Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कट्टु, ब्लाउजमै टिकटकमा नाच्नेहरु नाममा

हाम्रो कोशी आवाज
माघ २१ २०७८, शुक्रबार
कट्टु, ब्लाउजमै  टिकटकमा नाच्नेहरु नाममा

लामो समय अमेरिका बसेर नेपाल फर्किदा आफ्नो देशमा त्यस्तो के चाहिं परिवर्तन पाउनु भयो भन्ने प्रश्नमा अभिनेत्री ऋचा घिमिरे एक निजी टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा भन्दै थिइन्, ‘अरु उस्तै रैछ । भवन चाँहि धेरै ठूल्ठूला बनेछन् । अनि सबभन्दा बढी त टिकटककै विकास भएको पाएँ । मानिसहरु टिकटकमा निकै नै रमाउन थालेछन् । जहाँ पनि टिकटक मात्र बनाएको देखियो । एअरपोर्टबाट ओर्लिने क्रममै एकजना महिलाले आफू नाच्दै, छोरालाई भिडियो खिच्न लगाएर टिकटक बनाउँदै थिइन् ।’

टिकटकमा यति धेरै मानिसहरुको लगाव र चाहना देखिएको छ कि वर्णन गरि साध्य छैन । सबै वर्ग, पेशा र व्यवशायका व्यक्ति पनि टिकटकमा रमाएको देख्न पाइन्छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटकमा खाता खोलेपछि यो समाचार निकै नै गसीप बनेको थियो । कलाकारले त आफ्नो प्रतिभा देखाउनका लागि टिकटकको प्रयोग गर्ने नै भए अन्य व्यक्ति समेत टिकटकमा धेरै रमेको पाइन्छ । खुसी रहनका लागि भन्दै दिनभर घरमा बसेर टिकटक बनाउने महिलाको संख्या पनि धेरै छ ।

चीनले विकास गरेको यो टिकटक, पछिल्लो समय युवापुस्ताबाट निकै नै रुचाइएको एप्स हो । फेसबुकमा जस्तै टिकटकमा पनि सबैसँग जोडिन सकिन्छ त्यसैले आफ्नो कुरा राख्ने तथा प्रचार प्रसार गर्ने एउटा राम्रो प्लेटफर्म बनेको छ टिकटक । १५ सेकेण्डसम्मको भिडियो बनाउन मिल्ने टिकटकका प्रयोगकर्ता नेपालमा धेरै छन् ।

विश्वभर १० करोड भन्दा बढीले टिकटकको प्रयोग गर्ने गरेको अनुसन्धानले देखाएको छ । दिनभर काम नभएर घरमा यत्तिकै सुतेर बस्ने मानिसमा समेत टिकटक बनाउन जाँगर देखिन थालेको छ ।

प्लेटफर्म नपाएर आफ्ना प्रतिभाहरु प्रस्फुटन गर्न नपाएका कलाकारहरुले आफ्ना प्रतिभाहरु टिकटकका माध्यमबाट देखाइरहेका छन् र कतिपय व्यक्ति त टिकटकमा आफ्नो प्रतिभा प्रस्तुत गरेपछि कलाकार समेत बनेका छन् । कतिपय फिल्म प्रोडयुसरले आफनो नयाँ फिल्मको लागि टिकटकबाटै कलाकार छान्ने घोषणा पनि गरिरहेका हुन्छन् ।

टिकटक नाच्न, गाउन र अभिनय गर्न जान्ने कलाकारका लागि त आफ्नो प्रतिभा प्रस्तुत गर्ने राम्रो थलो त हुँदै हो त्यसबाहेक कतिपय गृहिणीले पनि थरिथरिका खाना बनाएर भिडियो हाल्ने गरेका छन् ।

घर कसरी सफा गर्ने, घरलाई कसरी सुन्दर बनाउने लगायतका यावत कुराहरु देख्न सकिन्छ । बास्तुका कुरा, करेसाबारी, फुलबारी लगायतका धेरै नै ज्ञानवद्र्धक कुराहरुको टिकटकमा भिडियो बनाएर राख्ने गरेको पाइन्छ ।

कतिपयले त टिकटक मैं आफ्नो व्यवसायको राम्रो बजार प्रवद्र्धन पनि गरिरहेका छन् । लुगा गरगहना, फर्निचर, खाद्यान्न लगायतका थुप्रै सरसामग्रीको टिकटककै माध्यमबाट बजारीकरण पनि गरिहेका छन् । टिकटकको सदुपयोग गरि आफ्नो व्यापार बढाउने र यसबाट फाइदा लिनेको संख्या पनि ठूलो नै छ ।

टिकटकलाई जति सजिलो र हल्का रुपमा लिइन्छ यो बनाउन भने त्यत्ति सजिलो छैन । १५ सकेण्ड भित्र आफूले भन्न खोजेका र देखाउन खोजेका कुराहरु प्रस्तुत गर्नु पर्ने हुन्छ । त्यसैले छोटो समयमा के मेसेज दिने भनेर अलिकति दिमाग त खियाउनै पर्छ । यस्को मतलब सबै प्रयोगकर्ताले उत्तिकै महत्वपूर्ण भिडियो बनाउँछन् भन्ने होइन । कत्तिले गीतमा लिप्सींग मात्र गरेका हुन्छन् भने कत्ति त अरुको गीतमा नाचेका मात्र हुन्छन् ।

जुन गीतमा बढी टिकटक बन्ने गर्छ उही गीत नै लोकप्रिय भन्ने चलन पनि छ । आफ्नै मोवाइलबाट टिकटक बनाउन सकिने भएकाले पनि धेरै मानिसको आर्कषण बढेको हो र जो मानिस आफ्नो पहिचान बनाउन खोज्छ अथवा भनौं धेरै मानिसका वीच आफूलाई चिनाउन खोज्छ त्यस्ता मानिस टिकटकको प्रयोगकर्ता हुने गरेका छन् ।

बच्चा, तरुण, बुढाबुढी सबै वर्ग र उमेरका व्यक्तिहरु टिकटकमा रमाएको पाइन्छ । गुगल प्ले स्टोरले १३ वर्ष भन्दा माथि उमेर समूहकाले मात्र चलाउन पाउने कुरा उल्लेख गरे पनि २ वर्षका भरखर बोली फुटेका बच्चाहरुको पनि एकाउण्ट खोलेर टिकटक बनाएको पाइन्छ ।

मेरो छुट्टै पहिचान बनोस्, मलाइ सबैले चिनोस् भन्ने चाहना त कस्लाई पो हँदैन र ? टिकटक प्रयोगकर्ताहरुको यस्तो चाहना हुनु अस्वाभाविक होइन । त्यसो त राम्रो काम गरेर ख्याती कमाउन भने निकै नै संघर्ष र धैर्य चाहिन्छ । संघर्ष र मिहेनत नगरि पाइएको नाम र चर्चा चाँडै नै सेलाउँछ ।

कतिपय ४० कटिसकेका महिलाहरु टिकटकमा भाइरल हुनका लागि ब्लाउज र कट्टु लगाएर नाच्ने गरेका छन् । यस्ता भिडियोहरु एकछिनको लागि सबैले हाँस्दै हेर्लान् र भ्यूज पनि बढी होला तर यस्ले समाजमा अवश्य पनि राम्रो सन्देश दिदैंन ।

फेसनमा फ्यूजन दिन गरिएको हो भने पनि ढाडमा आधा खोलिएको ब्लाउजसँग कट्टु लगाउँदा पटक्कै सुहाउँदैन र हामी यस्तो पहिरन लगाएर हिँड्दा पनि हिँड्दैनौं त्यसमाथि कट्टुसँग छड्के तिलहरी लगाइँदैन । छड्के तिलहरीको आफ्नै सांस्कृतिक महत्व र महिमा छ ।

विवाहित महिलाको सौभाग्यको प्रतिकका रुपमा लगाइने छड्के तिलहरी कट्टु सँग कदापी लगाउनु हुँदैन । यद्यपी छड्के तिलहरी अरुबेला लगाइँदैन पनि । विवाह, पूजा लगायत विशेष समारोहमा मात्र लगाइने यति महत्वपूर्ण तिलहरी, कट्टु सँग लगाएर नाच्दा न राम्रो देखिन्छ न त भाइरल नै बनिन्छ । उल्टो सबैको गाली बर्षिन्छ ।

कत्तिले टिकटकलाई विशुद्ध मनोरञ्जन गर्न प्रयोग गर्ने गरेका छन् । टिकटकमा राम्री भएर प्रस्तुत हुने अनि चल्तीको गीतमा नाँच्न कोशिस गर्ने गरेका छन् । कोशिस आफैंमा राम्रो कुरा हो । घरमा यत्तिकै बस्नु भन्दा टिकटक बनाएर बस्दा अल्छी होइँदैन । केही न केही नयाँ सिर्जना हुन्छ । अरुको गीतमा लिप्सींग गरेर उफ्री उफ्री नाँच्दा आफ्नो ज्यान पनि घट्छ । तर केही महिलाहरुले भने यही टिकटकमा देखाउन अनावश्यक गरगहना, कपडा र जुत्ता किन्ने गरेका छन् ।

आफ्नो कमाइ भएर आफ्नो रहर मेट्नु त ठीकै होला तर टिकटकमा देखाउनका लागि नै लुगा गरगहना किन्न श्रीमान् वा परिवारका सदस्यलाई दवाव दिन थालियो भने सम्वन्धहरु विग्रन सक्छन् । एकदिन एकजना साथीले टिकटक बनाउनको लागि भन्दै एक सय जोर भन्दा बढी एअर रिंग देखाउँदै थिइन् ।

‘माइ लाइफ इज माइ चोइस’ भन्दै धेरै महिलाहरु आफ्नो शरीर माथिको अधिकार उपभोग गर्न खोज्दैछन् । आफ्नो शरीरमाथि आफ्नै अधिकार र नियन्त्रण हुन्छ, हुनुपर्छ । तर आफूलाई जे गर्न मन लाग्यो त्यही गर्दै टिकटकमा पस्किँदा यस्ले समाजमा के कस्तो प्रभाव पार्छ भन्ने कुराको ख्याल राख्नु त्यत्तिकै जरुरी छ ।

रिस उठेको व्यक्तिलाई मुखमा आएको जति गाली गर्ने, रिस साँध्ने जस्ता क्रियाकलापहरु गर्दा एक छिनलाई मन शान्त हुने भएपनि यस्ले आफ्नै हैसियत र औकात देखाइरहेको हुन्छ । जून कुरा गलत हो भन्ने थाहा हुँदा हुँदै एउटाले गाली गरेको देखेपछि अर्कोले पनि त्यस्तै गरि गाली गर्ने प्रवृत्ति पनि बढ्दो छ ।

टिकटकमा नेपालीहरुले आफ्नो घरको सुत्ने बेडरुमदेखि ट्वाइलेटसम्म, किचनदेखि आफूले साँझ विहान गरेको खाना, अनि लिभिङ्ग रुमदेखि घरको सबै सजावट देखाउने गरेका छन् । यस्ले गर्दा कतिपय नजानेका कुराहरु टिकटककै माध्यमबाट सिक्न सकिन्छ । तर सुरक्षाको हिसावले हेर्ने हो भने यो निकै नै जोखिमपूर्ण छ । सुत्ने ठाउँदेखि आफूले कमाई गरेको रुपैयाँ राख्ने ठाउँ समेत देखाउँदा प्राइभेसी भन्ने नै के पो रह्यो र ?

सन् २०१८ मा इण्डोनेशियामा त्यहाँका किशोर किशोरीले अश्लील सामग्री अपलोड तथा सेयर गरेपछि त्यहाँ टिकटक बन्द गरिएको थियो । यसैगरि छिमेकी राष्ट्र चीन र भारतको लडाई हुँदा चीनले भारतको टिकटकलाई व्यान्ड गरिदिएको थियो । अहिले भारतले छुट्टै एप टिकटक इण्डियाको विकास गरेको छ । पछिल्लो समय लाइकी एपको विकास भएको छ जून संसार भर नै प्रयोगमा छ । यो लाइकी एप टिकटक जस्तै हो तर हाम्रो देशमा त्यति प्रयोगमा छैन ।

सुचना प्रवाह गर्न होस् वा आफ्नो प्रतिभा देखाउन होस् यदि टिकटकको प्रयोग सही तवरले गरिन्छ भने छोटो समयमा धेरै जनतासामु जाने निकै नै उपयोगी भिडियो प्लेटफर्म हो टिकटक । त्यसैले यस्को सही उपयोग गरेर यसबाट भरपूर फाइदा लिऔं । ख्यालगरौं, गाली गलौज, अश्लिल सामग्री र रिस साँध्ने ठाउँ नबनोस् है टिकटक ।

प्रकाशित मिति: माघ २१ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ३ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend