फोटोः गुगल
अहिले टिकटकले धेरै जनालाई चिनाएको छ पनि । अहिले फरक फरक टिकटक बनाएर मनोरञ्जन प्रदान गर्ने बढेका छन् । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणले अवस्थामा त झनै टिकटक बनाउने ह्वात्तै बढेका छन् । हाल नेपालमा पनि सबै उमेर समूहलाई यसले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रभाव पार्न थालेको छ ।
विश्वजगतमा जस्तै नेपालमा पनि यसले बालबालिका तथा युवा उमेर समूहलाई बढी प्रभाव पारेको देखिन्छ । टिकटक भिडियो बनाउने निहुँमा बालबालिका तथा युवाहरू दिनमा घन्टौंसम्म मोबाइल प्रयोग गर्छन् वा मोबाइल नजिक रहन्छन् । मोबाइलबाट उत्सर्जित हुने ६० प्रतिशत भन्दा बढी रेडियसनहरूले उनीहरूको बढ्दै र परिवर्तन हुँदै गएको शारीरिक र मानसिक अवस्थालाई नराम्रोसँग असर गर्ने एक अध्ययनले देखाएको छ ।
यसले बालबालिकाहरूमा सामान्यतः विकाशोन्मुख रुपमा सुरक्षात्मक लाइलिन, हड्डी, टिस्यु, मस्तिष्क आदिलाई प्रत्यक्ष रूपमा असर गर्ने बताइएको छ । धैरै समय टिकटक भिडियो हेदै गर्दा आँखामा प्रत्यक्ष असर पर्नुका साथै त्यसबाट निस्किने आवाजहरूले गैरघातक टयुमरको विकास गर्ने सम्भावनालाई पनि एक अध्ययनले अघि सारेको छ ।
यस अवस्थालाई विश्व स्वास्थ्य सङ्गठनले ‘सम्भावित कार्सिनोजोन’ को रूपमा ब्याख्या गर्दै उच्च क्यान्सरको जोखिमलाई पनि अघि सारेको छ । टिकटकबाट आउने भिडियोजन्य सामग्रीहरूको अत्यधिक हेर्दा वा बनाउँदा कुनै गहन विषयमा ध्यान केन्द्रित हुन सक्ने क्षमतामा ह्रास आउने पनि विभिन्न खोजले दर्शाएको छ । सामान्यतया टिकटक भिडियो प्रयोग गर्दा वा हेर्दा एकान्त ठाँउ बढी प्रभावकारी हुने अवस्थासँगै प्रायः टिकटक पनि एकान्तमा नै बढी हेरिने एक अध्ययनले जनाएको छ । यसले बालबालिका तथा युवाहरूमा शारीरिक ब्यायाम तथा खेलमा रुचि कम हुँदै जाने गरेको पनि पाइएको छ जसले प्रत्यक्ष रुपमा उनीहरूलाई शारीरिक थकान कम भई मोटोपन बढ्ने, मधुमेह र उच्च रक्तचापको पनि उत्तिकै सम्भावना रहेको विषेशज्ञहरूले दर्शाएका छन् ।
अर्कोतर्फ आफ्नो अभिनयभन्दा पनि अरु कुनै सेलीब्रेटीहरूको नक्कल गरेर भिडियो बनाउँदा आफ्ना क्रियटिभिटी नहुनुका साथै दुरुस्त नक्कल गर्न नसक्दा उनीहरू बढी समय खर्चिने र अरूले जस्तै सामग्री बनाउन नसक्दा उनीहरूमा उदासिनता बढ्ने तथा सो चिन्ताले विस्तारै डिप्रेसनको अवस्थातिर जान सक्ने पनि एक खोजले देखाएको छ ।
सामान्यतया युवापुस्ताले स्वाभावतः आफैलाई बढी खोजिरहेका हुन्छन् र त्योभन्दा बढी अरूसँग आफूलाई दाँजिरहेका हुन्छन् । टिकटक भिडियो बनाउँदा आफ्ना मौलिकताभन्दा पुराना प्रतिलिपिहरूमा आफूलाई उभ्याएका हुन्छन् । टिकटक भिडियोमा प्रयोग हुने भिडियोहरूमा प्रायः अरूले गाएका गीतहरूमा मुख चलाउने वा सोहीअनुसार अभिनयलाई उच्च प्राथमिकतामा हेरिने गरेको छ । आफ्नो अभिनयभन्दा पनि अरू कुनै सेलीब्रेटीहरूको नक्कल गरेर भिडियो बनाउँदा आफ्ना क्रियटिभिटी नहुनुका साथै दुरूस्त नक्कल गर्न नसक्दा उनीहरू बढि समय खर्चिने र अरुले जस्तै सामाग्री बनाउन नसक्दा उनीहरूमा उदासिनता बढ्ने तथा सो चिन्ताले विस्तारै डिप्रेसनको अवस्थातिर जान सक्ने पनि एक खोजले देखाएको छ ।
कुनै जन्मोत्सव तथा समारोहहरूमा आफ्ना साथीहरूले अपलोड गरेका फोटो वा भिडियोहरूमा आफू छुटेको, आफूलाई अलग गराइएको मानसिकता बालबालिका तथा युवाहरूमा बढ्दै जाँदा आफ्नो आत्मसम्मान नभएको चिन्तामा पनि उनीहरू पर्ने गरेको पाइन्छ । टिकटकमा प्रयोग हुने भिडियो सामाग्रीहरू अरूको भन्दा उत्कृष्ट बनाउने होडमा बालबालिका तथा युवाहरूले स्मार्ट फोनहरूको माग गरेसँगै धेरै परिवारमा यसले आर्थिक सङ्कट तथा कलहको वातावरण बढाउँदै गएको पाइन्छ । पछिल्लो समयमा टिकटक एकाउन्टबाट यसको प्रयोगकर्ताको लोकेसन, करेन्ट स्टाटस तथा अन्य गोप्य कुराहरू सजिलै पत्ता लगाउन सकिने हुनाले यसलाई सुरक्षाको दृष्टिले पनि खतरनाक बताउन थालिएको छ, जसको परिणामस्वरुप युएस आर्मीलाई त यसको प्रयोगमा बन्देज नै लगाइएको छ ।
सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै विभिन्न श्रमिक समुदायहरूमा यसको प्रयोग निषेध गरिएको छ भने विभिन्न देशमा यसलाई अब छिट्टै बन्द गर्ने सूचनाहरू पनि बाहिर आउन थालेका छन् । टिकटकमा निहीत स्वार्थ सूचना सम्प्रेषण, मनोरन्जन र आफूमा भएको प्रतिभा प्रस्फुटन देखिए पनि नेपालमा यसको असल सदुपयोग भएको पाइँदैन । टिकटक भिडियोको सहायताबाट बन्दकोठा प्रयोग गरेर नै सेलिब्रेटी भए पनि सोअनुसारको क्षमता तथा आत्मविश्वास बाहिर ब्यवहारमा देखाउन नसक्नाले पनि नेपालमा यसले सकारात्मक प्रभाव भने त्यति पार्न सकेको देखिँदैन । मनोरन्जन क्षेत्रमा लागेका कयौं कलाकारहरू नेपाली रंगमञ्चमा अस्ताउँदै गएको परिप्रेक्ष्यमा टिकटक यात्राबाट रंगमञ्चको यात्रामा पुगेर सफल हुन्छु भन्ने सोच्नु फलामको चिउरा चपाउनु जत्तिकै कठिन छ ।
त्यस्तै, अहिले टिकटकमा अनावश्यक, बढी ग्लामरस, बढी उत्ताउलो, भद्दा, नसुहाउने, सेक्स दर्शाइएका कुराहरू पनि हाल्ने गरिएको छ । यसको कुनै अर्थ छैन । क्रियटिभ नै अहिलेको महत्वपुर्ण विषय हो । फेरि पनि आश गरौं, टिकटक भिडियोहरूमा सकेसम्म समाजलाई सकारात्मक प्रभाव पार्ने सामाग्रीहरूको प्रसारले प्राथमिकता पाएसँगै यसका नकारात्मक असरहरू हट्दै जानेछन् ।

फेसबुकका कुरा
फेसबुककै कुरा गरौैं न कसैको म्यासेज आयो कि, नोटिफिकेशनमा रातो साइन देखियो कि, कसैले केही पोस्ट गरयो कि, कुनै काण्ड पो आयो कि, भन्नेतिर हाम्रो ध्यान गइहाल्छ । हामीजस्तो गरिव देशका नागरिकहरु फेसबुककै कारण ‘मुर्ख’ हुन थालेका छौं । किनकी कसैले अफवाह फैल्याउन केही लेखे वा शेयर गरे पत्याइहाल्ने भएका छौं । जसको कारण हामी जेलसम्म पुग्नसक्छौं भन्ने कुरालाई बिर्सेका छौं । तपाईले जानेर वा नजानेर फेसबुकमा केही कुरा पोस्ट गर्दा वा शेयर गर्दा जेलसम्म पुग्न सक्नुहुन्छ । कतिपयले यो अनुभव साँटिसकेका छन् । फेरि किन त्यो जोखिम तपाई मोल्नुहुन्छ ?
हामी फेसबुकबाट फैलने अफवाहप्रति सचेत हुनुपर्छ । भाइरल हुने कुरा दीर्घकालिन हुँदैन । यो क्षणिकको लागि मात्रै हो । समाचारकै स्रोतको लागि फेसबुक होइन सञ्चारमाध्यमहरू हुन सक्छन् । फेसबुकमा जोडिएका विश्वासिला सञ्चार मध्याम पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनको प्रयोग गर्न सक्छौं । यसको मलतब मैले फेसबुकमा नचलाउनुस् भनेको होइन । फेसबुकमा आजभोलि सबै जोडिएका छन् । धेरै बुझेकाहरूले यसको प्रयोग सीमित र आवश्यक परेको समयमा मात्रै प्रयोग गर्छन् तर, हामी बुझेर पनि यसैमा घण्टौं बिताइरहन्छौं ।
