फुटलबल, भलिबल, बास्केटबलमा जिल्लाभरिमा प्रथम हुन सफल भएको थियो भने मोरङको प्रदेशस्तरीय फुटबलको फाइनल पनि एम्स पुगेको थियो । वक्तृत्वकला, उद्घोषण कला पनि विद्यार्थीहरुले प्रशिक्षण पाउँछन् । एम्सले विद्यार्थीहरुलाई जिम्मेवार नागरिक बनाउन सफल भएको जनाएको छ । प्रस्तुत छ, एम्सका क्याम्पस प्रमुख सन्तोष कोइरालासँग गरिएको भिडियो कुराकानीः
एसइईको नतिजा आइसकेको छ, तयारी कस्तो छ ?
–कक्षा–११ को नयाँ भर्नाका लागि विद्यार्थीलाई आह्वान गरेका छौं । विषयगत जानकारी दिने, प्रचारप्रसारलगायतका कामलाई अघि बढाइसकेका छौं ।
एम्समा विद्यार्थीले कुन–कुन सङकायमा अध्ययन गर्न पाउँछन् ?
–हामीकहाँ विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेण्ट, मानविकी, शिक्षा, मास कम्युनिकेशन (पत्रकारिता) विषय पठनपाठन गर्दै आएका छौं ।, विज्ञान सङ्कायमा फिजिक्स, केमेष्ट्री, बायालोजी, कम्प्युटरलगायत अध्यापन गराउँछौंं ।
एम्स एकाडेमी कलेज कस्तो कलेज हो ?
–यो कलेज नितान्त अरु कलेजभन्दा पृथक कलेज हो । धरानमा रहेका अन्य कलेजहरुले यसरी कक्षा ११ र १२ को कक्षा मात्र सञ्चालन गरेका छैनन् । तर हामीले भने छुट्टै कक्षा ११ र १२ को कक्षा सन्चालन गरेका छौं । जसले गर्दा कलेजको सम्पूर्ण टिम नै कलेजका विद्यार्थीहरुलाई सन्तुष्टि दिन र शिक्षा प्रदान गर्न लागि परेका छौं । यो कलेजले स्थापनाकालदेखि नै अभिभावक र विद्यार्थीको मन जित्न सफल भएको छ ।
विद्यार्थीको मन जित्ने त भन्नु भयो तर परिणाम त परीक्षाको रिजल्टले देखाउँछ होइन र ?
–एकदमै हो । मन जित्नु भनेको पढाइमा राम्रोसँग उत्तीर्ण हुन नै विद्यार्थी र कलेजको पनि सफलता पनि हो । हाम्रो कलेजमा अध्ययन गर्ने विद्यार्थीहरु हरेक वर्ष हुने परिक्षामा शतप्रतिशत उतीर्ण हुने गरेका छन् । धरानकै उत्कृष्ट नतिजा ल्याएर भनेर हामी प्रचारबाजी गर्दैनौ । तर हामी परिणामलाई ध्यान दिन्छौ ।
विद्यार्थीले किन रोज्ने एम्स कलेज ?
–हो ,कलेजहरु त धेरै छन् । तर अन्य कलेजहरुको तुलनामा हामी विद्यार्थीलाई सफल बनाउँछौ । हामीसँग विषयगत दक्ष शिक्षकहरु रहनु भएको छ । हाम्रो शिक्षकहरु विद्यार्थीको लागि नितान्त पूर्ण समय खटिरहनु भएको छ । हाम्रो कलेज शान्त वातावरणमा सन्चालनमा रहेको छ ।
सुविधा सम्पन्न भवन, अत्याधुनिक ल्याब, स्मार्ट बोर्ड सहितको कक्षा, इलेक्ट्रिक लाइब्रेरी, कम्प्युटर ल्याबको व्यवस्था रहेको छ । गुणस्तरीय शिक्षा सहित हामी एकदमै विद्यार्थीलाई मर्यादित,अनुशासित बनाएर उज्वल भविष्य बनाउन हामी पूरा प्रयासरत रहेका छौं ।
कलेजमा विद्यार्थीका लागि के सहुलियत छ ?
–हाम्रो कलेज भने हामी जो विद्यार्थीसँग आर्थिक कमजोर छ, त्यो विद्यार्थीलाई हामी निःशुल्क पढाउँछौ । विभिन्न विधाहरुमा हामी छात्रवृत्ति दिएर जो कोही विद्यार्थी पढाइबाट बन्चित नहोस् भन्ने उद्देश्यले नै निःशुल्क शिक्षा दिँदै आएका छौं । हरेक वर्ष विद्यार्थीका लागि यो व्यवस्था गरेका छौं । अर्को कुरा हामी कलेजले लिने शुल्कका सम्बन्धमा अभिभावकलाई नै राखेर हाम्रो खर्च यस्तो हुन्छ भनेर छर्लङ्ग देखाएर मात्रै लिने गरेका छौं । दोहोर संवाद र छलफल गरेर मात्रै शुल्क लिने गरेका हौं । यसकारण अभिभावकहरु हाम्रो कलेज प्रति सकारात्मक भएर छोराछोरी अध्ययन गराउनुहुन्छ ।
