Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आपराधिक क्रियाकलापको चिरफार !

हाम्रो कोशी आवाज
माघ २० २०७८, बिहिबार
आपराधिक क्रियाकलापको चिरफार !

प्रहरीको तथ्यांक अनुसार पछिल्ला तीन वर्षमा लगातार हत्या र आपराधिक घटना बढेका छन् । प्रदेश १ प्रहरीले यस आर्थिक वर्षको गत ६ महिनामा मात्र ३ हजार ६ सय २७ वटा विभिन्न अपराध सम्बन्धी मुद्दा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयनतर्फ विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका ११ सय ६८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी ६३२ वर्ष कैद भुक्तान भई ४ करोड २५ लाख ९० हजार ४ सय ५२ रुपैयाँ राजश्व संकलन भएको छ । आ.व. २०७७–०७८ मा प्रदेश–१ मा २ हजार ८ सय ८० जनाको बढीको हत्या भएको देखिन्छ । किन बढ्दैछ हत्याजस्ता जघन्य आपराधिक घटना ?
मनोविश्लेषक बासु आचार्यका अनुसार केही मान्छे बाँच्नका लागि जति आतुर हुन्छन्, त्यत्तिकै मार्न र मर्न पनि आतुर हुन्छन् । मान्छेमा– जीवन मूलप्रवृत्ति र मृत्यु मूलप्रवृत्ति गरी दुई प्रकारका प्रवृत्ति हुन्छन् ।
‘जीवन मूलप्रवृत्ति भनेको आनन्द मान्ने, रमाइलो गर्ने, साथीभाइ, आफन्तसँग घुलमिल हुने हुन्छ भने मृत्यु मूलप्रवृत्ति हाबी हुँदा स–साना कुरामा पनि आवेगमा आउने, चिन्ता हुने, डर लाग्ने, त्यसले मलाई केही गर्छ कि, अब केही हुन्छ कि भनेर शंका गर्ने हुन्छ । यस्तो अवस्थामा; मैले केही घटना घटाउनुपर्छ कि, बदला लिनुपर्छ कि भन्ने किसिमको भावना उसमा आउँछ,’ उनी भन्छन् ।
मनोचिकित्सक डाक्टर बासु कार्की मानसिक रूपमा विचलित भएको व्यक्तिले मात्र यस्तो जघन्य अपराध गर्ने बताउँछन् । ‘मानसिक रूपमा स्वस्थ व्यक्तिले यस्तो अपराध गर्न सक्दैन । व्यक्तिको व्यक्तित्व निर्माणको सवालमा ऊ कस्तो समाजमा हुर्केको छ, उसले कसरी समस्यालाई व्यवस्थापन गरिरहेको छ भन्ने कुरामा भर पर्छ ।’ हत्याका कुनै घटना हुँदा आजकै कारणले भएको भन्दा पनि यसको लामो पृष्ठभूमि हेर्नुपर्ने कार्की बताउँछन् ।
मान्छेको विचार, भावना र व्यवहार मानसिक स्वास्थ्यसँग जोडिएको हुन्छ । व्यक्तिको समस्या समाधानको गलत पाटो उसको व्यक्तित्व निर्माणको सिलसिलाबाट शुरू हुन्छ । कार्की भन्छन्, ‘एउटा बच्चा कस्तो समाजमा हुर्कन्छ, कस्तो सीप सिक्छ, उसले कसरी आफूलाई परिपक्व बनाउँदै जान्छ भन्ने कुरालाई यस्ता घटनासँग जोडेर हेर्नुपर्छ ।’
उनी अगाडि थप्छन्– जाँड–रक्सी खाँदा मान्छेले के सही के गलत थाहा पाउँदैन । रिस, आवेग, लागूपदार्थ सेवन, मानसिक तनाव आदिले यस्ता आपराधिक क्रियाकलाप हुने गर्दछन् । उसको सोच्ने तरिका, व्यवहार गर्ने तरिका, उसका खुशी हुने, दुखी हुने घटनापरिघटनालाई सहन नसक्ने अवस्थामा मान्छेले अपराध बढी गर्छ ।यसका विभिन्न पक्ष हुने गर्दछन् । आर्थिक, यौनलगायतका पक्ष । कोही त यतिसम्मको हुन्छ कि उसले भनेको भएन भने जे गर्न पनि तयार हुन्छ । त्यस्तै; सामाजिक कारण, बचपनाको भोगाइ आदि कारणले मान्छे हत्यासम्म गर्न पुग्छ । मान्छेका अनेक इच्छा, आकांक्षा हुन्छन् । सजिलै धनी बन्न खोज्ने, छिटो परिणाम खोज्ने सपना देख्छ तर ती पूरा हुँदैनन् अनि ऊ जघन्य अपराध गर्न समेत पछि पर्दैन । सबै मान्छे अपराधी हुँदैनन् तर अपराध गर्ने मान्छे चाहिं मानसिक रूपमा पीडित हुन्छन् ।
राम्रा–नराम्रा व्यक्ति समाजले नै जन्माउँछ । हाम्रो समाजमा यस्ता अपराध बढ्दै जानुको मुख्य कारण सामाजिक संरचना भएको प्रमुख, मानवशास्त्र विभागका डम्बर चेम्जोङ बताउँछन् । ‘सामाजिक रूपमा अपराधवृत्ति धेरै पुरानो हो । पहिले पनि यस्ता घटना भइरहेकै हुन्थे । यसको मतलब यो भइराख्नैपर्ने हो भन्ने होइन । तर, अहिले झनै बढ्दै गएको देखिन्छ । समाज सौहार्दपूर्ण हुँदै जानुपर्ने हो, समाजमा पारिवारिक मेल, व्यक्तिगत तहको मेलमिलाप आदि निर्माणका लागि संयन्त्र पनि बनेका छन् । यसमा परिवार, समाज, समुदाय, स्कूल, राज्य, कानून अनेक संयन्त्र छन् । तर, म कसरी सामाजिक हुने, हामी कसरी सामाजिक हुने भन्ने कुराको दायित्वबोध, जिम्मेवारीबोधहरूबाट च्युत भयो भने असामाजिक प्रवृत्तिहरूको विकास हुँदै जाँदा व्यक्तिहरूमा यस्तो अपराधवृत्ति मौलाउँछ ।’

प्रकाशित मिति: माघ २० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ३ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend